Have a project for us?
DO YOU HAVE ANY QUESTIONS REGARDING YOUR NEXT CONSTRUCTION PROJECT?
Published on: Jul 05, 2024
टायल, मार्वल वा ग्रेनाइट मध्ये कुन राम्रो? कहाँ के प्रयोग गर्ने ?
घरलाई आकर्षक देखाउन रंग रोगन र फिनिसिगले महत्वपुर्ण भुमिका हुन्छ। घरको झ्याल, भान्सा, र फ्लोरिङलाई लामो समयसँग टिकाइ राख्न टायल, मार्वल तथा ग्रेनाइटको प्रयोग गरिन्छ। यी तिन चिजको उपयोग के मा उपयुक्त हुन्छ, के जुन जुन स्थानमा जे लगाउँदा पनि हुन्छ त? घरको कुन कुन स्थानमा के सामाग्री लगाउने विषयमा चर्चा गरौं
मार्वल र ग्रेनाइटमा कुन राम्रो? कसरी स्याहार गर्ने ?
हेर्दा र सुन्दा मार्वल र ग्रेनाइट उस्तै लागेपनी यी दुईवीच केही फरक छ। भान्सा, वाथरूम, पिलर, झ्याल, टेरेस, छत अदीमा हामी टायल, मार्वल प्रयोग गछौं। पहिले यी दुईबीचको समानताको कुरा गरौं।
मार्वल र ग्रेनाइट दुवै प्राकृतिक ढुंगा हो।
दुवैलाई खानीबाटै निकाल्ने र काटेर आकार दिने हो।
यी दुवैको आयु वर्षौं टिक्ने हुन्छ।
दुवैलाई डिजाइन गरेर धेरै स्थानमा प्रयोग गर्न सकिन्छ।
मूल्यमा पनि धेरै अन्तर पर्दैन।
ग्रेनाइट काहाँ प्रयोग गर्ने ?
भान्साको स्ल्यावमा हामी ग्रेनाइट प्रयोग गर्न सक्छौं। मोडुलर किचनमा पनि प्रयोग हुन्छ। एक पटक ग्रेनाइट लगाएपछि वषौं वर्ष ढुक्क हुन सकिन्छ। अग्नेय चट्टानबाट बन्ने ग्रेनाइट मार्वल भन्दा बलियो र टिकाउ पनि हुन्छ। चिल्लो सतह हुनेहुँदा ग्रेनाइटलाई स्याहार र सफा गर्न पनि तुलनात्मक रुपमा सजिलो हुन्छ। नेपालमा अहिले भारतबाट तयारी समान नै निर्यात गरिन्छ।
पहिले ग्रेनाइट भान्सामा मात्र लगाइने चलन थियो। ग्रेनाइटले भान्सामा हुने तापक्रम कम गर्न सहयोग गर्छ। जति तातो चिसो राखेपनि चर्किने वा बिग्रने हुँदैन। यसमा कुनै पनि किसिमका दाग बस्दैन। केही दिन सफा गर्न सकिएन भने पनि खासै फरक पर्दैन। सफा गरेको दिन नयाँ जस्तै टल्किन्छ।
बलियो र टिकाउ हुने भएपछि पछिल्लो समय भर्याङमा पनि ग्रेनाइट लगाउने चलन बढेको छ। कौसिको भुइँमा टायल लगाइन्छ भने कौसिको माथिल्लो रेलिगबारमा पनि ग्रेनाइट प्रयोग गरिन्छ। बजारमा ग्रेनाइटको माग पनि मार्वल भन्दा धेरै छ। उज्यालो रंगहरुको गुणस्तर भन्दा अध्यारो वा कालो रंगको ग्रेनाइट बढी गुणस्तरीय मानिन्छ।
कहाँ लगाइन्छ मार्वल ?
मार्वलको कुरा गर्दा लिभिङ रुम, भर्याङ र घरको अन्या भागमा बनाइन्छ। यो एक किसिमको ढुंगा नै हो। पत्रे चट्टान पनि भनिन्छ। खानीबाट ठूलो स्ल्याव निकालिन्छ। र आवश्यकता अनुसार काटेर घरमा लगाइन्छ। लगाइसकेपछि मात्रै घोटेर चिल्लो बनाइने हो। यसको कच्चा पदार्थ मात्र नेपाल आउँछ।
भान्सामा भने मार्वल राख्न मिल्दैन। टमाटर वा कागतीमा हुने एसिडले दाग बस्न सक्छ। त्यस्तै अन्य मरमसलाको पनि दाग बस्न सक्छ। सफा गर्न अलि गाह्रो हुन्छ। फिनिसिङको समयमा घोटेर चिल्लो पारिसकेपछि बारम्वार पोलिस पनि गर्नु पर्दैन। जस्ताको त्यस्तै नै रहन्छ। टायल लगाउँदा जोइन्ट भने स्पष्ट देखिन्छ।
मार्वल विभिन्न क्वालीटिमा आउने हुन्छ। सेतो कलरमा आउने मार्वल अलि महँगो पर्छ। कालो, खैरो रंगको मार्वल सेतोको तुलनामा सस्तोमा पाइन्छ।
मार्वल र ग्रेनाइटको रेट सबैस्थानमा एकैनास नहुन सक्छ। ढुवानी खर्च धेरै लाग्ने हुनाले यसको रकममा फरक पर्ने हो। यसबाहेक बजारमा इटालियन मार्वल पनि पाइन्छ। इटालियन मार्वल ताप धारण क्षमता बढी हुन्छ। त्यसैले यसको मूल्य अलि महँगो पर्न जान्छ।
टायल
सेरामिक माटोलाई निश्चित तापक्रममा पकाएर टायल बनाइन्छ। यसबाहेक सिमेन्टबाट पनि टायल बन्छ। टायल सामान्यतया पातलो, वर्गाकार वा आयातकारमा बनाइएका हुन्छन्। सामान्यतया छत, भुइँ, पर्खाल, ट्वाइलेट, बाथरुम ढाक्न बढी मात्रामा हुन्छ।
टायल विभिन्न आकार, प्रकार र रंगमा पाइन्छ। जस्तो प्रकारमा पनि बनाउँन सकिन्छ। माटोको गुणस्तरअनुसार टायलको मूल्य निर्धारण हुन्छ। यसको मूल्य माटोको गुणस्तरमा भर पर्छ। मार्बल र ग्रेनाइटको तुलनामा टायल कमजोर हुनुका साथै कोरिने वा फुट्ने जोखिम पनि हुन्छ। त्यसैले भर्याङ, प्यासेज जस्ता स्थानमा टायलको प्रयोग गर्नु राम्रो हुँदैन । यसको सट्टा, यस्ता ठाउँमा मार्बल वा ग्रेनाइट लगाउन उचित हुन्छ।
तीनै सामग्री राम्रो भए पनि कुन ठाउँमा प्रयोग गर्ने भन्ने कुरा सबैभन्दा महत्त्वपूर्ण हुन्छ। भान्साजस्ता धेरै प्रयोग हुने स्थानमा ग्रेनाइट सबैभन्दा राम्रो हुन्छ। लिभिङ रुम र सजावटी स्थानका लागि मार्बल आकर्षक देखिन्छ। बाथरुम, ट्वाइलेट र पर्खालमा भने टायल उपयुक्त हुन्छ। सही ठाउँमा सही सामग्री प्रयोग गर्न सके घर लामो समयसम्म टिकाउ र सुन्दर रहन्छ।
मार्बल प्राकृतिक ढुंगा भए पनि यसमा एसिडका दाग सजिलै बस्ने समस्या हुन्छ। टमाटर, कागती, मसला जस्ता सामग्रीले मार्बलमा स्थायी दाग पार्न सक्छन्। साथै, सफा गर्न पनि अलि गाह्रो हुन्छ। त्यसैले मार्बललाई भान्साभन्दा लिभिङ रुम, भर्याङ वा सजावटी स्थानमा प्रयोग गर्नु राम्रो हुन्छ।
टायल सामान्यतया बाथरुम, ट्वाइलेट, पर्खाल, छत र कम हिँडडुल हुने स्थानमा लगाउन उपयुक्त हुन्छ। यो सस्तो, सजिलै पाइने र धेरै डिजाइनमा उपलब्ध हुन्छ। तर भर्याङ, प्यासेज वा धेरै आवतजावत हुने ठाउँमा टायल फुट्ने वा कोरिने जोखिम हुने भएकाले त्यस्ता स्थानमा ग्रेनाइट वा मार्बल प्रयोग गर्नु राम्रो हुन्छ।
तीनमध्ये ग्रेनाइट सबैभन्दा कम स्याहार चाहिने सामग्री हो। यसमा दाग बस्दैन, धेरै दिन सफा नगर्दा पनि बिग्रँदैन र सफा गर्दा फेरि नयाँ जस्तै चम्किन्छ। मार्बलमा भने दाग पर्न सक्ने भएकाले अलि बढी ध्यान चाहिन्छ, जबकि टायलको जोइन्ट सफा गर्न समय–समयमा मेहनत गर्नुपर्छ।