घर निर्माणको पूर्ण प्रक्रिया

2025-11-16 13:55:35


घर निर्माण प्रक्रिया जीवनको एक महत्वपूर्ण र जिम्मेवार चरण हो, जसको सुरुवात योजनाबद्ध रुपमा गर्नु पर्छ । विशेषगरी नेपाली घर निर्माण गर्दा स्थान, वातावरण, वास्तुशास्त्र र पारिवारिक आवश्यकताहरूलाई ध्यानमा राखेर अघि बढिनुपर्छ। यो अध्यायमा हामी घरको आकार निर्धारणदेखि निर्माण सम्पन्न नभएसम्मका सबै पक्षबारे तपाइँलाई आवश्यक पर्ने जानकारीहरू प्रदान गर्ने छौँ । निर्माणको उपयुक्त समय छनोट, कार्यक्षेत्रमा अस्थायी संरचना तयार पार्ने, निर्माण सामग्री व्यवस्थापन, भूमिको नापजाँच तथा निर्माण कार्यको प्रत्येक चरणलाई वास्तुशास्त्र अनुसार कसरी अगाडि बढाउने भन्ने विषयहरू यहा तपाइँ पाउन सक्नुहुनेछ । घर बनाउने प्रक्रिया केवल इट्टा, सिमेन्ट र बालुवा जोड्ने काम मात्र होइन, यो एक ऊर्जा प्रवाहको सन्तुलन निर्माण गर्ने साधना पनि हो । त्यसैले, प्रत्येक पाइलालाई शास्त्रीय सोच र व्यवहारिक योजनासँग समायोजन गर्नु आवश्यक हुन्छ । 

यस प्रकारका सम्पूर्ण कामहरू विशेष गरी नेपालमा निर्माण कम्पनीहरूले नेपाली घर निर्माणको लागि यिनै सिद्धान्त र प्रक्रियालाई आधार मानेर अघि बढाउँछन्, जसले गृह निर्माणलाई अझ प्रभावकारी र सुरक्षित बनाउँछ।





१ . उपयुक्त समय

पक्की घर निर्माण गर्नु जीवनको एक ठूलो निर्णय हो । यस्तो निर्णय गर्दा हतार नगरी राम्रो सोचविचार, तयारी र समयको व्यवस्थापन आवश्यक हुन्छ । नेपाली घर बनाउने सोच आउनासाथ तपाइँले कुन समयमा निर्माण सुरु गर्ने भनेर योजना बनाउन थाल्नुपर्छ । धेरै मानिसहरूले मौसम, लागत, डिजाइन र प्रक्रिया बुझ्न नसक्दा समय र पैसा दुबै गुमाउँछन् । त्यसैले यो अध्यायमा हामी तपाइँलाई सजिलो भाषामा, कसरी सही समयमा, सही तरिकाले र कम खर्चमा घर बनाउन सकिन्छ भन्ने कुरा विस्तारमा बुझाउनेछौँ ।सबैभन्दा पहिले, निर्माण सुरु गर्ने उपयुक्त समयबारे बुझ्नुपर्छ । सामान्यतया जतिसक्दो चाँडो निर्माणको काम सुरु गर्दा फाइदा हुन्छ, किनभने निर्माण सामग्रीहरू (जस्तै सिमेन्ट, चैम, इट्टा) को मूल्य समयसँगै बढ्ने गर्छ । आज जुन सामग्री सस्तोमा पाइन्छ, त्यो केही महिनापछि महँगो हुन सक्छ । श्रमिकको ज्याला पनि बढिरहन्छ, जसले गर्दा निर्माण लागत बढ्ने सम्भावना हुन्छ । तपाँले समयमै काम सुरु गर्नु भयो भने सामग्री सस्तोमा किनेर बचत गर्न सक्नुहुन्छ ।




परिवारको सहमति पनि अत्यन्तै आवश्यक हुन्छ । तपाइँले बनाउने घर केवल तपाइँको लागि होइन, तपाइँको सम्पूर्ण परिवारको लागि हो । त्यसैले सबैको सल्लाह लिएर, सबैलाई समेटेर योजना बनाउनु बुद्धिमानी हुन्छ । विशेषगरी नेपाली घर बनाउँदा परिवारको आवश्यकताहरू धेरै महत्वपूर्ण मानिन्छ । यदि घरको कुनै सदस्य विदेशमा छन् भने उनीहरूको राय लिन पनि आवश्यक हुन्छ । सुरुवातमा तयार गरिएको डिजाइन अन्तिम हुँदैन । प्रायः घरको डिजाइनमा धेरै पटक संशोधन गर्नु पर्ने हुन्छ । त्यसैले डिजाइनको काममा एक महिना वा त्योभन्दा बढी समय लाग्न सक्छ, जुन कुरा तपाइँले पहिले नै सोच्नुपर्छ ।

डिजाइन तयार भएपछि नगरपालिकाबाट नक्सा पास गर्नु पर्ने प्रक्रिया हुन्छ, जसले पनि धेरै समय लिन्छ । सामान्यतया १ महिना देखि ४५ दिनसम्म लाग्न सक्छ । यदि तपाइँले भदौ महिनामा नेपाली घर बनाउन सुरु गर्ने योजना बनाउनु भएको छ भने, नक्सा पास गराउने, कागज तयार पार्ने र अन्य तयारीका लागि असार महिनादेखि नै प्रक्रिया सुरु गर्नु बुद्धिमानी हुन्छ । नत्र गर्दा तपाइँको योजना समयमै अघि बढ्न सक्दैन ।मौसमको प्रभाव पनि निर्माणमा धेरै पर्छ । उदाहरणका लागि – मनसुनको समयमा दिन लामो हुन्छ, जसले गर्दा बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म काम गर्न सकिन्छ । पानी पनि प्रशस्त हुने भएकाले निर्माणपछि घरमा पानी हाल्ने प्रक्रिया सजिलो हुन्छ । मनसुनमा यो प्रक्रिया २४ दिनमा पूरा हुन्छ । तर जाडोमा काम गर्न सकिने समय कम (केवल ८ घण्टा) हुन्छ, र पानी हाल्ने प्रक्रिया २८ दिनसम्म लम्बिन सक्छ । मनसुनमा केही सामग्री सस्तोमा पाइए पनि, बालुवा र गिट्टी खोलाबाट निकाल्न गाह्रो हुने भएकाले त्यसको लागत भने अलि बढी पर्न सक्छ । त्यसबेला निर्माण कम्पनीहरू कम सक्रिय हुने भएकाले तपाइँलाई राम्रो कामदार सजिलै पाउन सकिन्छ । यसको विपरित, जाडोमा निर्माणको चाप धेरै हुने हुँदा कामदार पाइएन, पाइए पनि महँगो पर्ने सम्भावना हुन्छ ।


२. घर निर्माणको जिम्मा कसलाई दिने ?

घर निर्माण गर्ने तरिकाहरू धेरै छन् - आफैँले बनाउने, ठेकदार राख्ने, चिनेकोलाई जिम्मा दिने वा अनुभवी निर्माण कम्पनीको सहयोग लिने । खासगरी नेपाली घर निर्माणका लागि हरेक तरिका प्रभावकारी हुन सक्छ, तर त्यसका आफ्नै फाइदा र चुनौती हुन्छन् ।भारत, चीनजस्तै, नेपालमा निर्माण कम्पनी हरूले पनि यी सबै मोडेल–आधारित सेवाहरू प्रदान गर्छन्, जसले गर्दा घर निर्माणमा सहजता र विश्वसनीयता बढेको छ।

-> आफैँले निर्माण गने:

यदि तपाइँलाई घर निर्माणको अनुभव छ भने आफैँ बनाउनु एउटा राम्रो विकल्प हुन सक्छ । यसले लागतमा बचत गर्न सकिन्छ र सामग्रीको गुणस्तर पनि नियन्त्रणमा राख्न सकिन्छ ।  तपाईले कुन सामग्री कति प्रयोग गर्ने  भन्ने निर्णय आफैँ गर्न सक्नुहुन्छ । तर यदि तपाइँलाई कुनै पनि प्राविधिक ज्ञान छैन भने, यस्तो निर्णयले झन्झटको रूप लिन सक्छ । निर्माणमा विभिन्न  काम हुन्छन् – डिजाईन, ढलान, पिलर राख्ने, छत बनाउने, विद्युतीय र प्लम्बिङ काम, र अन्तिम फिनिशिङ कार्य । यी सबैमा अलग–अलग दक्षता चाहिन्छ ।


-> ठेकदारलाई जिम्मा दिन:

घर बनाउँदा ठेकदार राख्नु अर्को  सहज तर भरपर्दो  विकल्प हो । ठेकदारले घर निर्माणको  सम्पूर्ण प्रक्रिया सम्हाल्छन् । सामग्री किन्ने, कामदार व्यवस्थापन गर्ने , र कामको गति मिलाउने  । तपाइँलाई साना–साना कामका लागि भन्झट गर्नु  पर्दै न । तर ठेकदारको छनोटमा सावधानी अपनाउनुपर्छ ।  यही कारणले धेरैले नेपालमा निर्माण कम्पनी हरूको सेवा लिन रुचाउँछन्, किनकि तिनको काम, समयरूपी अनुशासन र पेशागत जिम्मेवारी बढी देखिन्छ। उनीसँग राम्रो अनुभव, इमानदारी, र समयको मूल्य हुने व्यवहार हुनुपर्छ । कहिले काहीँ ठेकदारले लागत बढाउने वा काम बिगार्ने  सम्भावना पनि हुन्छ । त्यसैले ठेकदार छनोट  गर्दा अरूको सिफारिस, समीक्षा र अघिल्लो कामको निरीक्षण गर्नु  आवश्यक हुन्छ । काम सुरु हुनु  अघि स्पष्ट लेखित सम्झौता गर्नु  जरुरी हुन्छ, जसले कामको गुणस्तर र समयसीमा सुनिश्चित गर्न सहयोग पुयाउँछ ।


-> वर्ग फिटको आधारमा मूल्याङ्कन:

धेरै निर्माण कम्पनी वा ठेकदारले वर्ग फिटको आधारमा लागत बताउने गर्छन् । उदाहरणका लागि, “प्रति वर्ग फिट ३५०० रुपैयाँ” भन्ने जस्ता मूल्यहरू सुनिन्छन् । तर यस्तो मूल्याङ्कन सधैँ सही हुँदैन। वर्ग फिटले केवल क्षेत्रफल देखाउँछ, तर तपाईँको घरमा प्रयोग हुने सामग्री, डिजाइन, कोठा संख्या, फिनिशिङ स्तर आदिले खर्चमा ठूलो अन्तर पार्छ । केही कोठा सादा हुन्छन् भने केहीमा झ्याल, ढोका, फर्निचर आदि बढी खर्चिला हुन्छन् । त्यसैले केवल वर्ग फिटको हिसाबले सम्पूर्ण लागत आँकलन गर्नु  गल्ती हुन सक्छ । लागत सही थाहा पाउन घरको सम्पूर्ण योजना र आवश्यकतालाई ध्यानमा राखेर विस्तृत अनुमान बनाउनुपर्छ ।



-> आफन्त वा चिनेजानेकालाई जिम्मा दिन:

कतिपय अवस्थामा घर निर्माणको काम आफन्त वा चिनेजानेका व्यक्तिलाई जिम्मा दिनुपर्छ भन्ने लाग्न सक्छ, तर यो निर्णयमा सावधानी आवश्यक हुन्छ । काम राम्रो भएमा यो भरपर्दो विकल्प हुन सक्छ, तर समस्या आएमा व्यक्तिगत सम्बन्ध बिग्रन सक्छ । काममा ढिलाइ, गुणस्तर मा कमी, वा बजेटको सीमा नाघेपछि आरोप–प्रत्यारोप सुरु हुन सक्छ । त्यसैले चिनेको व्यक्ति  भए पनि काम सुरु गर्नु  अघि सबै कुरा स्पष्ट राख्नुपर्छ – लागत, समय, कामको गुणस्तर, र जिम्मेवारीहरू । सम्भव भएमा लेखित सम्झौता गर्नु पर्छ, ताकि पछि विवाद नहोस् । भावनामा बगेर निर्णय लिनुभन्दा व्यवहारिक सोच अपनाउनु नै राम्रो हुन्छ 

-> अनुभवी निर्माण कम्पनीलाई जिम्मा दिने:

यदि तपाइँलाई घर बनाउने सीप छैन, समय कम छ, वा झन्झट झेल्न चाहनुहुन्न भने अनुभवी  निर्माण कम्पनीलाई जिम्मा दिनु उत्तम हुन्छ। आजकल नेपालमा निर्माण कम्पनी हरूले डिजाइनदेखि फिनिशिङसम्म एक–ढिक्का सेवाहरू प्रदान गरिरहेका छन्, जसले उपभोक्तालाई सहजता र गुणस्तर दुवै उपलब्ध गराउँछ। यस्ता कम्पनीहरू सधै डिजाइनदेखि अन्तिम  फिनिशिङसम्मको काम गर्छन् । उनीहरूसँग अनुभवी इन्जिनियर, वास्तुकार, मिस्त्री, प्लम्बर,  विजुली मिस्त्रीजस्ता जनशक्ति पहिले नै हुन्छ । तपाइँलाई केवल योजना दिनु र निगरानी गर्नु  मात्र आवश्यक हुन्छ । खर्च अलिकति बढी पर्न सक्छ, तर काम व्यवस्थित, गुणस्तरीय र समयमा पूरा हुन्छ । यस्तो कम्पनी छान्दा पहिलेको काम हेर्नु होस्, अरूको प्रतिक्रिया बुझ्नुहोस्, र लेखित सम्झौता गरौँ । यसरी, अनुभव र भरोसामाथि आधारित निर्माण प्रक्रिया तपाइँको सपना साकार  गर्न सजिलो बनाउँछ ।





३ आफ्नै घर बनाउनुको महत्व र आवश्यकता:
मानिसको जीवनमा घरको महत्व केवल बसोबासका लागि मात्र होइन, मानसिक शान्ति, सुरक्षाको अनुभूति, सामाजिक प्रतिष्ठा र आर्थिक समृद्धिसँग पनि गहिरो रूपमा जोडिएको हुन्छ ।  विशेष गरी नेपाली घर जीवनशैली, संस्कार र पारिवारिक मूल्यहरू प्रतिबिम्बित गर्ने ठाउँ मानिन्छ ।वास्तु शास्त्रले पनि घरलाई उर्जाको स्रोत मानेको छ, जहाँ प्रत्येक दिशा, कोठा, रचनाको स्वरूप र स्थानको गहिरो अर्थ हुन्छ । आजको समयमा धेरै मानिसहरू भाडाको घरमा बस्छन् । केही  समयका लागि यो समाधान हुन सक्छ, तर दीर्घकालीन जीवनको हिसाबले आफ्नै घर बनाउनु  आवश्यक हुन्छ । घर दरबारले तयार पारेको पुस्तकको यो खण्डमा आफ्नै घर किन बनाउने भन्ने प्रश्नको उत्तर दिने प्रयास गरिएको छ । 




-> स्थायीत्व र सुरक्षा:

भाडाको घरमा बस्दा स्थायीत्व र सुरक्षा हुँदैन । घरधनीले जबसुकै एक महिनाको सूचना दिएर घर खाली गर्न भन्न सक्छन् । यस्तो अवस्थामा तपाइँलाई हतार–हतार नयाँ घर खोज्नुपर्छ, जुन सजिलो छैन । अझ सहरी क्षेत्रमा कठिन हुने गरेको छ । साना बालबालिका भएको परिवारका लागि त यो अझै गाह्रो हुन्छ । स्कुल परिवर्तन, नयाँ ठाउँको वातावरणमा घुलमिल हुन तपाइँ लगायत सबैलाई समय लाग्छ । जसले मनोवैज्ञानीक असर पार्न सक्छ भने एक्लो भएको अनुभुति हुन सक्छ । तर आफ्नै घर भएमा तपाइँ जतिसम्म चाहनुहुन्छ, त्यहाँ शान्तपूर्वक बस्न सक्नुहुन्छ । तपाइँको परिवार स्थिर हुन्छ, बच्चाहरूको पढाइमा अवरोध आउँदैन, र तपाइँ मानसिक रूपमा पनि स्फूर्त हुन सक्नुहुन्छ । वास्तु शास्त्रको अनुसार, स्थायीत्व जीवनमा सकारात्मक उर्जा, मानसिक शान्ति र स्वास्थ्य ल्याउँछ । घरको सही बनावट र दिशा अनुसार बनाइएका कोठाहरूले परिवारमा सुख–शान्ति बढाउँछन् । त्यसैले पनि तपाइँले आफ्नो घर बनाउनु आवश्यक हुन्छ । तर पछिल्लो समय आधुनिक जीवनशैलीका कारण अहिले अपार्टमेन्टहरुमा बस्ने प्रचलन समेत बढ्दै गाएको छ । 


-> आर्थिक फाइदा र व्यावसायिक अवसर:

आफ्नो घर हुनु केवल बसोबासको स्थान मात्र होइन, यसले आम्दानीको स्रोत पनि बन्न सक्छ 
। विशेष गरी सहर वा शहरी क्षेत्रमा घर बनाउँदा तपाइँले त्यसको केही भाग व्यवसायिक  प्रयोजनका लागि प्रयोग गर्न सक्नुहुन्छ । त्यसमा पनि धेरैले नेपालमा निर्माण कम्पनी ले सुझाव दिएको वास्तु–अनुसार सञ्चालन योग्य व्यवसायिक संरचनालाई चयन गर्छन्, जसले आर्थिक उन्नति बढाउँछ भन्ने विश्वास छ। उदाहरणका लागि, तपाइँले तल्लो तलामा अफिस, पसल वा अन्य व्यवसाय सञ्चालन गर्न सक्नुहुन्छ । अथवा कोठाहरू भाडामा दिई नियमित आम्दानी  गर्न सक्नुहुन्छ । वास्तु शास्त्रमा उत्तर–पूर्व दिशा ज्ञान र व्यापारका लागि उपयुक्त मानिन्छ । यदि घरको व्यावसायिक भाग सही दिशामा बनाइयो भने त्यसबाट आर्थिक उन्नति हुने विश्वास गरिन्छ । यसरी आफ्नो घरले तपाईँलाई बस्नको सुविधा मात्र होइन, आर्थिक स्वतन्त्रताको ढोका पनि खोलिदिन्छ ।


-> वृद्धावस्थाको सुरक्षित जीवन:

हामी सबैको जीवनको एक चरण बुढ्यौली हुन्छ । जब काम गर्ने  उमेर सकिन्छ, तब स्थिरता र शान्ति चाहिन्छ । त्यसबेला भाडाको झन्झट, स्थान परिवर्तन वा अन्य समस्याहरू झनै पीडादायी  हुन सक्छन् । तर यदि तपाइँको आफ्नै घर छ भने, तपाइँ निश्चिन्त भएर जीवनको उत्तरार्ध शान्तिपूर्वक बिताउन सक्नुहुन्छ । कुनै पनि आर्थिक दबाब बिना, आफ्नै घरमा आरामदायी जीवन बिताउन सकिन्छ । वास्तु शास्त्रको दृष्टिमा वृद्ध सदस्यहरूको कोठा दक्षिण–पश्चिम दिशामा हुनु  उपयुक्त मानिन्छ, जसले स्थिरता, आत्मबल र मानसिक शान्ति प्रदान गर्छ । 



-> दीर्घकालीन लगानीको भरपर्दो  माध्यम:

घर बनाउनु भनेको केवल वर्तमानको आवश्यकतामात्र होइन, भविष्यप्रतिको लगानी पनि हो । घर र जग्गाको मूल्य समयसँगै बढ्ने गर्छ । तपाइँको घर भविष्यमा ठूलो सम्पत्ति बन्न सक्छ । चाहिएको बेला बेचेर अथवा भाडामा दिएर तपाइँले राम्रो फाइदा लिन सक्नुहुन्छ । अझै  महत्वपूर्ण कुरा — यो घर तपाइँका बच्चाहरू, र तिनका सन्तानहरूको लागि पनि आधारशिला  बन्न सक्छ । एक पुस्ताले बनाएको घर अर्को  पुस्ताको स्थिरता र सुरक्षाको प्रतीक हुन्छ । वास्तु शास्त्रले पनि घरको लगानीलाई केवल भौतिक सम्पत्ति नभई उर्जा, संस्कार र संस्कृतिको थालनी मानेको छ । वास्तु अनुसार बनाइएको घर पुस्तौपुस्तासम्म शान्ति र समृद्धिको स्रोत बन्न सक्छ । 




Frequently Asked Questions(FAQs)
1. 
कस्तो समय नेपाली घर निर्माणका लागि सबैभन्दा उपयुक्त हुन्छ?

नेपाली घर बनाउँदा सही समयको छनोट अत्यन्तै महत्वपूर्ण हुन्छ। सामान्यतया, वर्षको गर्मी वा मनसुनको सुरुमा निर्माण सुरु गर्दा धेरै फाइदा हुन्छ। यो समयमा सामग्रीहरूको मूल्य कम पाइन्छ, श्रमिक सजिलै उपलब्ध हुन्छन्, र पानी हाल्ने काम समेत प्रभावकारी तरिकाले सम्पन्न गर्न सकिन्छ। जाडो महिनामा काम गर्ने समय कम हुन्छ र श्रमिकहरूको लागत बढी पर्न सक्छ। त्यसैले घर निर्माणको योजना बनाउँदा मौसम, लागत र उपलब्ध स्रोतहरू सबैलाई ध्यानमा राखेर सुरुवात गर्नु बुद्धिमानी हुन्छ।

2. घर निर्माणको जिम्मेवारी कसलाई दिनु उपयुक्त हुन्छ – आफैं, ठेकदार, वा निर्माण कम्पनी?
घर बनाउने जिम्मेवारी दिनु अघि आफ्नै अनुभव, समय, र बजेटलाई ध्यानमा राख्नु पर्छ। यदि तपाईंलाई प्राविधिक ज्ञान छ र समय पर्याप्त छ भने आफैं निर्माण गर्नु सम्भव छ। तर, प्रायः नेपाली घर निर्माणमा ठेकदार वा अनुभवी निर्माण कम्पनीको सहयोग लिनु सजिलो र भरोसायुक्त हुन्छ। ठेकदारले सम्पूर्ण प्रक्रिया सम्हाल्छन् भने अनुभवी निर्माण कम्पनीले डिजाइनदेखि फिनिशिङसम्म एकै ठाउँमा सेवा दिन्छन्, जसले काम व्यवस्थित, गुणस्तरीय र समयमा सम्पन्न हुन्छ।

3. आफ्नै घर बनाउनुको मुख्य महत्व के हो?
आफ्नै घर केवल बसोबासको लागि मात्र होइन, मानसिक शान्ति, सुरक्षा, सामाजिक प्रतिष्ठा र दीर्घकालीन आर्थिक फाइदासँग पनि जोडिएको हुन्छ। भाडाको घरमा बस्दा स्थायीत्व र सुरक्षा कम हुन्छ, तर आफ्नै घरमा तपाईं र तपाईंको परिवार शान्तिपूर्वक बस्न सक्नुहुन्छ। साथै, वास्तुशास्त्र अनुसार घरको सही बनावटले सकारात्मक उर्जा, मानसिक शान्ति र समृद्धि ल्याउँछ। दीर्घकालीन रूपमा, आफ्नै घरले वृद्धावस्थामा सुरक्षित जीवन र भविष्यमा लगानीको भरपर्दो माध्यमको काम गर्छ।

4. घर निर्माण सुरु गर्नुअघि कुन-कुन तयारीहरू आवश्यक हुन्छन्?
घर निर्माण सुरु गर्नुअघि धेरै तयारी आवश्यक हुन्छ। सबैभन्दा पहिले, तपाईंले घरको डिजाइन तयार पार्नुपर्छ र परिवारको सल्लाह लिनु आवश्यक हुन्छ। त्यसपछि, नगरपालिकाबाट नक्सा पास गर्ने प्रक्रिया सुरु गर्नु पर्छ, जसमा १–४५ दिनसम्म समय लाग्न सक्छ। निर्माण सामग्रीको व्यवस्थापन, कार्यक्षेत्रमा अस्थायी संरचना निर्माण, भूमिको नापजाँच जस्ता कामहरू अगाडि बढाउनुपर्छ। यी सबै तयारी समयमै गरेमा निर्माण प्रक्रिया सहज र कम खर्चिलो हुन्छ।

5. नेपाली घर बनाउँदा वास्तुशास्त्रको ध्यान किन आवश्यक छ?
वास्तुशास्त्रले घरलाई केवल भौतिक संरचना मात्र नभई ऊर्जा, स्वास्थ्य र समृद्धिको केन्द्र मान्दछ। घर बनाउँदा प्रत्येक दिशा, कोठा र संरचना वास्तुशास्त्रअनुसार बनाउनाले परिवारमा सुख - शान्ति, सकारात्मक ऊर्जा, आर्थिक उन्नति, र वृद्ध सदस्यहरूको सुरक्षा सुनिश्चित हुन्छ। उदाहरणका लागि, उत्तर - पूर्व दिशामा व्यापारिक कोठा राख्दा आर्थिक लाभ बढ्ने विश्वास छ भने, दक्षिण - पश्चिम दिशामा वृद्ध सदस्यको कोठा राख्दा स्थायीत्व र मानसिक शान्ति बढ्छ।

Have a project for us?

DO YOU HAVE ANY QUESTIONS REGARDING YOUR NEXT CONSTRUCTION PROJECT?