ज्योतीष र वास्तु शास्त्र

2025-11-03 15:49:52


1. ज्योतीष र वास्तु बीचको सम्बन्ध के हो ?
भवन निवर्माणको लागि रचित शास्त्र वास्तुशास्त्र हो भने ब्रह्माण्डीय पिण्डको अध्ययन र त्यसले मनुष्य जीवनमा पर्ने प्रभावको विश्लेषण गरिने शास्त्र ज्योतीषशास्त्र हो । ज्योतीष र वास्तु शास्त्र यी दुवैमा गहिरो सम्बन्ध रहेको छ । जहाँ ज्योतीषलाई एक वेदान्त मानिन्छ भने वास्तु शास्त्रलाई अथर्व वेदको एक उपवेद स्थापत्य वेदमा आधारीत एक प्राचिन निर्माण विज्ञान भनिन्छ । जसको प्रयोगले यस प्रकृतिमा भएको उर्जालाई सन्तुलित बनाइ हाम्रो घर र जीवन सफल बनाउन सकिन्छ । 



हामीले वास्तु शास्त्र अनुसार घर निर्माणको लागि जग्गाको छनोट, जग्गा फाप, अफाप, भूमि पूजा ९जग पूजा० को साइत, मुल ढोका राख्ने साइत, घर बनाइसकेपछि गृह प्रवेशको साइत, वास्तु पूजाको साइत आदिमा ज्योतीष शास्त्रको नै आवश्यकता पर्दछ । जहाँ ज्योतीष शास्त्रको सहयोगले ग्रहले मनुष्यमा पार्ने प्रभावको बारेमा विचार गरिन्छ । भने वास्तु शास्त्रमा हाम्रो प्रकृतिमा उपलब्ध रहेको पञ्चतत्वले हाम्रो जीवनमा पार्ने प्रभावको चर्चा गरिन्छ । 

ज्योतीषको शाब्दिक अर्थ ईश्वरीय प्रकाश पनि मानिएको छ । र ज्योतीष षडवेदाङ्ग ९शिक्षा, कला, व्याकरण, निरुक्त, ज्योतीष र छन्द०े मध्येको एक ज्योतीष शास्त्र हो । ज्योतीष शास्त्रको प्रयोगले हामी मनुष्यको भूतकाल, वर्तमान र भविष्यको बारेमा जान्न सक्छौं । भने कुनैपनि भवनको वास्तु शास्त्रको सिद्धान्तले हामी त्यहाँ उपलब्ध वातावरणीय पञ्चतत्वको उर्जाले त्यस घरलाई अझै धेरै खुसी र समृद्धि भवन वनाउन सकिन्छ । ज्योतीष शास्त्र र वास्तु शास्त्र दुवैको लक्ष्य मनुष्यको जीवन सफल बनाउनु हो । जसको लागि हामी अलग अलग सिद्धान्तको प्रयोग गछौं  । 

2. 
नवग्रह र वास्तु शास्त्रबीचको सम्बन्ध:
हाम्रो बैदिक ज्योतिष शास्त्र अनुसार नौ ग्रह यस पृथ्वीमा निवास गर्ने मानिसहरुमा गहिरो प्रभाव पार्ने गर्दछ । यहि नवग्रहले ज्योतिष र वास्तु अनुसार शुभ र अशुभ फल दिने गर्दछ । त्यसलाई हामी यहाँ संक्षिप्त रुपमा चर्चा गर्नेछौं । 

वास्तु शास्त्रमा सूर्य ठूला ठूला भवन विभिन्न सभाहलहरु, फलहरूको बोट, पक्कीघर, रातो रङको माटो, प्रकाशको व्यवस्था, घरको खुल्ला क्षेत्र आदिको कारक मानिन्छ , ज्योतिष शास्त्रअनुसार यदि कसैको जन्म कुण्डलीमा सूर्यको दोष रहेको छ भने वा हाम्रो घरमा पूर्व दिशामा वास्तुको दोष छ भने त्यसले नकारात्मक परिणाम दिन्छ जस्तै पिता संगको सम्बन्ध बिग्रनु, विभिन्न पारिवारीक समस्या आइपर्नु, आँखा, छाला र हड्डीसँग सम्बन्धीत समस्या आइपर्छ भने सूर्य शुभ हुँदा मान सम्मान सरकारी पक्षको सहायता स्वास्थ्यमा सुधार आदि शुभ फल पाइने छ । 

  • सूर्य (सिंह राशि):
    सूर्य ज्योतिष शास्त्र अनुसार सिंह राशिको स्वामी ग्रह मानिन्छ । सूर्य यस पृथ्वीमा आश्रीत प्राणी र बोट विरुवाको जीवनदायी स्रोत पनि हो । यसले वास्तु शास्त्रमा पूर्व दिशाको प्रतिनिधित्व गर्दछ । सूर्य ग्रहले हाम्रो जीवनमा आँखा, मन, स्वास्थ्य, आग्नि तत्व, तामा, माणिक, मन्त्रको आचरण आदिको कारक ग्रह पनि मानिन्छ ।



    • ड्डचन्द्रमा (कर्कट राशि):
      ज्योतिष शास्त्रअनुसार चन्द्रमा कर्कट राशिको स्वामी ग्रह हो । चन्द्रमालाई पृथ्वीको एक उपग्रहको रुपमा पनि व्याख्या गरिन्छ । चन्द्रमा उत्तर पश्चिम दिशाको स्वामी ग्रहको रुपमा लिइन्छ र चन्द्रमाले मानसिक स्वास्थ्य, चन्चलता, सव्य गुण, स्मरण शक्ति, कृषि पशुपालन, आदिको कारक मानिन्छ । वास्तु शास्त्रमा चन्द्रमाले वायव्य दिशा भान्सा, अन्नको भण्डार, पशुपालन, सेतो माटो, बैठक आदिको प्रतिनिधित्व गर्दछ । 



    • मंगल :
      ज्योतिष शास्त्रअनुसार मंगल रातो वर्णको मेष र वृश्चिक राशिको स्वामी ग्रह हो । मंगल ग्रहले दक्षिण दिशाको प्रतिनिधित्व गर्दछ र मंगल ग्रह छाति, अग्नि तत्व, उर्जा, धातु सम्बन्धी व्यपार निर्माणकार्य, रिस र रक्त सञ्चार इत्यादीको कारक हो । वास्तु शास्त्रमा मंगल ग्रहले दक्षिण दिशा, रातो रङ, शयन कक्ष, छत, घर, माटो, माटोको भाँडा इत्यादीको कारक ग्रह मानिन्छ। 




    • बुध (मिथुन र कन्या राशि):   
      ज्योतिष शास्त्रअनुसार सूर्यको सबैभन्दा नजिक भएको ग्रह बुध हो । यो मिथुन र कन्या राशिको स्वामी ग्रह पनि हो । बुधले उत्तर दिशाको प्रतिनिधित्व गर्दछ । त्यस्तै दैनिक जीवनमा हरियो रङ फल नफल्ने हरियो रुख, शिक्षा, अध्ययन, ज्योतिष शास्त्र, सञ्चार, वाणी, कानून आदिको लागि फलदायी मानिन्छ । वास्तु शास्त्रअनुसार बुध उत्तर दिशा बैठक, अतिथि, सयन कक्ष, पढाइको अवस्था, फुलबारी आदीको लागि शुभ रहनेछ ।



    • वृहस्पति (धनु र मिन राशि):
      ज्योतिष शास्त्रअनुसार सौर्य मण्डलमा भएको सबैभन्दा ठूलो ग्रह वृहस्पति हो भने यो धनु र मिन राशीको स्वामी ग्रह पनि हो । वृहस्पति ग्रह उत्तर–पूर्व दिशाको कारक ग्रह हो र यो हाम्रो जीवनमा ज्ञान, भाग्य, स्वगुण, अध्यापन, धार्मीक शिक्षा, तिखो बुद्धिका लागि प्रभावशाली मानिन्छ। वास्तु शास्त्रमा वृसहस्पति ग्रह उत्तर पूर्व ईशान दिशाको स्वामी हो । यसलाई हाम्रो घरको पूजा स्थान, घरको ब्रम्हस्थान, ध्यान कक्ष, शिक्षक, धार्मीक सेवा आदिको लागि शुभ मानिन्छ ।




    • शुक्र (वृष र तुला राशि) :  
      ज्योतिष शास्त्रमा ताराको रुपमा प्रसिद्ध रहेको शुक्र ग्रह वृष र तुला राशिको स्वामी ग्रह हो । शुक्र ग्रहले दक्षिण पूर्व दिशाको प्रतिनिधित्व गर्दछ । साथै यसले हामो दैनिक जीवनमा सुन्दरता, स्त्री, माया प्रेम, साहित्य संगीत र सांसरिक सुख, जीवनसाथी आदिको लागि कारक मानिन्छ । वास्तु शास्त्रमा शुक्र ग्रह दक्षिण पूर्व आग्नेय कोणको प्रतिनिधित्व गर्दै भान्सा, नयाँ वस्त्र, मिठो भोजन, सेतो रङ, राम्रो सजावट आदिको लागि शुभ रहने छ । 



    • शनि(मकर र कुम्भ राशि):
      ज्योतिष शास्त्र अनुसार शनि ग्रह मकर र कुम्भ राशिको स्वामी ग्रह हो । यसले पश्चिम दिशाको प्रतिनिधित्व गर्दै हाम्रो जीवनमा आयु, शक्ति, नोकरी अनुशासन, जिम्मेवारी, कालो रङ आदिको लागि कारक रहेको छ । वास्तु शास्त्रअनुसार शनि ग्रह पश्चिम दिशाको कारक भइ यसले भोजन कक्ष, भण्डारण, होचो अग्लो ठाउँ, फलामजन्य सामग्री आदिको लागि प्रभावशाली रहने छ । 



    ज्योतिष शास्त्रअनुसार अत्यन्त क्रुर स्वभाव भएको राहु ग्रह दक्षिण पश्चिम नैऋत्य कोणको स्वामी ग्रह रहेको एउटा छायाँ ग्रह हो । राहु ग्रहले हाम्रो जीवनमा कल्पना, दृव्यदृष्टी, विदेश यात्रा, दुर्गमको बाटो, जुवातास, भाषा मनोविज्ञान आदिको लागि कारक छ । वास्तु शास्त्र अनुसार राहु दक्षिण पश्चिम नैऋत्य कोणको कारक भइ यसले विभिन्न हात हतियारको भण्डारण, कालो माटो, मरुभूमी, सर्प भूमी, शौचालय, बाटो, ठूला ढोका इत्यादिको लागि कारक मानिएको छ । 



    • केतु:
      जेतिष शास्त्रमा राहु जस्तै केतु ग्रहलाई पनि एक क्रुर ग्रह मानिन्छ । यो उत्तरपूर्व ईशान कोणको कारक रहेको एक छायाँ ग्रह हो । केतु ग्रहले हाम्रो जीवनमा आध्यात्मीक ज्ञान, आशा, रिस, नराम्रो विचार, गुप्त रोग आदिको लागि कारक रहेको छ । वास्तु शास्त्रमा केतु ग्रह उत्तर पूर्व ईशान कोणको कारक भइ भिडभाड क्षेत्र, नालि, फोहोर, सानो ढोका, धारो र घाँस इत्यादिको लागि कारक मानिन्छ । 

    Have a project for us?

    DO YOU HAVE ANY QUESTIONS REGARDING YOUR NEXT CONSTRUCTION PROJECT?