घरमा तल्ला थाप्दा ध्यान दिनुपर्ने कुराहरू

Published on: Jul 10, 2024


घरमा तल्ला थाप्दा ध्यान दिनुपर्ने कुराहरू

घरमा तला थप्दै हुनुहुन्छ? ध्यान दिनै पर्ने कुराहरू यस्ता छन् 

  

जति नै ठूलो घर बनाएपनि बस्दै जाँदा साँघुरो हुँदै जान्छ। कहिले परिवारको संख्या थपिएर त कहिले आवश्यकताका सामानहरू थपिएर घर साँघुरिँदै जान्छ। यस्तो अवस्थामा तल्ला थाप्दा वा कोठा थप्दा धेरै कुरा विचार गर्नुपर्छ। यदि तला थप्न सकिँदैन भने अर्को ठूलो स्पेस भएको घर लिनुपर्छ। तर सबै घरमा तला थप्न मिल्छ त? विशेषगरी नेपाली घर मा तला थप्ने सोच बनाउँदा थप सावधानी अपनाउनुपर्छ। विशेषगरी नेपाली घर मा तला थप्ने सोच बनाउँदा थप सावधानी अपनाउनुपर्छ।


कस्तो कस्तो घरमा तला थप्न मिल्छ? कस्तो घरमा मिल्दैन। के के कुरामा ध्यान दिने, यहाँ हामी नेपालीघरमा तला थप्दा ध्यान दिनुपर्ने कुराहरूबारे चर्चा गरौं। 


१. प्राविधिकसँग परामर्श

सबैभन्दा पहिले प्राविधिकसँग सल्लाह गर्नु जरुरी हुन्छ। घरको जग, डिजाइन, निर्माण लागत, नक्सा पास, घरको उमेर अनुसार के कस्ता सामाग्री प्रयोग गर्न सकिन्छ, सल्लाह लिनुपर्छ। साथै पानी, ढलकाे व्यवस्थापन बारे पनि जानकारी लिनुपर्छ। प्राविधिकको सुझाव अनुसार काम गर्दा , विशेषगरी  नेपाली घरमा तल्ला थाप्दा पछुताउनु पर्दैन। 


२. घरको अवस्था जाँच

पुराना घरहरु वाल सिस्टमबाट बनेका हुन्छन्। त्यस्तो घरमा इटा वा ढलान गरी संरचना थप्न अलि गाह्रो हुन्छ। यस्तोमा हामीले लाइट वेट प्यालन बोडहरु प्रयोग गर्न सक्छौं। वाल सिस्टमको घरमा क्षमता अनुसार कोठा थप्न मिलेपनि घटाउन भने मिल्दैन। त्यसैले यस्ता घरमा तला वा कोठा थप्दा विशेष ध्यान पुर्याउनु पर्छ। यदि घर पुरानो छ भने, नेपाली घरमा तल्ला थप्ने क्रममा निर्माण लागत घटाउने उपाय पनि विचार गर्न सकिन्छ - जस्तै हलुका सामाग्री प्रयोग गर्ने वा सस्तो तर टिकाउ विकल्प रोज्ने।


३. गुणस्तरीय सामानको छनोट


अनुभवी र दक्ष कामदारसँगै निर्माणमा प्रयोग हुने सामग्री पनि गुणस्तरीय रोज्नुपर्छ। जस्तै, सिमेन्ट किन्दा बनेको मितिले ३ महिनाभित्र प्रयोग गर्नुपर्छ। अन्य निर्माण सामग्री—झ्यालढोका, पार्केट, रंगरोगन, सेनीटरी सामान - सबैको जानकारी राख्नुपर्छ। राम्रो सामग्रीको छनोट नगर्दा तल्ला थाप्दा संरचना कमजोर पर्न सक्छ। गुणस्तरीय सामानमा लगानी गर्दा सुरुमा निर्माण लागत अलि बढी लागे पनि, नेपाली घरमा लामो समयसम्म टिकाउ हुने भएकाले अन्ततः यो आर्थिक रूपमा फाइदाजनक हुन्छ।


४. सहि समय र स्थानको छनोट 

घर बनाउँदा होस वा घरमा तला थप्दा समय र स्थानको सही छनोट गर्नुपर्छ। जस्तै चाडपर्व वा कुनै पारिवारिक जमघट अघि निर्माण काम सुरु गर्नु हुँदैन। घरमा निर्माण कार्य सुरु गर्दा पुरै घरको वातावरण खराव भएको हुन्छ। फोहोर व्यवस्थापन राम्रोसँग भएको हुँदैन। काम गर्दा आउने आवाजले समेत असर पारीरहेको हुन्छ। काम सुरु गर्न सही समय छान्दा अनावश्यक ढिलाइ र अतिरिक्त निर्माण लागत दुवै घटाउन सकिन्छ - जुन कुरा धेरैजसो नेपाली घरमा ध्यान नदिएको पाइन्छ।


५. योजना र बजेट व्यवस्थापन 

काम सुरु गर्नु अघि योजना बनाएर बजेट व्यवस्थापन गर्नुपर्छ। ठेकेदार वा निर्माण कम्पनीसँग आफ्नो बजेटबारे स्पष्ट कुरा गर्नुहोस्। निर्धारित रकममा के कति काम सम्पन्न हुन्छ भन्ने बुझ्न जरुरी छ। काम सुरु गरेर बीचमै रोक्नुभन्दा राम्रो, सुरुमा नै बजेट अनुसार योजना बनाउनुपर्छ—विशेष गरी नेपाली घरमा तल्ला थप्दा खर्च बढी पर्न सक्ने भएकाले।

तलाको संरचना, प्रयोग हुने सामाग्री र कामदारको लागतले नै समग्र निर्माण लागत निर्धारण गर्छ। त्यसैले सुरुमै विस्तृत अनुमान तयार पार्दा भविष्यमा समस्या हुँदैन।

अन्य प्राविधिक कुराहरू जुन नेपाली घरमा तला थप्दा अनिवार्य रूपमा हेर्नुपर्छ

  • नक्सा पास गर्ने 

  • तल्लो तलाको डिजाइनलाई ध्यान दिने

  • आशाका छडहरुलाई जोगाउने 

  • बलियो घर बनाउने ध्यानमा ठूलो पिलर नराख्ने

  • सकेसम्म हलुका निर्माण सामग्री प्रयोग गर्ने, 

  • माथिल्लो तला थपिरहँदा तल्लो तलाको स्ल्यावलाई ध्यान दिने 

  • पिलर, विम जस्ता स्टक्चर मेम्वरलाई नचलाई अरु काम गर्ने


यी साना देखिने तर महत्वपूर्ण बुँदाहरूले निर्माण लागत नियन्त्रण गर्न मद्दत गर्छन्। राम्रो योजना, सही प्राविधिक सल्लाह र गुणस्तरीय कामदारको साथमा तपाईंले नेपाली घरमा तला थप्ने काम सफलतापूर्वक र बजेटमै सम्पन्न गर्न सक्नुहुन्छ।


बारम्बार सोधिने प्रश्नहरू (FAQs)
1. के सबै नेपाली घरमा तला थप्न मिल्छ?
सबै घरमा तला थप्न मिल्दैन। घरको जग, पिलर, बीम, स्ल्याब, र समग्र संरचनात्मक अवस्था अनुसार मात्र तला थप्न सकिन्छ। विशेषगरी पुराना वाल सिस्टमबाट बनेका घरमा तला थप्दा जोखिम हुन सक्छ। त्यसैले नेपाली घरमा तला थप्ने योजना बनाउँदा प्राविधिक जाँच अनिवार्य हुन्छ।

2. नेपाली घरमा तला थप्नु अघि प्राविधिकसँग किन परामर्श लिनुपर्छ?
प्राविधिकसँग परामर्श गर्दा घरको संरचनात्मक क्षमता, लागत अनुमान, नक्सा पास प्रक्रिया, प्रयोग हुने सामग्री, र पानी–ढल व्यवस्थापन जस्ता महत्वपूर्ण पक्ष स्पष्ट हुन्छन्। सही प्राविधिक सल्लाह बिना तला थप्दा भविष्यमा संरचनात्मक समस्या र अनावश्यक खर्च बढ्न सक्छ।

3. पुरानो घरमा तला थप्दा के–कस्ता सावधानी अपनाउनुपर्छ?
पुरानो नेपाली घरमा तला थप्दा हलुका निर्माण सामग्री प्रयोग गर्ने, पिलर र बीम नछुने, र तल्लो तलाको स्ल्याबलाई विशेष ध्यान दिनुपर्छ। साथै, संरचना कमजोर नहोस् भनेर डिजाइन र लोड व्यवस्थापनमा प्राविधिकको सुझावअनुसार काम गर्नु अत्यन्त जरुरी हुन्छ।

4. तला थप्दा निर्माण लागत कसरी नियन्त्रण गर्न सकिन्छ?
निर्माण लागत नियन्त्रण गर्न पहिले नै स्पष्ट योजना र बजेट बनाउने, सही समय छनोट गर्ने, गुणस्तरीय तर किफायती सामग्री प्रयोग गर्ने, र अनुभवी कामदार तथा निर्माण कम्पनीसँग काम गर्नु आवश्यक हुन्छ। राम्रो योजना भएमा नेपाली घरमा तला थप्दा बजेटभन्दा धेरै खर्च हुने समस्या टार्न सकिन्छ।

5. नेपाली घरमा तला थप्दा नक्सा पास गर्नु अनिवार्य हुन्छ?
हो, नक्सा पास गर्नु अनिवार्य हुन्छ। नक्सा पास नगरी तला थप्दा कानुनी समस्या, घर बिक्री वा बीमा जस्ता विषयमा जटिलता आउन सक्छ। त्यसैले घरको तल्ला थप्ने काम सुरु गर्नु अघि सम्बन्धित निकायबाट नक्सा पास र स्वीकृति लिनु अत्यन्त महत्वपूर्ण हुन्छ।