निर्माण सम्बन्धी मापदण्ड

Published on: Nov 16, 2025


निर्माण सम्बन्धी मापदण्ड

1. पृष्ठभूमि:

हाल नेपालमा ५८ वटा नगरपालिकाहरु छन्। तीमध्ये नयाँ भवनहरुको नक्सा पास गर्दा लागू हुने भवन नियमावली ८ वटा नगरपालिकामा मात्रै तर्जुमा भएको छ। तिनमा पनि भवन निर्माण मापदण्ड, भवन नियमावली, भवन संहिताको कार्यान्वयनमा एक रुपता छैन। यसले देखाउँछ कि अधिकांश नगरपालिकामा मापदण्ड नभएको वा अपर्याप्त छ।भौतिक विकास, योजना, मापदण्ड तथा नियमावलीको अभावमा यस्ता नगरपालिकाहरुमा द्रुत सहरीकरणले अन्ततः अस्तव्यस्त र खतरापूर्ण अवस्था निम्त्याउँछ। त्यसैले यस्ता नगरपालिकामा स्वच्छ, स्वस्थ, दिगो तथा बस्नयोग्य नेपाली घर र शहरी वातावरण निर्माण गर्न वैज्ञानिक आधारमा तयार गरिएका भवन निर्माण मापदण्ड आवश्यक छन्। सहरी विकास मन्त्रालयले यस कारणले मापदण्डको नमूना तर्जुमा गरेको हो। प्रस्तावित नमूना मापदण्डले देशका सबै नगरपालिकालाई आफ्ना मापदण्ड तयार गर्न मार्ग निर्देशन गर्नेछ। यसको मुख्य उद्देश्य स्वच्छ, हराभरा, स्वस्थ र दिगो सहरी वातावरण सिर्जना गर्दै नेपाली घर निर्माणलाई भवन ऐन तथा नियमावली अनुरूप सुनिश्चित गर्नु हो।



२. भवन ऐन, संहिता, तथा नियामावली:

“भवन ऐन २०५५ “ नेपाल राजपत्रमा २०५५ असार १८ गते प्रकाशन भएतापनि २०६२ साल फागुन १ गते राजपत्रमा सूचना प्रकाशन भई क्षेत्र निर्धारण भएपछि मात्र यो ऐन औपचारिकरुपमा रुपमा कार्यान्वयन भएको थियो । क्षेत्र निर्धारण सम्बन्धी सूचना अनुसार यो ऐन ४२ वटा न. पा. क्षेत्र, जिल्ला सदर मुकाम भएका २८ वटा गा.वि.स. क्षेत्र, न.पा र सदरमुकाम बाहेकका२१ वटा गा.वि.स. तथा काठमाडौं उपत्यका भित्रका ७७ गा.वि.स.हरुमा यो ऐन लागू गर्ने गरी क्षेत्र निर्धारण गरिएको थियो । यस ऐनको दफा ९ मा उल्लेख गरिए अनुसार राष्ट्रिय भवन संहिता २०६० नेपाल सरकार मन्त्रीपरिषद्बाट २०६० श्रावण १२ मा स्वीकृत भई नेपाल सरकारको श्रोतबाट निर्माण हुने भवनहरुमा तत्कालै लागू गर्ने समेत निर्णय भएको थियो । त्यस्तै तत्कालीन स्थानीय विकास मन्त्रालयको मिति ०६०।९।७ को निर्णयानुसार स्थानीय स्वायत्त शासन ऐन २०५५ र स्थानीय स्वायत शासन नियमावली २०५६ सँग नबाझिने गरी भवन निर्माणको नक्सा पास गर्दा निर्माण सम्बन्धी मापदण्डका अतिरिक्त नेपाल सरकारबाट स्वीकृत भवन संहिता समेतलाई ध्यानमा राखी नक्सा स्वीकृत गर्ने व्यवस्था गर्ने गराउने भनी सबै स्थानीय निकायहरुलाई परिपत्र गरिएको थियो । यस प्रकार राष्ट्रिय भवन संहिता तत्काल लागू गर्ने निर्णय भए अनुसार कतिपय नगर पालिकाहरुले नगरपरिषदबाट निर्णय गराई कार्यान्वयन गर्दै आएको अवस्था छ । स्थानीय निकायबाट भवन निर्माणको नक्सा पास गर्न सहजीकरण गर्ने उद्देश्य राखी मन्त्रीपरि षद्को२०६६ मंसीर २५ गतेको निर्णयबाट भवन नियमावली २०६६ स्वीकृत गरेको छ । यस नियमावलीमा भवन ऐन अनुसार नक्सा पास गर्दा अवलम्बन गर्न‘पर्ने विधिहरुलाई प्रष्ट्याइएको छ ।

भवन ऐन २०५५ को दफा ८ अनुसार भवनलाई चारवटा वर्गमा विभाजन गरिएको छ ।

“क वर्ग“:  विकसित मुलकमा अपनाइएका भवन संहिता समेतको अनुसरण गरी इन्टरनेसनल स्टेट अफ आर्टमा आधारित हुने गरी बनाइने अत्याधुनिक भवनहरु ।

“ख वर्ग”:  प्लीन्थ एरिया एक हजार वर्ग फिट भन्दा बढी, भुँइतल्ला सहित तीन तल्ला भन्दा बढी, वा स्ट्रक्चरल स्पान चार दशमलव पाँच (४.५) मीटर भन्दा बढी भएका भवनहरु ।

“ग वर्ग”:  प्लीन्थ एरिया एक हजार वर्ग फिट सम्म, भुँइतल्ला सहित तीन तल्लासम्म वा स्ट्रक्चरल स्पान चार दशमलव पाँच(४.५) मीटर सम्म भएका भवनहरु ।

“घ वर्ग”:  खण्ड (क), (ख) र (ग) मा लेखिए देखी बाहेकको काँचो वा पाको इटा, ढुंगा, माटो, बाँस, खर आदि प्रयोग गरी दुइ तल्ला सम्म बनाइने साना घर छाप्राहरु ।

माथि उल्लेखित चार वर्गका भवनहरुमा आधारित भई राष्ट्रिय भवन संहितालाई पनि चार किसिममा विभाजन गरिएको छ र प्रत्येक किसिमका लागि बेग्ला बेग्लै संहिताहरु तयार गरिएका छन् । भवन संहिता प्राविधिक दस्तावेज भएकोले यसमा भवनको सुरक्षा अर्थात स्ट्रक्चरल से फ्टीका लागि अवलम्बन गर्नुपर्ने सम्पूर्ण विधीहरु नक्सामा खुलाई नाप समेत राखी खुलाइएको छ । जम्मा २३ वटा खण्डहरु भएको भवन संहिता निम्न बमोजिम तयार गरिएको छ ।

क वर्गका भवनका लागि : एन. बी. सी. ०००

ख वर्गका भवनका लागि :  एन. बी. सी. १०१ देखि ११४ सम्म, एन. बी. सी. २०६, २०७ र २०८

ग वर्गका भवनका लागि : एन. बी. सी. २०१, २०२ र २०५

घ वर्गका भवनका लागि :  एन. बी. सी. २०३ र २०४

यी वर्गहरूमा आधारित राष्ट्रिय भवन संहिता चार प्रकारका बनेका छन्। प्रत्येक वर्गका लागि आवश्यक संहिताहरू लागू गरिएका छन्। यसले नेपाली घर निर्माणमा सुरक्षा र स्ट्रक्चरल स्थायित्व सुनिश्चित गर्दछ।

३. भवन निर्माण मापदण्डको परिचय: 

साधारणतः भवन निर्माण मापदण्ड भन्नाले स्थानीय निकाय वा सहरी क्षेत्र हेर्ने विभागहरुले आफ्नो गुरुयोजनामा वा भौतिक विकास योजनामा आत्मसाथ गरिएको सोचाइ तथा दूरदृष्टिसँग मिल्दो किसिमले सहरी विकासलाई परिचालित गर्ने तथा भवनको बनावटको सुरक्षा, सरसफाइ तथा स्वस्थ वातावरण सुनिश्चित गर्ने उद्देश्यले सामान्यतया तयार गरिएको विनियमहरुलाई बुझाउँछ । यसले मुख्यतः कस्ता भवनहरुको योजना तयार गर्ने निर्माण गर्ने, निर्माण गर्न चाहने नगरबासी वा निर्माणकर्ताले कुनै सहरी जग्गामा कस्ता भवनहरु निर्माण गर्न सक्छन् भन्ने बारे निर्देशित सिद्धान्तहरु प्रतिपादन गर्दछ । साथै भवन निर्माण अनुमति प्राप्त गर्नका लागि दरखास्त दिन संलग्न गर्नुपर्ने आवश्यक दस्तावेज तथा नक्शाहरु, सम्पादन गर्नु पर्ने कार्यहरु, प्रमाणीकरणका प्रकृयाहरु, निरीक्षण / अनुगमनका प्रकृयाहरुको सूची पनि यसमा समावेश हुने गर्दछ। स्वीकृत भू–उपयोगहरु तथा दूरगामी सोच अनुरुप विकासको प्रकृति तथा प्रभाव समावेश भएको गुरु योजना / विकास योजना समेतले भवन निर्माण मापदण्डको पूरकको रुपमा काम गरेको हुन्छ।

४. भवन निर्माण मापदण्डको औचित्य:

सुरक्षालाई सुनिश्चित गर्न र जनस्वास्थ्यलाई संरक्षण गर्न सहरको विकासमा उपयुक्त नियन्त्रण गर्ने विधी हो । पवन मापदण्डको प्रमुख कार्य योजनावद्ध विकासलाई सुनिश्चित गर्न वास्तुकलाको संवद्र्धन् तथा संरक्षण गर्न, नाफा अधिकतम गर्ने घरजग्गाधनीहरुको लोभ लालसाको कारणको साथै जनसंख्या बृद्धि, बसाईसराई र आर्थिक मिल्दो जुल्दो सहरी विकासलाई सुनिश्चित गर्न सहरी योजनाविदहरू तथा प्रशासकहरूले पहिल्याएको मार्ग सहरी क्षेत्रमा अस्तव्यस्तताको अवस्था सृजना भएको छ । जनताको कल्याणकारी आवश्यकताहरुसंग सहरी योजना हो जसले विकास प्रकृयालाई संचालीत गर्छ र योजनाबद्ध विकास हुन प्रोत्साहन गर्छ । यस्ता प्रावधानलाई औपचारिक रुपमा भवन निर्माण मापदण्ड भनी सम्बोधन गरिन्छ । भवन निर्माण मापदण्ड किन आवश्यक छ, यसको औचित्यलाई पुष्टयाई गर्ने आधारहरु निम्नानुसार लेख्न सकिन्छ ।

(क) व्यवस्थित सहरको आधारः कुनै सहर वा बजारक्षेत्रलाई व्यवस्थित बनाउनको लागि यो जनाबद्ध विकासको गुरुयोजना वा त्यस्तै प्रकारको प्रतिकात्मक योजनाहरु आवश्यक हुन्छ । यस्ता योजनाले त्यस सहरको आवश्यकतालाई संबोधन गर्ने गरी भविष्यमा सहरको स्वरुपको समेत परिकल्पना गरिएको हुन्छ । यस परिकल्पनालाई लागू गर्नका लागि कानूनी आधार भने को मापदण्ड नै हो किन भने मापदण्डले सहरको योजनालाई लागु गर्नका लागि विभिन्न प्रावधानहरुको व्यवस्था गरेको हुन्छ । त्यस्तो प्रावधान पालन नगर्ने व्यक्ति वा संस्था कानून बमोजिम दण्डित हुन सक्छ ।

(ख) सहरी वातावरणको संरक्षण र संबद्र्धनः मापदण्डमा सहरले परिलक्षित गरेका भूउपयोग तथा हरियाली क्षेत्र, नदी किनारा, सार्वजनिक स्थल आदिको संरक्षण गर्नका लागि विभिन्न प्रावधानहरु राखिएको हुन्छ । यस प्रकारको प्रावधानको पालनाले सुन्दर र स्वच्छ सहरको लक्ष्य हासिल गर्नसकिन्छ । सहरी जीवनलाई स्वस्थ, स्वच्छ र सुन्दर बनाउनका लागि मापदण्डको पालना गर्नु एउटा अति महत्वपूर्ण पक्ष हो ।

(ग) वास्तुकला र सम्पदाको संरक्षणः सहरी संस्कृति त्यहाँको वास्तुकला र ऐतिहासिक तथा पुरातात्विक महत्वका सम्पदाले निर्देशित गरेको हुन्छ। भवन निर्माण मापदण्डमा त्यस सहरको पहिचान झल्काउने वास्तुकलाको स्वरुपलाई कायम राखेर सहरको पहिचानलाई संरक्षण गर्न सकिन्छ । त्यस्तै सहरमा रहेका ऐतिहासिक र पुरातात्विक महत्वका क्षेत्रहरुको संरक्षण सम्बन्धी प्रावधान राखी मापदण्डले सहरी संस्कृति संरक्षण गर्ने कार्यमा महत्वपूर्ण भूमिका खेल्न सक्दछ ।

(घ) सहरी सुरक्षाको प्रत्याभूतिः भवन निर्माणमा आवश्यक सुरक्षाका पक्षहरु जस्तै भवन स्ट्रक्चर को सुरक्षा, आगलागीबाट सुरक्षा आदि सम्बन्धी प्रावधानहरु मापदण्डमा प्रमुख अंग हुन् । त्यस्तै विपद्बाट हुने सुरक्षाका लागि सडकको राइट अफ वे, खुला क्षेत्रको संरक्षण, आवागमन सम्बन्धी प्रावधानहरू, पैदन यात्रुको आवागमनको सहजीकरण आदि सम्बन्धी पक्षलाई मापदण्डमा सम्बोधन गरी मापदण्डमा सहरी सुरक्षालाई सम्बोधन गर्न सकिन्छ । माथि उल्लेख गरिएका मुख्य मुख्य बुँदाहरु लगायत सहरको समष्टिगत विकासको लागि मापदण्डको प्रभावकारी कार्यान्वयनले अहम् भूमिका खेल्न सक्छ भन्ने तथ्य निर्विवाद नै छ ।

५.भवन निर्माण मापदण्डको तर्जुमा र कार्यान्वयनः

भवन मापदण्डको तर्जुमा गर्ने अधिकार स्थानीय निकाय वा नगर विकास समितिमा स्थानीय स्वायत शासन ऐन वा नगर विकास ऐन अनुसार निहित हुने गर्दछ । यस्ता ऐन कानून अन्तर्गत छुट्टै भवन मापदण्ड नभएका सहरी क्षेत्र वा नगर विकास समितिहरुका लागि यस भवन निर्माण मापदण्डले मार्ग दर्शनको भूमिका निर्वाह गर्ने अपेक्षा राखिएको छ । विशेषतः भवन तथा स्ट्रक्चर सम्बन्धी आवश्यकताहरूलाई प्राथमिकता दिई राष्ट्रिय भवन संहिता अन्तर्गतका प्रावधानहरू भवन ऐन अन्तर्गत राखिएको हुन्छ । सहरहरूमा गुरुयोजना÷विकास योजनाहरु, स्थानीय योजनाहरू, भू–उपयोग / विकास तथा भू–विखण्डन विनियमहरू व्यवस्था गरिएको हुन्छ । यस्ता प्रावधानहरू सहरी विकास तथा भवन निर्माण विभागले तयार गरेको भौ तिक विकास योजना वा एकिकृत कार्ययोजनामा आधारित हुन्छन् । यस्ता योजनाले मापदण्डलाई निर्देशित गर्दछ । आधुनिक भवन मापदण्डहरू भवन निर्माण, भूउपयोग योजना, जोनिङ्ग तथा स्ट्रक्चर सम्बन्धी प्रावधानहरू पालना होस् भन्नाको लागि बनाइने भएता पनि स्थानीय स्तरमा तर्जुमा गर्दा व्यावहारिक प्रयोग तथा कार्यान्वयनमा कतिपय कमि कमजोरीहरु देखिन्छन् । यस्ता कमी कमजोरीहरुलाई मापदण्डको प्रावधान पालन नगरी अव्यवस्थित तरीकाले सहर विस्तार तथा भवनसंहिता पालन नगरेका भवनहरुका आधारमा लेखा जोखा तथा मापन गर्न सकिन्छ । सहरी विकास तथा भवन निर्माण विभागले तयार गरेको भौतिक विकास योजना वा एकिकृत कार्ययोजना अनुसार मापदण्ड लागू हुन्छ। यसले नेपाली घर निर्माण र जोनिङ्ग सुनिश्चित गर्दछ।


आवश्यकता भन्दा बढी नियन्त्रण र परिवर्तन गर्न नसकिने स्पेशीफिकेशनहरूको आधारमा भवन मापदण्डले भवन निर्माण योजना / जोनिङ्ग तथा स्टक्चर सम्बन्धी आवश्यकताहरूलाई पालना गराउने परिकल्पना गर्नुहँदैन । आवश्यकता भन्दा बढी नियन्त्रणले आर्थिक उत्पादनमा प्रतिकूल प्रभाव पार्दछ । भवन मापदण्ड अन्तर्गतका केही प्रावधानहरू अनुभवि प्राविधिक वा वास्तुकला विज्ञका लागि पनि जटिल हुन सक्दछ । स्पष्टताको अभावमा योजना डिजाइन तयार गर्ने दौरानमा केही प्रावधानहरूको प्रयोगमा अज्ञानताबस नियमावलीको उल्लंघन हुन सक्दछ । यसर्थ भवन मापदण्ड एउटा गतीशील दस्तावेज हो र आवश्यकता अनुसार यसलाई बेला बखतमा परिमार्जन गर्नु पर्दछ । साथै भवन मापदण्डको केही प्रावधानहरूले अदालतले मात्र हेर्न सक्ने दोहोरोपनलाई प्रश्रय दिएको हुन सक्छ । विभिन्न अधिकार सम्पन्न निकायहरुको प्रावधानहरूलाई एकै पल्ट पालना गर्दा प्रत्येकको अधिकार क्षेत्रमा विवाद आउने गर्दछ । कार्यान्वयन चरणमा पनि कतिपय मुद्दाहरू र सरो कारको विषयहरुमा द्वविधा उत्पन्न हुन सक्दछ । विश्वमा प्राविधिको परिवर्तनहरू द्रुतगतिमा भइरहेका छन् । यसले गर्दा आगलागी, दूरसञ्चार यातायात जस्ता कतिपय क्षेत्रहरुमा राखिएका प्रावधानहरू समयानुसार पुरानो काम नलाग्ने हुँदै जाने गर्दछ । कतिपय अन्य व्यावहारिक पक्षहरु छन् जसले गर्दा व्यवहारमा केही प्रावधानहरुलाई भवन मापदण्ड सँग मिलाएर अगाडी बढाउन अप्ठ्यारो हुने गर्दछ । साथै स्थानीय निकायले धेरै विलम्ब नभए सम्म वा कुनै प्राकृतिक विपद नआए सम्म आगलागीबाट सुरक्षा, प्राकृतिक विपद्, सम्पदा तथा सहरी स्वरूपमा चासो राख्नुपर्ने अन्य विषयहरुलाई महसुस गरेको हुँदैन । यस मापदण्डले स्थानीय निकाय तथा नगर विकास समितिलाई आफ्नो अधिकार क्षेत्र भित्र भवन निर्माण गर्ने सम्बन्धी मापदण्ड तर्जुमा गर्न मार्ग निर्देश गर्नेछ भन्ने अपेक्षा राखिएको छ । यस मापदण्डमा खुलाइएका प्रावधानहरु सांके तिक मात्र भएकाले सम्बन्धित नगरपालिका वा नगर विकास समिति वा प्राधिकरणले आफ्नो आवश्यकता अनुसार यसमा उल्लेखित प्रावधानहरुलाई हेरफेर गरी नियमानुसार स्वीकृति गराई लागू गर्नुपर्ने हुन्छ । मापदण्ड लागू गर्दा निम्न पक्षहरुलाई ध्यान दिनु जरुरी हुन्छ: 


(क) भौगोलिक अवस्थितिः सम्बन्धित नगरपालिका वा नगर विकास समिति हिमाल, पहाड वा तराई मधेश कुन भौगोलिक क्षेत्रमा पर्दछ, सोही अनुसार केही प्रावधानहरुमा आवश्यक फेरबदल गर्नुपर्ने हुन्छ ।

(ख) पहिचानः सम्बन्धित सहरको पहिचानको सबल पक्षको बारेमा छलफल गरी तय गर्नुपर्छ । पर्यटकीय सहर वा शैक्षिक सहर वा व्यापारिक केन्द्र वा सेवा केन्द्र आदि मध्ये कुन चाहीँ सबल  । पक्ष हुन सक्छ त्यस सम्बन्धमा नगर क्षेत्रका राजनैतिक दल, बुद्धिजीवी तथा अन्य स्थानीय जनता बीच छलफल गरी तय गर्नु पर्दछ । सहरको पहिचानले मापदण्डको प्रावधानमा धेरै प्रभाव पार्न सक्छ ।

(ग) भौतिक विकास योजना: आवधिक योजनाः विगतमा कुनै अध्ययन गरिएको योजना भए त्यस्ता दस्तावेजलाई अध्यावधिक गरी त्यसमा भएका दूरदृष्टिलाई सम्बोधन गर्ने गरी मापदण्ड तयार गरेमा उक्त सहरको लागि उपयोगी हुन्छ ।

६. महत्वपूर्ण परिभाषाहरू:

यसमा भएका नियमावलीहरुमा विषय वा प्रसंगले फरक अर्थ नलागेमा, परिभाषा प्रत्येक मापदण्डमा उल्लेख गरिए बमोजिम हुनेछ । उपयोग, भू–उपयोग, कभरेज, फ्लोर एरिया अनुपात, सेटब्याक, खुल्ला क्षेत्र, उचाई, घर तल्ला संख्या, आवास इकाइको संख्या, पार्किङ्ग मापदण्ड आदिको सम्बन्धमा सबै प्रकारका भवनहरुको लागि सबैले पालना गर्ने पर्ने योजना÷जोनिङ्ग यो जना, विनियमहरु र त्यसमा समय समयमा गरिएका संसोधनहरू यस धारा अन्तर्गतका भवन मापदण्डका विनियमहरुमा लागू हुनेछ । उपर्युक्त विनियमहरूमा गरिएका सबै परिमार्जन तथा संसोधनहरु यो मापदण्डको अंगको रुपमा समावेश भएको मानिनेछ । केहि मत्वपूर्ण शब्दावलीको परिभाषा निम्नअनुसार छन्ः

“ऐन”:  नगर विकास ऐन २०४५ वा स्वायत्त शासन ऐन २०५५ ।

“प्राधिकरण / नगरपालिका / नगर विकास समिति”:  यसपछि प्राधिकरण/न.पा./न.वि.स भनी सम्बोधन भएको सम्बन्धित विषयमा अधिकार क्षेत्र प्राप्त स्थानीय निकाय वा समिति ।

विभागः भन्नाले सहरी विकास तथा भवन निर्माण विभाग जनाउँछ ।

डिभीजन कार्यालयः भन्नाले विभाग अन्तर्गतको डिभीजन कार्यालय जनाउँछ ।

प्राधिकरण भन्नाले काठमाडौं उपत्यका विकास प्राधीकरण वा त्यस्तै किसिमको एउटा भौगोलिक

सीमाना भित्र रहेको सहरी विकास प्राधिकरण जनाउँछ ।

न.वि.:  नगर विकास ऐन २०४५ अन्तर्गत गठन गरिएको नगर विकास समिति जनाउँछ ।

न.पा.:  न.पा भन्नाले नगरपालिका जनाउँछ ।

भवनको क्षेत्रफलः भवनको सम्बन्धमा क्षेत्रफल भन्नाले भवनको बाहिरी गारो र भवनले ओगटेको गारो समावेश भएको प्लीन्थलेभलमा होरीजेन्टल सेक्सनको क्षेत्रफल भन्ने बुझिन्छ ।

एयरकन्डिसनीङ्ग”:  कुनै ढाकिएको ठाउँको आवश्यकता पूरा गर्न वायुको तापक्रम, उष्णता, सफाई र वितरणलाई एकै पल्ट नियन्त्रणको लागि गरिने प्रशोधन प्रक्रिया ।

“थप तथा / वा परिवर्तन”:  मापदण्डमा भए अनुसार क्षेत्रमा परिवर्तन वा उचाइमा परिवर्तन वा भवनको कुनै भाग हटाउने वा कुनै गारो अथवा त्यसको भाग काट्ने, छेकवार लगाउने कलम, बीम, भूई वा आवत जावतका कुनै पहुँचलाई वन्द वा परिवर्तन गर्ने ।

“सेवा सुविधा”:  सडक, बाटो, खुल्ला क्षेत्र, पार्क, मनोरञ्जन क्षेत्र, खेलमैदान, बगैंचा, खानेपानी, विद्युत आपूर्ति, सडक बत्ती, ढल, सार्वजनिक निर्माण कार्यहरु र अन्य सेवा सुविधा तथा आवश्यक विषयहरुलाई समेत जनाउँछ ।

स्वीकृत भएको”:  गरेको भन्ने बुझिन्छ ।

“बार्दली”:  यस मापदण्ड अन्तर्गत नगर विकास समिति÷प्राधिकरण÷नगरपालिकाले स्वीकृत आउन जान हुने वा वस्न सकिने पारापीट, ह्यान्डरेल, बालुष्ट्रेड समेतको होरीजेन्टल क्यान्टीले भर वा अन्य प्रोजेक्सन ।

“वेसमेन्ट”:  पूर्ण वा आशिंक रुपले जमीन मुनी रहेको भवनको तल्ला ।

“भवन”:  भन्नाले मानव बसोबासको लागि प्रयोगहुने वा नहुने, कुनै पनि उद्देश्यको लागि निर्माण हुने र जुनसुकै निर्माण सामग्रीबाट निर्माण गरिने स्टक्चर यसमा तल दिइएका अनुसार समावेश हुन सक्छ : 

क) जग, प्लीन्थ, गारो, भूई, छाना, चिम्नी, प्लम्वीङ्ग तथा भवन सेवाहरू, जडान गरिएका

प्लेटफर्महरू ।

ख) बरण्डा, बार्दली, कर्नीस, प्रोजेक्शन आदि ।

ग) वनको भागहरु र त्यसमा जडान भएका कुनै कुरा

घ) कुनै जग्गा वा ठाउँलाई घेर्नको लागि बनाइएका गारोहरू, स्टक्चरहरू आदि ।

ब) तरल रासायनिकहरूवा पानी भण्डार गर्न निर्माण गरिएका वा जडान गरिएका ट्याङ्कीहरू, पौडी खेल्ने पोखरीहरू आदि ।

“सभा भवन”:  रमाइलो गर्न, मनोरन्जनको लागि सामाजिक, धार्मिक भ्रमण वा अन्य उद्देश्यहरूको लागि जन समूह भेला हुने भवन वा भवनको भाग । यसमा नाचघर, सिनेमा हल, सभाहलहरू,

सिटीहलहरू, अडिटोरीयम, प्रदर्शनहल, म्यूजियम, शारिरीक व्यायामशाला, रेष्टुरा, खाने बस्ने घरहरु, पुजाकोठाहरू, नाचघर, क्लवहरू, जीमखाना र सडक रेल्वे, हवाइजहाज, पानीजहाज वा अन्य सार्वजनिक यातायातका स्टेशनहरू र मनोरञ्जन स्थलहरू समावेश हुन सक्छ ।

“व्यवसायिक भवन”: व्यवसायिक कारोवार, लेखा अभिलेख राख्ने कार्यालयहरु, बैकहरू, पेशागत फर्महरू, ब्यवसायिक कारोबार र लेखा अभिलेख राख्नमा प्रयोग हुने कुनै भवन वा भवनको 


“बहुतल्ले सवारी पार्किङ्गँ:  दुई वा बढी तल्लाहरू जमीन मुनी वा माथि भएको गाडी 
मोटरसाईकलहरू पर्किङ्ग गरिने भवन

कार्यालय भवनहरूः कार्यालय वा कार्यालय उद्देश्यहरूको लागि वा कार्यालय सहायक कार्यहरूको लागि प्रयोग हुने भवन वा भवनको भाग कार्यालय उद्देश्यहरूमा निम्न लिखित विषयहरु समावेश  हुन सक्छँ:

प्रशासनिक उद्देश्यहरू, सहायक कार्यहरू, रकम कारोवार, टेलिफोन तथा कम्प्युटर अपरेटर आदि सहायक कार्यमा लेखापढी, लेखा रेकर्ड, कागज धुलाउने, टाइपिङ्ग, फाइलिङ्ग, प्रकाशनको लागि  सम्पादन सम्बन्धी कार्यहरू 

विशेष भवनः यसमा निम्न लिखित समावेश हुनेछ 
सभागृह, औधोगिक भवन, थोक व्यापारको लागि प्रयोग हुने भवनहरु, होटेलहरु, छात्रावासहरू, 

पूर्णतः वातावरण अनुकुलित बनाइएका भवनहरू, १५ मिटर भन्दा बडी उचाई भएका भवनहरू र ६०० वर्ग मि। भन्दा बढी क्षेत्रफल भएको घर ।

भण्डार गृहः भण्डारणको लागि प्रयोग हुने भवन वा भवनको भाग । गोदाम घर, कोल्ड स्टोर दवानी डिपो, परिवहन शेड, स्टोर हाउस, सार्वजनिक ग्यारेज, हाँगर, ट्रक टर्मिनल, तवेलाहरू  आदि ।

आवासीय भवनः
साधारण आवासीय प्रयोगमा आउने सुत्ने बस्ने भवन जसमा पकाउने सुविधाहरु
रहेको हुन्छ ।  यसमा एक वा बढी परिवारको बसोवास, अपार्टमेन्ट घरहरु फ्लाटहरु र निजी ग्यारेजहरु समाबेश हुन सक्छ । 

छुट्टै भवनः अन्य भवनहरुले नछोएका गारो तथा छाना भएको र घडेरीको चारै तर्फ खालि जग्गा  भएको भवन । सेमी डिट्याच्ड भवनः यस विनियममा उल्लेख गरिएका तीन साइडमा खुल्ला जग्गा भएको  भवन ।

सेमी डिट्याच्ड भवनः यस विनियममा उल्लेख गरिएका तीन साइडमा खुल्ला जग्गा भएको भवन ।

असुरक्षित भवनः यसमा निम्न लिखित भवनहरु समावेश हुन सक्छँ असुरक्षित स्ट्रक्चर भएको घर अस्वस्थ आवत जावत गर्न पहुँच पर्याप्त नभएको आगलागीको खतरा बढी भएको  रहन  बस्नको लागि खतरापूर्ण  मौजुदा उपयोगका कारणले गर्दा सुरक्षा, स्वास्थ्य वा जनकल्याणामा खतरा भएको (प्रयोगमा नभएको)

नोटः सबै असुरक्षित भवन स्टक्चरहरुलाई सहरी विकास तथा भवन निर्माण विभाग र नगर पालिकाको निर्दे शनमा मर्मत गरी पुनःस्थापना गर्नु  पर्ने छ । यस्ता भवनहरु विरुद्ध कारवाही गर्दा  विभाग नगरपालिकाले अवलम्बन गर्ने  विधिहरु प्रचलित ऐन बमोजिम हुनेछ ।

भवन रेखाः यसले कुनै भवनको प्लिन्थले छुने स्थान वा सडकमा तोकिएको रेखा लाई समेत 
जनाउँछ । 

भवनको उचाईः भवन उचाईको नाप

 १। समतल छाना भएमा सामुन्नेको सडक सतहबाट भवनको सबभन्दा अग्लो भागको टुप्पो सम्म । 

२। स्लोप छाना भएमा बाहिरी गारो र छानाको सतहको मिलन बिन्दुसम्मको उचाई । 

३। सडक सामुन्ने भिरालो भाग भएमा भिरालो भाग तल्लो भाग र टुप्पो भागको मध्य विन्दु सम्मको उचाई ।

क्यानोपीः यसले तल लेखिएअनुसार भएमा लिन्टेलको लेभलसम्म गारो देखि भवनको द्वारसम्मको क्यान्टीलभर प्रोजेक्शनलाई बुझाउँछ ।

 क घडेरी रेखा भन्दा यो वाहिर ननिस्कने गरी राख्ने ।

 ख यसको उचाई जमीनबाट २३ मि। भन्दा कम नराख्ने ।

 ग यसमा कुनै स्ट्रक्चर नराख्ने र माथिल्लो भाग आकाशतर्फ खुल्ला राख्ने ।

चिम्नीः धुँवा तथा अन्य उत्सर्जनहरु खुल्ला हावामा प्रवाह गर्नको लागि गरिने निर्माण। यसमा  चिम्नी पाइप समावेश भएको हुन्छ ।

उपयोग परिवर्तनः स्वीकृति लिएको (नक्सा पास गरेको भन्दा बेग्लै किसिमको उपयोग गर्नु परेमा  सम्बन्धित निकायबाट अनुमति लिनुपर्ने  विधि ।

चोकः खुल्ला ठाउँ पूर्णतः वा आंशिक रुपमा भवनहरुले घेरेको स्थान। चोक जमिन लेभल वा अन्य ले भलमा हुन सक्नेछ ।

ढाकेको क्षेत्र (कभर्ड एरिया): प्लीन्थ लेभलमा भवनले ढाकेको जमीन क्षेत्र । यसमा तल लेखिएको समावेश हुने छैन ।

 क: बगैँचा, इनार तथा सो सम्बन्धी स्ट्रक्चरहरु, नर्सरी, पानी पोखरी स्वीमिङ्गपुल (नढाकिएको त्यस वरीपरिको प्लेटफर्म, खुल्ला धारा भएको, गारोले नघेरेको पानीको फोहोरा ।

 ख: ढल, कल्भर्ट पाइप, कैच पिट, च्याम्बर, गटर आदि तथा कम्पाउण्ड वाल, मूल द्धार, छज्जा, छानाले ढाकेका क्षेत्रहरु वा त्यस्तै अन्य प्रोजेक्सनहरु र माथि तथा कम्तिमा तीन साइडमा खुल्ला  रहेको भँयाङ्ग ।

आगलागी निरोधक ढोकाः केही अवधिको लागि ताप तथा आगलागिको प्रवाहलाई नियन्त्रण गर्न 
निर्माण तथा जडान गरिएको ढोका वा सटर ।

डायम्प प्रँफीङः चिसो तथा ओसीलो जमिनबाट बचाउन वाटर प्रँफीङ रसायनको प्रयोग गर्ने  कार्य 

ड्रँनेजः फोहोर पानी निष्काशन गर्ने  उद्देश्यले निर्माण गरिएको बनोट

ढलः फोहोर पानी निकास गर्ने  उद्देश्यले मैन होल समेत राखी निर्माण गरिएको पाइपलाइनहरुको प्रणाली । यसमा सतह पानीको लागि खुल्ला ड्रँनेज र फोहोर पानी निष्काशनको लागि निर्माण 
गरिएको दुवै हुन सक्छ ।
आवास इकाईः एक परिवारको लागि उपयोग हुने भवन वा सोको भाग ।

अतिक्रमणः स्थानीय निकायको सरकारी जग्गा वा निर्मित सम्पत्तिमा स्थायी अस्थायी रुपमा भोग गर्ने  वा अधिकार जमाउने कुनै पनि कार्य ।

 सूचीकृत इन्जिनियर वा आर्किटेक्टः कुनै पनि स्वीकृत लेआउट प्लान अनुसार १५ मि। उचाई 
सम्मको र एक हेक्टर सम्मको घडेरीको भवन योजनाहरु तयार गर्न अधिकार प्राप्त व्यक्तिको  रुपमा नगर विकास समितिरनगरपालिकाबाट सूचीकृत गरिएको व्यक्ति ।

चारैतिर घेरीएको भर्याङ्गः आगलागी निरोधक गारोहरु तथा ढोकाहरुबाट बाँकी भवनसँग छुटयाइएको भँयाङ भन्ने बुझिन्छ ।

मौजुदा भवनहरुः यस भवन नियमावली लागू हुन अगाडी नगर विकास समिति र नगरपालिकाबाट स्वीकृत रुपमा विद्यमान भवन वा स्ट्रक्चर ।

मौजूदा उपयोगः यस नियमावली लागू हुनअघि सहरी क्षेत्र र नगरपालिकाबाट स्वीकृत भई अधिकृत रुपमा विद्यमान भवन तथा स्ट्रक्चरको उपयोग ।

बाहिरी गारोः अर्को  भवनसँग जोडिएको भएतापनि पार्टीसन वाल नभएको भवनको बाहिरी गारो ।

 निकासः निकास भवनको कुनै तल्ला वा भुईबाट बाटोतर्फ जाने बहीरगमनको माध्यम ।आगलागी तथा र वा आपत्कालीन सूचना प्रणालीः आगलागी हुँदा अलार्म संकेतहरुको प्रवाह तथा 
सूचना दिने, साइरन दिने आदि बजारहरुको व्यवस्थालाई बुझाउँछ ।

फायर लिफ्टः आगलागी वा अन्य आपतको अवस्थामा आगलागी सेवा प्रदायकहरुको लागि प्रयोगमा ल्याइने विशेष प्रकारको लिफ्ट । 

फायर पम्पः उपयुक्त इन्जिन वा मोटर संग जोडिएको पम्पबाट पानी प्रवाह गर्नको लागि बाह्य पावरबाट सन्चालित मेसिन । आगलागि प्रतिरोधक दूरी ९फायर सेपरेसन०ँस् साइटमा रहेको कुनै अन्य भवन वा अन्य साइटको वा सडकको अर्को  साइट वा भवन अगाडीको सार्वजनिक ठाउँको न्युनतम दूरी ।

आगलागी प्रतिरोधक भवनः
उपयुक्त सामग्रीबाट निर्माण गरिएको भवन 
 

भुईँ:  कुनै पनि तल्लाको तल्लो सतह । जमिन सतहको तल्लालाई भुई तल्ला भनिन्छ। त्यसमाथिको  
तल्लालाई पहिलो तल्ला । त्यस पछि दोस्रो तल्ला आदि ।

फ्लोर एरिया अनुपात (फार): सबै तल्लाहरुको कूल क्षेत्रफल र घडेरीको कुल क्षेत्रफलको 
अनुपातः फ्लोर एरिया अनुपात सबै तल्लामा फ्लोर एरीयाको जोड र जग्गाको कुल क्षेत्रफल यस  नियमावली अन्तर्गत समावेश हुनुनपर्ने  क्षेत्रफललाई समावेश गरिने छैन ।

फुटीङः भवनको भार लाई बढी क्षेत्रफलमा वितरण गर्ने  उद्देश्यले इट्टा, ढुँगा वा कंक्रिटले गारो वा कलमको बेशमा निर्माण गरिने जगको इकाइलाई बुझाँउछ ।

जगः स्ट्रक्चरको जमिन सँग जोडिएका भाग जसले यसमाथि आइपरेको भार (लोड) लाई वितरण  गर्दछ ।

निजी ग्यारेजः गाडीरसवारी साधन पार्क गर्न प्रयोग गरिएको भवन वा सोको भाग ।

 कोठाको उचाईः तयारी भूई सतह देखि सिलिङ्ग सम्मको ठाडो दुरी ।

 सार्वजनिक ग्यारेजः निजी ग्यारेजको रुपमा बाहेक नाफाको लागि संचालन हुने सवारी साधनहरुको मर्मत, सर्भिसिङ्ग, उपयोग, वेचविखन, स्टोर गर्न वा पार्क गर्न प्रयोग गरिने भवन वा त्यसको भाग । 
संयुक्त आवास (एपार्टमेन्ट आवास०ँस् दुई वा दुइभन्दा बढी आवास इकाई राखी बनाइएको दुई वा दुईभन्दा बढी तल्ला भएको आवासीय भवन ।

सामूहिक आवासः साझा सेवा सुविधाहरु भएको दुई वा दुई भन्दा बढी आवास इकाइहरु भएको 
एक वा बढी तल्ला भएको निर्मित वा निर्माण हुने भवन ।

आवास योग्य कोठाः
मानव वसोवासको लागि उपयोग गरिएका उपयोगको लागि डिजाईन 
भएको कोठा । यसमा भान्छा कोठा, वाथरुम, लुगा धुने स्थान, भन्डार, करीडर, पूजा कोठा तथा 
साधारणतः प्रयोगमा नआउने ठाउँहरु समावेश हुँदैन ।

 पारापीटः छाना वा भुईँको किनारामा बनाइएको होचो गारो वा रेलिङ ।

अनुमति वा पर्मीटः भवन मापदण्ड अनुसार गरिने विकास निर्माण कार्यको लागि अधिकार  प्राप्त नगर विकास समितिरप्राधिकरण विभाग नगरपालिकाले लिखित रूपमा दिइने औपचारिक 
अनुमति वा अधिकारपत्र ।

 प्लीन्थः सँगैको जमिन सतह र जमिन माथिको भुईँको सतह बीचको स्ट्रक्चरको भाग ।

 प्लीन्थ एरीयाः कुनै तल्ला वा बेसमेन्टको भुई लेभलमा ढाकिएको निर्मित क्षेत्र ।

पोर्चः भवनमा पैदल वा गाडीबाट भवन प्रवेश गर्नका लागि बनाइएका माथि छाना भएको ठाउँ ।

सडकको राइट अफ वेः सडक दुवै तर्फको सीमाना बिचको चौडाई  

लहरे आवास (रो हाउजीङ्ग): अगाडी पछाडी र भवन भित्र मात्र खुल्ला ठाउँ भएको परस्पर जो  डिएका भवनहरुको लहरे समूह

 कोठाको उचाईः तयारी भूई सतह देखि सिलिङ्ग सम्मको ठाडो दुरी ।

सेवा मार्गः सेवा सुविधा पुर्याउने उद्देश्यले घडेरीको अगाडी पछाडी वा साइडमा रहेको सडक  वा गल्ली ।

 सेट बैक रेखाः नगर विकास समितिरप्राधिकरणरनगरपालिकाहरुले अनुमति दिए वाहेक केहि  निर्माण गर्न नपाईने गरि घडेरीको सीमा र नगर विकास समितिरप्राधिकरणरनगरपालिकाले 
निर्धारण गरेका वा गुरु योजनारजोनिङ्ग प्लानले निर्धारण गरेको रेखा ।

झ्यालः ढोका बाहेकको बाहिर खुल्ने भ्यालले आवश्यक वा आंशिक रुपमा प्राकृतिक प्रकाश वा  भेन्टिलेशन वा दुबै भित्री ठाउँमा पुँयाउँछ । आउन जानको लागि झ्यालको प्रयोग हँँदैन । 

जोनिङ्ग योजनाः गुरु योजना भन्दा विस्तृत योजना । यसले गुरु योजना र लेआउट योजनालाई आवद्ध गर्छ । यसमा साइट प्लान, भूउपयोग योजना हुन सक्छ । यसले सार्वजनिक तथा  अर्ध सार्वजनिक भवनहरु र निर्माणहरु, सुविधाहरु, सडक, आवास, मनोरन्जन, उद्योग, ब्यवसाय, बजारहरु, विद्यालयहरु, अस्पतालहरु, खुल्ला क्षेत्रहरुको अवस्थिति दर्शाउँछ । यसले जनसंख्या  घनत्व तथा क्षेत्र हरुको विकासको विभिन्न पक्षहरुको मापदण्ड समेत तोक्न सक्नेछ ।

अर्ध न्यायिक समिति (जुरी): विशेष भवनहरुको स्वीकृतिको लागि र निर्माणको समयमा उठ्ने विवादहरु निराकरण गर्नको लागि जुरीले नगरपालिका इन्जिनियर वा अधिकृतलाई सुझावहरुर सिफारिसहरु दिनेछ । जुरीमा निम्न सदस्यहरु राख्न सकिने छ । आवश्यकताअनुसार र समस्याको  प्रकृति अनुसार अन्य निकायलाई समेत आमन्त्रित गर्न सकिने छ ।
 क.  सडक विभागको प्रतिनिधि (१ जना)
 ख.  खानेपानी तथा ढल निकास विभाग, प्रतिनिधि (१ जना)
 ग .  विद्युत विभाग, प्रतिनिधि (१ जना)
 घ. दूरसञ्चार संस्थान, प्रतिनिधि (१ जना)
 ङ. नागरिक समाजको प्रतिनिधि (१ जना)
 च. नगर विकास समिति वा प्राधिकरणको प्रतिनिधि (१ जना)
 ज. स्थानिय उद्योग वाणिज्य महासंघको प्रतिनिधि (१ जना)
 छ. सहरी विकास तथा भवन निर्माण विभागको प्रतिनिधि (१ जना)


Frequently Asked Questions

1. नेपालमा भवन निर्माण मापदण्ड किन यति आवश्यक मानिन्छ?

नेपालका धेरै नगरपालिकामा अझै स्पष्ट र पर्याप्त भवन निर्माण मापदण्ड नहुनु ठूलो समस्या हो। मापदण्ड बिना द्रुत सहरीकरण हुँदा अव्यवस्थित बस्ती, असुरक्षित भवन, आगलागीको जोखिम, र स्वास्थ्यसम्बन्धी समस्या बढ्ने सम्भावना रहन्छ। भवन निर्माण मापदण्डले घर र सहर दुवैलाई सुरक्षित, व्यवस्थित, र दिगो बनाउने कानुनी आधार दिन्छ। यसले भवनको उचाइ, सेटब्याक, खुल्ला क्षेत्र, सडक पहुँच, पार्किङ, र संरचनात्मक सुरक्षालाई नियन्त्रण गरेर भविष्यमा आउने जोखिम र अनावश्यक खर्च घटाउन मद्दत गर्छ। यही कारणले स्वच्छ, हराभरा र बस्नयोग्य सहरी वातावरण निर्माणका लागि भवन मापदण्ड अनिवार्य मानिन्छ।

2. भवन ऐन २०५५ र राष्ट्रिय भवन संहिता बीच के फरक छ?
भवन ऐन २०५५ कानुनी आधार हो, जसले भवन निर्माण, नक्सा पास प्रक्रिया, र सरकारी निकायको अधिकार क्षेत्र निर्धारण गर्छ। यसको आधारमा राष्ट्रिय भवन संहिता २०६० तयार गरिएको हो, जुन प्राविधिक दस्तावेज हो। भवन संहिताले भवनको स्ट्रक्चरल सेफ्टी, भूकम्प प्रतिरोध, आगलागी सुरक्षा, र निर्माण विधि स्पष्ट रूपमा निर्देश गर्छ। सरल भाषामा भन्नुपर्दा, भवन ऐन “कानुन” हो भने भवन संहिता “प्राविधिक मार्गदर्शन” हो। सुरक्षित घर निर्माणका लागि दुवैको पालना अनिवार्य हुन्छ।

3. भवनका क, ख, ग, घ वर्ग भनेको के हो र किन वर्गीकरण गरिन्छ?
भवन ऐन २०५५ अनुसार भवनहरू चार वर्गमा वर्गीकृत गरिएका छन्क - , ख, ग र घ। यो वर्गीकरण भवनको क्षेत्रफल, तल्ला संख्या, स्ट्रक्चरल स्पान, र निर्माण प्रकृतिमा आधारित हुन्छ।

क . वर्ग अत्याधुनिक र अन्तर्राष्ट्रिय मापदण्डअनुसारका भवन हुन्।

ख . वर्ग ठूला र बहु-तल्ले भवनहरू पर्छन्।

ग. वर्ग साधारण आवासीय घरहरू समेटिन्छन्।

घ . वर्ग काँचो वा परम्परागत सामग्री प्रयोग गरिएका साना घरहरू हुन्।

यस वर्गीकरणले प्रत्येक प्रकारका भवनका लागि फरक–फरक राष्ट्रिय भवन संहिता लागू गर्न सहयोग गर्छ, जसले संरचनात्मक सुरक्षा सुनिश्चित गर्दछ।

4. भवन निर्माण मापदण्डले सहरी वातावरण र सम्पदाको संरक्षण कसरी गर्छ?
भवन निर्माण मापदण्डले भू–उपयोग, खुल्ला क्षेत्र, नदी किनारा, हरियाली क्षेत्र, सार्वजनिक स्थल, र सडकको राइट अफ वे जस्ता विषयलाई नियमन गर्छ। यसले सहरलाई केवल कंक्रिटको जंगल बन्नबाट रोक्छ। साथै ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक महत्वका क्षेत्रहरूको संरक्षणका लागि विशेष प्रावधान राखिन्छ। स्थानीय वास्तुकलाको पहिचान जोगाउँदै आधुनिक विकाससँग सन्तुलन कायम गर्न मापदण्डले ठूलो भूमिका खेल्छ। यसैले मापदण्ड केवल घर बनाउने नियम मात्र होइन, सहरको आत्मा जोगाउने उपकरण पनि हो।

5. सबै नगरपालिकामा एउटै भवन निर्माण मापदण्ड लागू गर्न सकिन्छ?
सबै नगरपालिकामा एउटै मापदण्ड जस्ताको तस्तै लागू गर्नु व्यवहारिक हुँदैन। नेपाल भौगोलिक रूपमा विविध देश भएकाले हिमाल, पहाड र तराईका नगरपालिकामा आवश्यकताहरू फरक हुन्छन्। त्यसैले सहरी विकास मन्त्रालयले तयार गरेको नमूना भवन मापदण्डलाई मार्गदर्शनको रूपमा प्रयोग गरी स्थानीय आवश्यकताअनुसार संशोधन गर्नुपर्ने हुन्छ। सहरको पहिचान, भौतिक विकास योजना, जनसंख्या घनत्व, र जोखिम मूल्यांकनलाई ध्यानमा राखेर मापदण्ड तर्जुमा गर्दा मात्रै यसको प्रभावकारी कार्यान्वयन सम्भव हुन्छ।