वाटरप्रुफिङ फेल हुने प्रमुख कारण र सजिलो समाधान

Published on: Jul 15, 2024


वाटरप्रुफिङ फेल हुने प्रमुख कारण र सजिलो समाधान

कसरी फेल हुन्छ वाटरप्रुफिङ?  

घरमा वाटरप्रुफिङ त गरियो तर समस्या हल भएन। हामीमध्ये धेरैले सुनेका छौं होला, अझ कतिले त भोगेका पनि छौं होला। सिपेजको समस्या देखियो भने वाटरप्रुफिङ गर्नु आवश्यक हुन्छ। यसमा वाथरुम, छत, कोठाका भित्ताहरु आदी हुन सक्छन्। समयमै समाधान गरिएन भने सिपेजले पुरै घरलाई समस्या पार्न सक्छ।

सिपेज समस्याको एकमात्र समाधान वाटरप्रुफिङ हो। तर कहिलेकाँही समस्याको सही पहिचान नहुँदा वा दक्ष कर्मचारीद्वारा काम नगर्दा वाटरप्रुफिङ फेल हुनसक्छ। वाटरप्रुफिङ फेल हुनुका अन्य कारण के के हुन सक्छन्? यहाँ हामी यस विषयमा कुरा गरौं। 

१। स्रोत पत्ता नलगाई काम गर्दा

सिपेजको स्रोत सधैं दाग देखिएको वरिपरी हुन्छ भन्ने हुँदैन। सिमेन्टको भित्तामा पानी पसेपनि पानीको वहाव जुनसुकै दिशामा हुनसक्छ। र घरको अर्कै कुनै स्थानमा दाग धब्बा देखिने पेन्ट उप्किने हुनसक्छ। त्यसैले पहिले दक्ष प्राविधिकद्वारा समस्याको स्रोत पत्ता लगाउनुपर्छ।

वाथरुम, भान्सा, छत वा अन्य कुन स्थानबाट पानी लिकेज भएको हो पत्ता लगाएर सोही अनुसार काम अघि बढाउनु पर्छ। स्रोत पत्ता लगाउने क्रममा सानो गल्ति भएपनि वाटरप्रुफिङ फेल हुनसक्छ। जस्तै जमिनमुनीबाट पानी रसाएर भएको सिपेजमा डिपिसि लेभल मै गएर वाटरप्रुफिङ गर्नुपर्छ।

२। गलत वाटरप्रुफिङ सामग्रीको छनौट

गलत सामग्रीको छनौटले पनि वाटरप्रुफिङ फेल हुनसक्छ। बजारमा धेरै थरी वाटरप्रुफिङ केमिकल पाइन्छ। ति सबै कुनै न कुनै कामका लागि बनाइएका हुन्। तर कुन स्थानमा कस्तो केमिलक प्रयोग गर्ने पूर्व निर्धारित गर्नुपर्छ। सहि केमिकल सहि स्थानमा सहि तरिकाले प्रयोग गरिएन भने ढिलोचाँडो वाटरप्रुफिङ फेल हुने पक्का हुन्छ।

जस्तै २ वाटा घर जोडिएको स्थानमा भएको खालीठाउँ भर्न फेक्जिवल केमिकल प्रयोग गर्नुपर्छ। कुनै घरमा आएको कम्पनमा वाटरप्रुफिङ केमिकल पनि मुव हुन सकोस्। त्यहाँबाट फेरि कुनै कारण पानी भित्र पस्नु हुँदैन।

यस्तो सामग्री प्रयोग गर्नुपर्ने स्थानमा अरु कुनै केमिकल प्रयोग गर्दा वाटरप्रुफिङ फेल हुन्छ।

३। तयारीबिना काम सुरु गर्नु

वाटरप्रुफिङ गर्नु पहिले सो स्थान राम्ररी सफा गर्नु पर्छ। त्यहाँ कुनै पनि प्रकारको धुलो, माटो, पुरानो केमिकल हुनुहुँदैन। ढलानको सतह फुटाउनु पर्ने भए पनि त्यहाँको कंक्रिट फेरी प्रयोग गर्नु हुँदैन। धुलो फोहोर भएको स्थानमा वाटरप्रुफिङ केमिकलले राम्रो पकड लिन सक्दैन। जसकारण वाटरप्रुफिङ फेल हुन जान्छ।

कत्तिले काम सकाउने हतारोमा सफा नगरी काम गरिदिन्छन्। अझ कतिले आफैं जस्तो जानेको छ त्यस्तै काम गरिदिन्छन्। यस्तो गर्दा समस्या झन फैलँदै जान्छ। वाटरप्रुफिङ फेल हुन्छ।

४। दक्ष प्राविधिकको प्रयोग नगर्नु

नेपालमा अझै पनि घर मर्मतको लागि इञ्जिनियरको सुझावमा काम गर्ने चलन चलिसकेको छैन। समस्यालाई सामान्य ठानेर हो वा अन्य कुनै कारण मर्मत सम्हारको जिम्मा लोकल ठेकेदार वा चिनेजानेको कामदारलाई दिइन्छ।

घर बनाउँदा जति निरिक्षण चाहिन्छ, मर्मत गर्न पनि त्यति नै ख्याल गर्नुपर्ने हुन्छ। काम गर्ने तरिका भयो वा भएन, कस्तो काम भइरहेको छ, भन्ने कुरा घरधनीले ध्यान पुर्याउन जरुरी छ।

आफुलाई खास जानकारी नभएर प्राविधिकको सहयोग लिनुपर्ने हुन्छ। यसो गर्न सकिएन भने ठेकेदारले आफ्नो अन्दाजमा जानेको काम गरिदिन्छन्। जुन सहि नहुन पनि सक्छ। यस्तोमा हामीले गरेको वाटरप्रुफिङ फेल हुनपनि सक्छ। 

Frequently Asked Questions (FAQs)

1. वाटरप्रुफिङ गरेपछि पनि सिपेज किन देखिन्छ?

धेरैजसो अवस्थामा सिपेजको वास्तविक स्रोत पत्ता नलगाई वाटरप्रुफिङ गर्दा यस्तो समस्या देखिन्छ। पानी भित्तामा देखिएको ठाउँबाटै आएको हुन्छ भन्ने हुँदैन। गलत स्थानमा काम हुँदा वाटरप्रुफिङ प्रभावकारी हुँदैन र समस्या दोहोरिन्छ।

2. वाटरप्रुफिङ गर्नुअघि के–के कुरामा ध्यान दिनुपर्छ?

मिल्दैन। बजारमा उपलब्ध वाटरप्रुफिङ केमिकलहरू विभिन्न प्रयोजनका लागि बनाइएका हुन्छन्। छत, वाथरुम, भित्ताको क्र्याक वा दुई घर जोडिएको ठाउँमा फरक–फरक प्रकारका केमिकल प्रयोग गर्नुपर्छ। गलत केमिकल प्रयोग गर्दा वाटरप्रुफिङ छिट्टै फेल हुन सक्छ।

3. सबै वाटरप्रुफिङ केमिकल एउटै कामका लागि प्रयोग गर्न मिल्छ?

मिल्दैन। बजारमा उपलब्ध वाटरप्रुफिङ केमिकलहरू विभिन्न प्रयोजनका लागि बनाइएका हुन्छन्। छत, वाथरुम, भित्ताको क्र्याक वा दुई घर जोडिएको ठाउँमा फरक–फरक प्रकारका केमिकल प्रयोग गर्नुपर्छ। गलत केमिकल प्रयोग गर्दा वाटरप्रुफिङ छिट्टै फेल हुन सक्छ।

4. लोकल ठेकेदारबाट वाटरप्रुफिङ गर्दा समस्या आउन सक्छ?

यदि दक्ष प्राविधिक वा इञ्जिनियरको सल्लाह बिना काम गरियो भने समस्या आउने सम्भावना धेरै हुन्छ। अनुभव र प्राविधिक ज्ञान नहुँदा ठेकेदारले अनुमानकै भरमा काम गर्न सक्छन्, जसले दीर्घकालीन समाधान दिन सक्दैन।

5. वाटरप्रुफिङ फेल भयो भने के समाधान गर्न सकिन्छ?

पहिलो चरणमा अनुभवी प्राविधिकद्वारा सिपेजको स्रोत पत्ता लगाउनुपर्छ। त्यसपछि सही स्थानमा सही वाटरप्रुफिङ सामग्री प्रयोग गरेर वैज्ञानिक तरिकाले काम गर्नुपर्छ। समयमै सही विधि अपनाएमा सिपेजको समस्या स्थायी रूपमा समाधान गर्न सकिन्छ।