राम्रो घडेरीको छनोट कसरी गर्ने

Published on: Nov 03, 2025


राम्रो घडेरीको छनोट कसरी गर्ने

वास्तु शास्त्र अनुसार पृथ्वी, जल, तेज, वायु, आकाश गरी यी पञ्चतत्वको समिश्राण महत्वपूर्ण छ । यी पञ्चतत्वहरू मध्येमा हामीलाई घर बनाउनको लागि पृथ्वीको आवश्यक छ । र यो उत्तम भूमि भएमा मात्र सहि विकास, निवास र अश्रयको लागि शुभ मानिन्छ । यहि भूमिलाई आधार मानेर हामिले विभिन्न किसिमका आफूलाई आवश्यक पर्ने भवनहरु बनाउँदै आएका छौं । यस्ता भवनहरू बनाउनुअघि हामीले .वास्तु शास्त्रीय हिसाबले घडेरीमा भएको माटोको रड, उब्जनी, समतलता, पत्रपत्रका, गन्ध, स्वाद, आकार प्रकारको आधारमा छनोट गर्न सकिन्छ ।

त्यसको प्रमुख आधार निम्न छ ।

१. रङ र वर्णको आधारमा

२. उर्वरा शक्तिको आधारमा

३. पत्रपत्रको आधारमा

४. समतलताको आधारमा

५. गन्धका आधारमा

६. दिशाका आधारमा

७. आकार र प्रकारका आधारमा

८. मार्गका आधारमा 

1. रङ र वर्णको आधारमा कस्तो जग्गा राम्रो ?

वास्तु शास्त्रको महत्वपूर्ण विषय मध्येको एक महत्वपूर्ण विषय हो सहि जग्गाको छनोट गर्नु। त्यस मध्येको पहिलो विचार गरिने विषय रङ र वर्ण हो । रङ अनुसार भवनको प्रकार शुभ,अशुभ आदि हुन्छ । 


सामान्यतया वास्तु शास्त्रमा रङलाई सेतो, कालो, रातो, हरियो गरि चार वर्णमा विभाजन गरिन्छ। त्यस्तै माटोमा पहेँले ध्वाँसे खरानी, सुन्तला, लगायतका अन्य रङ पनि देख्न सकिन्छ । वास्तु शास्त्र अनुसार माटोलाई ५ प्रकारले व्याख्या गरिएको छ ।
१. सेतो (कमेरो) माटो
२. रातो माटो
३. पहेँलो वा हरियो माटो
४. कालो पाङ्गो माटो
५. मिश्रीत रङ भएको माटो 


  • सेतो (कमेरो) माटो :
    वास्तु शास्त्रमा माटोको परिक्षण विधिमा नरम सेतो र कमेरो माटो लाई सात्वीक र ब्रह्माणी माटोको रुपमा अत्यन्त शुभ व्याख्या गरिएको छ । यस्तो खालको माटो छुँदा अत्यन्त नरम हुने र यस्तो खालको माटोमा घर बनाइ निवास गर्दा सुख, शान्ती, समृद्धि, उन्नती, प्रगती, सु–स्वास्थ्य, प्राप्ति हुने बताइएको छ । यस्तो खालको भूमिहरूमा विद्यालय, अस्पताल, मन्दिर, पाटी आदी निर्माण गर्नाले पनि शुभ फल दिन्छ । 


  • रातो माटो :
    वास्तु शास्त्रमा व्याख्या गरिएअनुसार माटोको माथिल्लो सहतहमा चिरा परेको चिम्ट्याइलो, डल्ला भएको, कठोर र खस्रो खालको रातो माटोलाई क्षत्रिय माटो भनिन्छ । यस्तो खालको माटोमा विभिन्न प्रशासनिक भवनहरू, प्रशासकहरू, सैनिक तथा प्रहरीहरूको ब्यारेकहरूको लागि राम्रो मानिन्छ र यस्तो भवनबाट कार्य गर्दा सुरता, विरता कार्य तत्परता आदिमा सफलता दिलाउने छ ।


  • कालो पाङ्गो माटो:
    हामीले जग्गा किन्दा माटो हेर्दै जाने क्रममा हेर्दा कालो, भिजाउँदा नर मा सुक्दा सह्रै सारो हुने माटोलाई शुद्र भूमि भनिन्छ । यस्तो खालको जग्गामा घर बनाएर बस्नु त्यति शुभ मानिँदैन । काठमाडौं उपत्यकाको माटो पनि यस्तै खालको रहेको हुनाले यहाँका मानिसहरू आवासिय क्षेत्रमा भन्दा बढी व्यवसायिक क्षेत्रमा बसोबास गर्दछन् । 


  • मश्रित रङ भएको भूमि:
    वास्तु शास्त्रीय हिसाबले जुन घडेरीमा सेतो कालो, हरियो, पहेँलो रङको मिश्रण भएको हुन्छ यस्तो भूमिलाई वर्णशंकर घडेरी भनिन्छ । यस्तो खालको भूमिमा वहुप्रयोगीय भवनहरू बनाउनु राम्रो मानिन्छ । यस्तो खालको घडेरीमा बनाएको घरहरूमा विभिन्न किसिमका कार्यालयहरू खोल्नु शुभ रहने छ । उर्वरा शक्तिको आधारमा भूमि चयनः यहाँ हामीले भूमिको शुभ अशुभमा विशेषगरि घडेरीको हिसाबले भवन निर्माणको लागि चर्चा गरियो तर, वास्तु शास्त्रमा विभिन्न कृषि आदि कार्यका लागि अन्न उत्पादन, फलफुल, तरकारी, बोट विरूवा आदिको लागि पनि उपयुक्त भूमि परिक्षणको उपाय बताइएको छ । हामी यदि घडेरी बाहेका अन्य प्रयोजनका लागि जग्गा किन्दै छौँ भने रसिलो, अमीलो, सेतो, सात्वीक रङको भूमि किन्न सक्छौं । 

  • जमिनको सतह पत्रको आधारमा:     
    पञ्चतत्व मध्येको पृथ्वी तत्वले युक्त भएको यो भूमिमा विभिन्न तह र सतह रहेको छ । जहाँ ढुङ्गा माटो, पानी, ग्याँस खनिज पदार्थ, जस्ता अनेकौं खनिज पदार्थ रहेको छ । जसरी हामीले जमिको बाहिरि सतह देखेका हुन्छौँ, खन्दै जाँदा अनेकौं पत्र र चट्टानहरु भेटिन्छ । हामीले बाहिरि सतहको मात्र उपयोग गरेका हुन्छौं । त्यही पत्रमा विभिन्न उब्जनी गर्छौँ । विभिन्न किरा गड्यौला, सर्प विच्छी बस्छन् । आलु तरूल पिडालु फलाउँछौं बोट विरुवा उम्रिन्छ । त्यहि बाहीरी पत्रलाई विभिन्न प्रकारले विभाजन गरिन्छ । 
    १.बज्रपत्र (कडापत्र):  यस्तो कठोर खालको माटोमा आवासिय घर, दरबार, सैन्य ब्यारेक आदिको लागि राम्रो ।    
    २. सामान्य पत्रः नरम र पानीलाई सोस्ने यस्तो घडेरीमा आवासिय घर, कृषि, गाईगोठहरू बनाउनु शुभ हुनेछ ।     
    ३. मिश्रित पत्रः खस्रो र नरम दुवै खालको माटो भएको पानीलाई सोस्ने यस्तो घडेरीमा कलकारखाना, उद्योगहरु खोली राम्रो व्यवसायीक सफलता पाउन सकिन्छ । 

    क. सुगन्ध (पुष्पगन्धी)
    हामीले माटोको बास्ना लिँदा सुगन्ध राम्रो बास्ना आयो भने त्यस भूमिमा शुभ महुर्तमा बनाएका घरहरूमा निवास गर्दा शुख, शान्ती र सम्वृद्धि प्राप्ती हुन्छ । त्यस्तै माटोको स्वाद मिठो छ भने शुभ मानिन्छ । त्यस्तै कुनैपनि व्यापारीक बजार, पसल, प्रयोगशालाहरूको निर्माणको लागि घ्यूको जस्तो बासना र नुनिलो, गुलियो हुनु शुभ मानिन्छ । 

    रातो रङ रगतको जस्तो गन्ध आउने कठोर भूमि विभिन्न शौनिक कार्यको लागि शुभ मानिन्छ । कुनै भूमिबाट दुर्गन्ध आउँछ भने त्यो भूमि घर बनाई बस्न नहुने तर उद्योगको लागि राम्रो मानिन्छ ।


Frequently Asked Questions

1. 
वास्तु शास्त्र अनुसार घर बनाउने सही जग्गा छान्दा रङ र वर्ण किन महत्त्वपूर्ण हुन्छ?

वास्तु शास्त्रमा सही जग्गा छनोट गर्दा रङ र वर्णलाई अत्यन्तै महत्त्व दिइन्छ। माटोको रङले घरको ऊर्जा र वातावरणलाई प्रभावित गर्छ। उदाहरणका लागि, नरम सेतो माटो (कमेरो) अत्यन्त शुभ मानिन्छ र यसमा बनाएको घरले शान्ति, समृद्धि र स्वास्थ्य ल्याउने विश्वास गरिन्छ। रातो माटो प्रशासनिक कार्य र सैनिक/प्रशासक भवनका लागि उपयुक्त मानिन्छ भने कालो पाङ्गो माटोमा घर बनाउनु सामान्यतया शुभ मानिँदैन। यसरी, माटोको रङ र वर्ण अनुसार घरको प्रकार र भवनको सकारात्मक प्रभाव निर्धारण गर्न सकिन्छ।

2. माटोको उर्वरा शक्ति वा उब्जनी क्षमता कस्तो हिसाबले घर बनाउँदा लाभदायक हुन्छ?
वास्तु अनुसार उर्वरा शक्ति पनि जग्गा छान्दा महत्वपूर्ण हुन्छ। यदि माटो रसिलो, सात्वीक र नरम छ भने यसमा बनाएको घरमा सुख, शान्ति र समृद्धि प्राप्त हुन्छ। कृषि वा अन्य उत्पादनका लागि जग्गा छान्दा पनि उर्वरा माटोको प्राथमिकता दिन सकिन्छ। रसिलो, अमीलो र मीठो स्वाद भएको माटो उत्पादनशील हुन्छ र यसले घर वा कृषि दुवै कार्यका लागि लाभदायक वातावरण सिर्जना गर्छ।

3. जमिनको सतह वा पत्रपत्रको आधारमा घर बनाउन कस्तो प्रकारको माटो उपयुक्त हुन्छ?

जमिनको सतह र माटोको पत्रपत्र पनि वास्तुमा महत्त्वपूर्ण मानिन्छ। माटो तीन प्रकारका हुन्छन्:
बज्रपत्र (कडापत्र): कठोर, भारी माटो, आवासिय घर, दरबार वा सैन्य भवनका लागि उपयुक्त।
सामान्य पत्र: नरम, पानी सोस्ने माटो, घर, कृषि तथा गाईगोठका लागि शुभ।
मिश्रित पत्र: खस्रो र नरम दुवै प्रकारको माटो, उद्योग, कलकारखाना वा व्यवसायिक भवन खोल्न उपयुक्त।
यस आधारमा छनोट गर्दा घरको स्थायित्व र वातावरण दुवै सुधारिन्छ।

4. माटोको सुगन्ध र स्वादले वास्तु अनुसार कस्तो प्रभाव पार्छ?
वास्तु अनुसार माटोको बास्ना र स्वादले पनि घरको सकारात्मक ऊर्जा निर्धारण गर्छ। यदि माटो पुष्पगन्ध जस्तो सुगन्धित छ र मिठो स्वादयुक्त छ भने यसमा बनाएको घरले सुख, शान्ति र समृद्धि दिन्छ। रातो माटोमा रगत जस्तो गन्ध आउँदा कुनै विशिष्ट कार्य वा प्रशासनिक भवनका लागि शुभ मानिन्छ। दुर्गन्धयुक्त माटो घर बनाउन अनुकूल हुँदैन, तर उद्योग वा व्यावसायिक कार्यका लागि उपयोगी हुन सक्छ।

5. 
घर बनाउने जग्गा छनोट गर्दा आकार, समतलता र दिशाको महत्व कस्तो हुन्छ?
वास्तु अनुसार मात्र माटोको गुणस्तर हेर्ने होइन, आकार, समतलता र दिशा पनि महत्त्वपूर्ण छन्। समतल जग्गा घर निर्माणका लागि सहज र शुभ मानिन्छ। आयताकार वा वर्गाकार आकारको जग्गा ऊर्जा प्रवाहमा राम्रो मानिन्छ। दिशाका हिसाबले उत्तर-पूर्वको भाग प्रायः शुभ मानिन्छ र पश्चिम वा दक्षिण दिशा अनुसार भवनको योजना बनाउँदा वास्तु दोष कम हुन्छ। यसरी सही आकार, समतलता र दिशा मिलाएर घर बनाउँदा सकारात्मक ऊर्जा र जीवनशैलीमा सुधार आउँछ।