निर्माणस्थलको छनोट

Published on: Nov 20, 2025


निर्माणस्थलको छनोट

नेपालमा निर्माण कम्पनी हरुले पनि बारम्बार ध्यान दिलाउने कुरा यही हो कि एउटा राम्रो र सुरक्षित निर्माणस्थलले घरको दिर्घकालीन सुरक्षा, स्थिरता र समृद्धिमा महत्तवपूर्ण भूमिका खेल्छ । घरको लागि निर्माणस्थलको छनोट गर्दा विशेष ध्यान दिनुपर्ने कुराहरू छन् जसले भविष्यमा समस्याहरू र खर्चहरूलाई न्यूनतम बनाउन मद्दत पुर्याउँछ । त्यसैले, हामीलाई यी कुराहरूलाई ध्यानमा राखेर निर्माणस्थलको छनोट गर्नु अत्यन्त महत्तवपूर्ण छ । यस लेखमा, हामी निर्माणस्थलका अयोग्य प्रकारहरू र ती स्थलमा घर बनाउनुको नकरात्मक प्रभावका बारेमा चर्चा गर्नेछौँ । नेपालमा निर्माण कम्पनी हरुले पनि यी जोखिमपूर्ण स्थानबाट बच्न सुझाउने गर्छन् ।


१. भिरालो जग्गा

भिरालो जग्गा एउटा यस्तो स्थान हो जहाँ जग्गा समतल हुँदैन र ढलान हुन्छ । यस्तो स्थलमा घर निर्माण गर्दा धेरै समस्याहरू आउन सक्छन् । भिरालो जग्गामा भवनको संरचना असुरक्षित हुन सक्छ किनभने यस्तो क्षेत्रमा पानीको निकासीमा समस्या हुने सम्भावना रहन्छ । जसका कारण भूस्खलन र आधारभूत संरचनामा क्षति हुन सक्छ । वास्तुशास्त्रमा भिरालो जग्गालाई विशेष ध्यानका साथ मूल्याङ्कन गर्नु पर्ने  विषय मानिन्छ, किनभने जमिनको ढलानले त्यस ठाउँमा बस्ने मानिसहरूको जीवनमा प्रत्यक्ष ऊर्जा प्रभाव पार्दछ । भिरालो जमिनमा घर निर्माण गर्दा त्यहाँको ढलानको दिशा सबैभन्दा महत्वपूर्ण हुन्छ ।  नेपालमा निर्माण कम्पनीहरूले यस्तो ढलानमा निर्माण गर्नु परेमा विशेष इञ्जिनियरिङ समाधान अपनाउन सुझाव दिने गर्छन् ।

भिरालो जमिनमा घर बनाउँदा प्राकृतिक जोखिमहरू पनि विचार गर्नु  अति आवश्यक हुन्छ । जब जमिनको ढलान अत्यधिक हुन्छ, त्यसले वर्षा याममा पानीको बहाव नियन्त्रण गर्न गाह्रो बनाउँछ, जसले गर्दा घरको जगमा क्षति हुन सक्छ । यस्तो अवस्थामा जमिनको सुदृढिकरण, जल निकास प्रणाली, र ढलानको सुधार वास्तु तथा इन्जिनियरिङ दृष्टिकोणबाट गर्नु  आवश्यक हुन्छ । नेपालमा निर्माण कम्पनीहरूले सामान्यतया रिटेनिङ वाल निर्माण गर्न सुझाव दिने गर्छन् । त्यसबाहेक, भिरालो जमिनमा स्थिरता कायम गर्नका लागि रिटेनिङ वाल जस्ता संरचनाहरूको सहारा लिनुपर्छ, जुन अतिरिक्त खर्चिलो पनि हुन जान्छ र तपाइँले बनाउन लागेको घर वा भवनको लागत बढ्न जाने हुन्छ । भिरालो जमिनमा यदि घर बनाउनु परेमा त्यसको दिशा अनुसार वास्तु सुधारहरू अनिवार्य रूपमा गर्नु पर्छ । उदाहरणका लागि, भवनको उचाइलाई सन्तुलनमा राख्ने, दक्षिण वा पश्चिमतर्फ भारीपन दिने, र उत्तर वा पूर्वतर्फ खुला स्थान छोड्ने जस्ता उपायहरू अपनाउन सकिन्छ ।

भिरालो जमिनहरू प्रायः रमणीय स्थानमा पाइन्छन्, तर तिनको सौन्दर्यताले वास्तुशास्त्रीय दोष छोप्न सक्दैन । त्यसैले, भू–निर्माणको सुरुवातमै यस्तो भिरालो जमिन उपयुक्त छ वा छैन भन्ने कुरा वास्तु परामर्शदाताबाट अध्ययन गरिनुपर्छ । यसले दीर्घकालीन सुरक्षाका साथै, घरधुरीका मानिसहरूको मानसिक र भौतिक उन्नतिको मार्ग प्रसस्त गर्छ । भिरालो जग्गामा ध्यान नदिइकन गरिएको निर्माण कार्य पछुतो र समस्या उत्पन्न गर्ने  खालको हुन सक्छ । त्यसैले सकभर घर वा भवन निर्माणका लागि भिरालो जमिन छनोट नगर्न धेरैले सुझाव समेत दिने गरेका छन् । तर पछिल्लो समय काठमाडौँ लगायत विभिन्न पहाडी जिल्लामा बजार क्षेत्रमा जग्गाको अभावमा भिरालो क्षेत्रमा पनि घर बनाउने गरिएको छ । यस्तो क्षेत्रमा बनाउने घरको निर्माणका क्रममा प्रयोग हुने निर्माण सामग्री र विधिबारे विशेष चनाखो अपनाउनुपर्ने  हुन्छ । 


२. आकार नमिलेको जग्गा

वास्तु शास्त्रमा घर निर्माण गर्नको लागि जग्गाको आकारलाई अत्यन्तै महत्वपूर्ण तत्वको रूपमा लिने गरिन्छ  ।  नेपालमा निर्माण कम्पनीहरूले पनि वर्ग वा आयताकार भू–भागलाई सर्वोत्तम मान्छन् ।आकार मिलेको, विशेषतः वर्ग (square) वा आयताकार (rectangle) भभूभागलाई सबैभन्दा वास्तु शास्त्रले शुभ हुने मान्यता राख्दछ । यस्तो जमिनले सकारात्मक ऊर्जा सन्तुलित रूपमा ग्रहण र वितरण गर्न सहयोग पुर्याउछ। तर, जब जमिनको आकार अनियमित हुन्छ - जस्तै त्रिभुजाकार, L–आकार, अर्धवृत्ताकार, वा अन्य रूप - त्यो वास्तु अनुसार दोषपूर्ण मानिन्छ र त्यस्तो भूभागमा घर निर्माण गर्दा वास्तु दोष उत्पन्न हन्छ, जसले दीर्घकालीन रूपमा तपाइँ र तपाइँको परिवारको भावि जीवनमा विभिन्न समस्याहरू आउने जोखिम बढ्न सक्छ । जग्गको आकार नमिलेको घरको भौगोलिक सन्तुलनमा असर पार्दछ । यस्तो जमिनमा भवनको योजनाबद्ध डिजाइन बनाउन कठिन हुन्छ, जसले गर्दा तपाइँले चाहे अनुसारको सन्तुलित कोठा व्यवस्था, दिशा–अनुसारको कोठा निर्माण, र ऊर्जा वहावको सन्तुलन नहुन सक्छ । वास्तु अनुसार, यदि जग्गा अगाडिबाट साँघुरो र पछाडिबाट फराकिलो छ भने, त्यसलाई धन वृद्धि हुने संकेतको रूपमा लिइन्छ । तर यदि पछाडिबाट साँघुरो छ भने, धननाश र अशान्तिको सूचक मानिन्छ । त्यसैले यस्ता आकारहरूको गहिरो मूल्याङ्कन गरेर मात्र जग्गाको छनोट गर्न वास्तु शास्त्रले सुझाव दिने गरेको छ ।  


जसले आकार नमिलेको जग्गा (Irregular shaped plot)किनिसकेका छन् वा त्यसमा घर बनाउने योजना बनाइरहेका छन्, उनीहरूले वास्तु समन्वयका उपायहरू अपनाउनु अनिवार्य हुन्छ । उदाहरणका लागि, कम्पाउण्ड वाल प्रयोग गरी जमिनलाई सन्तुलित बनाउने, अनुपयुक्त कोणहरूमा बगैँचा वा खुला क्षेत्र राख्ने, तथा भवनको मुख्य संरचना वर्ग वा आयताकार ढाँचामा राख्ने सल्लाह दिइन्छ । यसो गर्दा, अनियमित जमिनको नकारात्मक प्रभावलाई न्यून गर्न सकिने विश्वास छ । आकार नमिलेको जग्गा हेर्दा सस्तो र आकर्षक देखिन सक्छ, तर दीर्घकालीन फाइदाको दृष्टिकोणले हेर्दा यस्तो जग्गा टाढै रहनु उत्तम हुन्छ । यदि यस्तै जग्गामा घर निर्माण अनिवार्य छ भने, वास्तु अनुकूल निर्माण योजना बनाउन उपयुक्त हुन्छ । 

. विधुत  प्रशारण लाइन भएको क्षेत्र 

घर निर्माणको क्रममा स्थल चयन गर्दा एउटा अत्यन्त संवेदनशील तर नजरअन्दाज गरिने पक्ष हो—उच्च भोल्टेजको लाइन । नेपालमा निर्माण कम्पनी हरूले सबैभन्दा धेरै चेतावनी दिने क्षेत्र यही हो ।विधुत प्रशारण लाइनको नजिक रहेको भू–भाग । वास्तु शास्त्र र आधुनिक विज्ञान दुवैका दृष्टिकोणले हेर्दा उच्च भोल्टेजको विद्युत लाइन नजिक घर निर्माण गर्नु  उपयुक्त मानिँदैन । यस्तो प्रशारण लाइन भएको क्षेत्रको जग्गामा घर बनाउँदा दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउन सक्छ । यस्तै कतिपय क्षेत्रमा तपाइँले आवश्यकता अनुसार घरको तला थप्न पाउनुहँदैन । वास्तुशास्त्र अनुसार, घरको वातावरण प्राकृतिक ऊर्जा सन्तुलनमा आधारित हुनु आवश्यक छ । प्रशारण लाइन नजिक हुने घरमा ध्यान केन्द्रीत गर्न कठिन हुन्छ, बालबालिकाको अध्ययनमा प्रभाव पर्न सक्छ, र कार्यक्षमता कमजोर हुन सक्छ । 

भौतिक दृष्टिकोणले पनि यस्तो स्थानमा घर बनाउँदा सम्भावित दुर्घटनाहरूको जोखिम रहन्छ । विद्युत लाइनबाट हुने स्पार्क,ब्रेक्डाउन  , वा मौसमजन्य क्षति घरको सुरक्षाका लागि गम्भीर चुनौती बन्न सक्छ । विशेषगरी आँधी, हुरी, वा भिषण वर्षाको समयमा यस्तो प्रशारण लाइन नजिकको भवनमा आगलागी वा करेन्ट प्रवाहको खतरा पनि देखिन्छ । यस्तो जोखिमपूर्ण स्थानमा घर निर्माण गर्न दीर्घकालीन रूपमा असुरक्षित हुन्छ । विद्युत लाईन भएको क्षेत्रमा बनेका घरहरुमा करेन्ट प्रवाह हुँदा व्यक्तिको ज्यानै जाने गरेका समेत खबर बेला बखत आइरहेका हुन्छन् । सो बाट पनि तपाइँले यस्तो क्षेत्रको जग्गा कति सुरक्षीत छ भन्ने बुझ्न सक्नुहुन्छ । यस्तो क्षेत्रका जग्गामा कहिलेकाँही बिजुलीको तर लत्रिएको अवस्थामा पनि भेटिन सक्छ । यदि तपाइँ त्यस्तो अवस्थाको तरसँग सम्पर्कमा पुग्नुभयो वा छुनुभयो भने करेन्ट लाग्छ ।  


यदि कुनै कारणवश प्रशारण लाइन नजिकको भू–भागमा घर बनाउनु आवश्यक छ भने, वास्तुशास्त्रले केही सुधार उपायहरू पनि सुझाउँछ । उदाहरणका लागि, मुख्य संरचना र प्रशारण लाइनबीच पर्याप्त दूरी कायम राख्ने, घरमा ताम्र–तार वा क्यापर प्लेट जडान गरेर नकारात्मक तरंग हटाउने उपाय अपनाउन सकिन्छ । तर सबैक्षेत्रमा यो सम्भव नहुन पनि सक्छ ।  घरनिर्माण एक दीर्घकालीन लगानी हो, जहाँ मानसिक शान्ति, स्वास्थ्य र सुरक्षा प्राथमिकतामा पर्नु पर्छ । त्यसैले विद्युत प्रशारण लाइनको नजिक रहेका भू–भागहरूलाई वास्तुशास्त्रले असहज मान्दछ, र सकेसम्म त्यस्ता स्थानहरूबाट टाढा रहने सल्लाह दिन्छ ।

 ४. खोलाको किनार क्षेत्र 

वास्तुशास्त्रमा जल स्रोतलाई शक्ति, समृद्धि, र शुद्धताको प्रतीकको रूपमा लिइन्छ । खोलाको किनारमा अवस्थित जमिनले प्राकृतिक सौन्दर्य, शान्त वातावरण, र शीतलता प्रदान गर्ने  गुण राख्दछ । यद्यपि, खोलाको बहावको दिशा, दूरी, र भू–आकृति वास्तुशास्त्र अनुसार उपयुक्त नहुँदा यस्तो स्थान जीवनका लागि समस्याजनक पनि बन्न सक्छ । वास्तु अनुसार, यदि खोलाको बहाव उत्तर वा पूर्व दिशातर्फ भएको छ भने, त्यो भू–भाग शुभ मानिन्छ । 

खोलाको किनारमा घर निर्माण गर्दा वास्तु मात्र होइन, भौगोलिक र वातावरणीय जोखिम पनि विचार गर्नु पर्छ । यस्ता स्थानहरूमा बाढीको जोखिम अधिक हुन्छ । बर्खायाममा खोला बढ्ने अवस्था सिर्जना हुँदा घरको संरचनामा क्षति पुग्न सक्छ, जसले परिवारको सुरक्षामा खतरा पुर्याउछ। थप रूपमा खोलाको आसपासको जमिन प्रायःगीला,कमजोर, वा अस्थिर हुने हुँदाजग निर्माणमा विशेष सावधानी अपनाउनु आवश्यक हुन्छ । कमजोर जमिनले घरको बलियो आधार बन्न दिँदैन, जसले भूकम्प वा भू–स्खलन जस्ता प्राकृतिक आपतहरूमा जोखिम बढाउँछ । वास्तुशास्त्र अनुसार खोलाको किनारमा घर बनाउनुपरेमा केही समाधान अपनाउन सकिन्छ । जस्तै—घरको मुख्य प्रवेशद्वार खोलाबाट टाढा राख्ने, दक्षिण वा पश्चिम दिशातर्फ पर्खाल वा भारी संरचना राखेर ऊर्जा सन्तुलन कायम गर्ने , तथा निर्माण पूर्व भू–परीक्षण गराउने । यसबाहेक, जलनिकासको व्यवस्था राम्रो गर्नु , घरको उचाइ खोलाको सतहभन्दा बढी राख्नु, र निर्माण सामग्री पानी–रोधक हुनु पनि अत्यावश्यक हुन्छ । 

यसरी खोलाको किनार क्षेत्रले धेरै आकर्षण देखाए पनि, दीर्घकालीन सुरक्षाको दृष्टिकोणले हेर्दा सोच–विचारपूर्वक निर्णय लिनुपर्छ । वास्तुशास्त्रले कहिल्यै पनि प्राकृतिक जोखिमसहितको स्थानमा घर बनाउने सल्लाह दिँदैन । खोलाको दिशानुसार ऊर्जा प्रभाव, वातावरणीय स्थायित्व, र सुरक्षाका उपायहरूको समुचित अध्ययन नगरीकन खोलाको किनारमा घर बनाउनु बुद्धिमानी हुँदैन। त्यसैले, यस्तो स्थानमा घर बनाउनुभन्दा अघि वास्तुशास्त्र र इन्जिनियरिङ सल्लाह दुवै लिनु अनिवार्य हुन्छ । 

६. राजकुलो   
काठमाडौं  उपत्यका लगायतका विभिन्न ऐतिहासीक क्षेत्रमा घर बनाउँदा थप सतर्कता अपनाउनुपर्ने  हुन्छ । ऐतिहासिक सम्पदाका रुपमा रहेका विभिन्न क्षेत्रमा रहेका राजकुलो, साना खोलाहरुमा झन् विशेष सावधानी अपनाउनुपर्दछ । पानीको निकासका लागि बनाइएको राजकुलो क्षेत्रलाई अतिक्रमण गरि कुनैपनि घर संरचना बनाउन रोक लगाइएको छ । सिंचाइ लगायतका विभिन्न प्रयोजनका लागि पानीको मुहानबाट आवश्यक स्थानसम्म विस्तार गरिएको कुलोको भागलाई राजकुलो भन्ने गरिन्छ । 


तराई क्षेत्रमा समेत कतिपय जिल्लामा नहर क्षेत्रबाट स्थानीय मापदण्ड अनुसार घर संरचना निर्माण गर्नु पर्दछ । यस्तो मापदण्ड स्थान विशेषअनुसार फरक फरक पनि हुन सक्छ । पानीको निकास राम्रोसँग हुन नसक्दा बाढीको जोखिम समेत हुन सक्छ भने बाढीपछि प्रभावित क्षेत्रमा विभिन्न प्रकारका रोगको संक्रमण समेत फैलने जोखिम बढ्छ । यसरी गलत स्थानको छनोट गरि घर निर्माण गर्दा तपाइँको लागनी गतल ठाउँमा प्रयोग हुनसक्छ । यस्तै भौतिकसँगै विभिन्न स्वास्थ्य समस्याको समेत सामना गर्नु पर्ने  सम्भावना रहन्छ ।  

६.पहिरोको जोखिम भएको क्षेत्र 
घर निर्माणस्थल चयन गर्दा सबैभन्दा खतरनाक क्षेत्रहरू मध्ये एक हो—पहिरोको जोखिम भएको भू–भाग   मक ऊर्जाको प्रवाहलाई अत्यन्तै महत्व दिन्छ । पहिरोको जोखिम भएका क्षेत्रमा यी सबै तत्वहरू गम्भीर रूपले बाँधिएका हुन्छन् । यस्तो भू–भागमा घर बनाउने निर्णय ले जीवन, सम्पत्ति, र मानसिक सन्तुलनमा दीर्घकालीन नकारात्मक प्रभाव पार्न सक्छ । त्यसैले तपाइँले घर निर्माणको योजना बनाउँदा यस्ता विषयबारे स्पष्ट हुन जरुरी छ ।

पहिरो हुने क्षेत्रहरू प्रायः भिरालो, कमजोर जमिन भएका, तथा वर्षामा अत्यधिक पानी बहाव हुने भू–भागहरू हुन्छन् । यस्ता ठाउँमा जमिनको तल्लो भागमा निर्माण गरेमा पानी र माटोको बहावले घरको जगै खिइदिन्छ । भूकम्प, भारी वर्षा, वा प्राकृतिक क्षरणले अचानक पहिरो आउन सक्छ, जसले मानवीय क्षति मात्र होइन, आर्थिक रुपमा पनि ठूलो नोक्सानी पुर्याउछ  । वास्तुशास्त्रले यस्तो भू–भागमा ‘अस्थिर भूमि’ को संज्ञा दिएको छ, र यस्तो स्थानमा घर बनाउन पूर्ण रूपमा निषेध गरेको छ ।
 वास्तु अनुसार, घर बनाउने जमिन स्थिर, बलियो, र सुरक्षित हुनु आवश्यक हुन्छ । पहिरो सम्भावित स्थानमा यस्तो स्थिरता हुँदैन। त्यहाँ सकारात्मक ऊर्जा सन्तुलित रूपमा प्रवाह गर्न सक्दैन, जसले घरमा बस्ने व्यक्तिहरूमा निरन्तर तनाव, डर, असुरक्षा, र मानसिक अस्थिरता पैदा गराउँछ । यस्तो भू–भागमा बसोबास गर्दा तपाइँ र तपाइँको परिवारका सदस्य मानसिक रूपमा कमजोर, असन्तुलित, र आर्थिक समस्याको सिकार बन्ने सम्भावना उच्च हुन्छ   

यदि पहिरोको जोखिम भएको भू–भागमा कुनै कारणले निर्माण गर्नै पर्ने  अवस्था आएमा, विशेष सुरक्षा उपायहरू अनिवार्य हुन्छन् । जस्तै—माटोको मजबुती परीक्षण, रिटेनिङ वाल निर्माण, गहिरो र बलियो जग बनाउने, पानीको निकासको उचित व्यवस्था गर्ने , तथा संरचनालाई पहिरोबाट टाढा राख्ने जस्ता कार्यहरू गर्नु पर्छ । यद्यपि यी उपायहरूले पूर्ण सुरक्षा ग्यारेन्टी गर्न सक्दैनन्, त्यसैले वास्तुशास्त्र सधैँ यस्ता स्थानहरूबाट टाढा रहन सल्लाह दिन्छ । 

निष्कर्षमा, पहिरोको जोखिम भएको भू–भागमा घर निर्माण गर्नु  भनेको प्रकृतिसँग सीधा टकराव गर्नु  हो । यस्तो जोखिमपूर्ण निर्णय जीवन र समृद्धिको मार्गमा बाधक बन्न सक्छ । वास्तुशास्त्रको मूल मर्म नै शान्त, सुरक्षित, र ऊर्जावान जीवन हो, र त्यसका लागि यस्ता स्थानहरूबाट जोगिनु अत्यावश्यक हुन्छ । 

 . माटो परिक्षण र महत्व  
घर बनाउने सोच सुरू गर्दा धेरैजसो मानिसले नक्सा, ईट्टा, ढु ंगामाटो वा ढलानको कुरा गर्छन् । तर घर सुरक्षित बनाउनको लागि पहिलो र आधारभूत काम भनेको माटो परीक्षण हो । माटो परीक्षण नगरेमा घरको जग कमजोर पर्न सक्छ, जसले गर्दा ठूलो क्षति हुन सक्छ । बलियो माटो नभएर घर बस्ने क्रममा जग भासिन सक्छ, पर्खालमा चिरा आउन सक्छ वा ठूलो भूकम्पमा सम्पूर्ण भवन ढल्न सक्छ । परीक्षणमार्फत माटोको बल, घनत्व, पानीको मात्रा, जैविक पदार्थ, 
बालुवा, र दूषित पदार्थहरूको बारेमा जानकारी पाइन्छ । यदि माटोमा हानिकारक रासायनिक वा धातु पदार्थ (जस्तै आर्से निक, सिसा) छन् भने त्यस्ता माटो बसाइका लागि सुरक्षित हुँदैनन् । त्यसैले माटो परीक्षणले घर मात्र नभई त्यहाँ बस्ने मानिसहरूको जीवन पनि सुरक्षित राख्छ ।


८. कसरी हुन्छ माटो परीक्षण?
माटो परीक्षण प्राविधिक वा जियोटेक्निकल इञ्जिनियरले साइटबाट नमुना लिएर गर्छन् । परीक्षणले माटोको प्रकार र त्यसले कति भार थेग्न सक्छ भन्ने कुरा देखाउँछ । यस आधारमा घरको जग कस्तो राख्ने भन्ने योजना बनाइन्छ । यदि माटो बलियो छ भने साधारण जग पर्याप्त हुन्छ, तर कमजोर वा चिपचिपो माटो भएमा विशेष प्रविधि अपनाउनुपर्छ । परीक्षणले पिलर राख्ने गहिराइ, जगको चौडाइ, र निर्माण सामाग्री छनोटमा पनि सहयोग गर्छ । साथै, माटो परीक्षण गरेर जमिनमा पानीको सतह कहाँ छ भन्ने थाहा पाइन्छ, जुन कुरा घरको भुइँतलाको योजना बनाउन महत्वपूर्ण हुन्छ ।

  ९.माटो परीक्षण नगर्दा हुने समस्या

    नेपालजस्तो भूकम्प सम्भावना भएको देशमा माटो परीक्षण अझै आवश्यक छ । भूकम्पले माटो कमजोर बनाएर तरल जस्तो बनाउन सक्छ, जसले गर्दा भवन तुरुन्तै भासिन सक्छ । माटो परीक्षण नगरी घर बनाउँदा केही वर्षमै घरको पर्खालमा चिरा देखिन सक्छ, ढलान फुट्न सक्छ । यस्तो अवस्थामा लाखौँ रुपैयाँ खर्च गरेर बनाएको घर आफैँ जोखिम बन्न सक्छ । परीक्षण गर्दा सुरुवाती चरणमै सानो खर्च लाग्छ, तर यसले भविष्यमा हुने ठूलो क्षति र मर्मत खर्चलाई बचाउँछ । त्यसैले “माटो परीक्षण नगरी घर बनाउनु भनेको अँध्यारोमा खुट्टा टेक्नु जस्तै हो ।” सुरक्षित र दिगो घर बनाउन माटो परीक्षण अनिवार्य छ 

    १०.  बुझ्नै पर्ने  मुख्य बुँदाहरूः 

          1.    माटोमा भएको पानी र खनिज पदार्थको स्तर थाहा पाइन्छ ।
          2.    दूषित वा हानिकारक माटो भए हटाउन वा सुधार गर्न सकिन्छ ।
          3.    कमजोर माटोमा सुधार प्रविधि अपनाएर बलियो बनाउन सकिन्छ ।
          4.    परीक्षण नगरे घर भासिने, चिरा पर्ने  वा ढल्ने खतरा हुन्छ ।
          5.    यसले निर्माण खर्च, समय र सामग्री छनोटमा सही निर्णय गर्न मद्दत गर्छ ।
          6.   प्रारम्भमै सानो खर्चले भविष्यमा ठूलो जोखिमबाट जोगाउँछ ।
          7.  माटो परीक्षणले माटोको बल र क्षमता पत्ता लगाउँछ ।



        1. Frequently Asked Questions

          1. घर बनाउने ठाउँ छान्दा किन यति धेरै सावधानी अपनाउनुपर्छ?
          घर बनाउने ठाउँले घरको सुरक्षा, स्थायित्व र भविष्यको खर्चलाई सिधै असर गर्छ। गलत स्थानमा घर बनाउँदा भासिने जग, बाढी, पहिरो, वा विद्युत जोखिम जस्ता समस्या देखिन सक्छन्। त्यसैले सुरुमा नै सही निर्माणस्थल छनोट गर्नु दीर्घकालीन रूपमा फाइदाजनक हुन्छ।

          2. भिरालो जग्गामा घर बनाउनु सुरक्षित हुन्छ कि हुँदैन?
          भिरालो जग्गामा घर बनाउँदा पानीको बहाव, पहिरो र जग कमजोर हुने जोखिम हुन्छ। यस्तो ठाउँमा घर बनाउन विशेष इन्जिनियरिङ समाधान र रिटेनिङ वाल आवश्यक पर्छ, जसले लागत पनि बढाउँछ। सकेसम्म भिरालो जग्गा घर निर्माणका लागि टार्नु राम्रो मानिन्छ।

          3. आकार नमिलेको जग्गामा घर बनाउँदा के समस्या आउन सक्छ?
          आकार नमिलेको जग्गामा कोठा व्यवस्थापन, दिशाअनुसार डिजाइन र ऊर्जा सन्तुलन मिलाउन गाह्रो हुन्छ। वास्तु अनुसार यस्तो जग्गामा बनेको घरले दीर्घकालीन रूपमा मानसिक र आर्थिक समस्या निम्त्याउन सक्छ। आवश्यक परेमा वास्तु सुधार गरेर प्रभाव घटाउन सकिन्छ।

          4. विद्युत प्रशारण लाइन नजिक घर बनाउनु किन जोखिमपूर्ण हुन्छ?
          उच्च भोल्टेज लाइन नजिक घर बनाउँदा करेन्ट लाग्ने, आगलागी हुने र स्वास्थ्यमा असर पर्ने सम्भावना रहन्छ। आँधी–हुरी वा वर्षामा दुर्घटनाको जोखिम झनै बढ्छ। त्यसैले नेपालमा निर्माण कम्पनीहरूले यस्तो क्षेत्रबाट टाढा रहन सल्लाह दिन्छन्।

          5. घर बनाउनु अघि माटो परीक्षण किन आवश्यक हुन्छ?
          माटो परीक्षणले जमिन कति बलियो छ र कति भार थेग्न सक्छ भन्ने जानकारी दिन्छ। परीक्षण नगरी घर बनाउँदा जग भासिने, पर्खाल चिरा पर्ने वा भूकम्पमा ठूलो क्षति हुने जोखिम हुन्छ। सानो खर्चमा ठूलो जोखिमबाट जोगिन माटो परीक्षण अनिवार्य मानिन्छ।