१. वास्तु अनुसार पूजाकोठा
के तपाइँ वास्तु अनुसार पूजा कोठा बनाउन चाहानुहुन्छ ? हिन्दू धर्ममा पूजा एक अत्यन्त पवित्र र महत्वपूर्ण कार्य मानिन्छ । श्रद्धा र भक्ति साथ गरिने पूजाले घरमा सकारात्मक ऊर्जा ल्याउने विश्वास गरिन्छ । त्यसैले धेरै मानिसले आफ्नो घरमा सानो भए पनि छुट्टै पूजाकोठा बनाउने गर्छन् । पूजाकोठा जहिलो पनि पवित्र र शान्त स्थानमा हुनुपर्दछ । पूजा कोठा बनाउँदा त्यसको उचित ठाउँ निश्चिित गरि पूजा कोठाको साइज, कलर, भित्रि इन्टिरियर, डेकोरेशन आदिलाई ध्यानमा राखि बनाउन सके त्यसको प्रभावले त्यस घरमा बस्ने मानिसमा स्वास्थ्य र शान्ति प्रदान गर्दछ ।

वास्तु शास्त्रमा पूजा कोठाको लागि राम्रो स्थान घरको ईशान कोण रहनेछ । पूजा कोठा बनाइसकेपछि हामीले त्यहाँ राखिने भगवानको दिशा पूजा गर्दा वस्ने दिशाको लागि ध्यान दिनु पर्दछ । हामीले पूजा गर्दा सँधै पूर्व वा उत्तर फर्के र पूजा गर्नु पर्दछ । पूजा कोठाको ढोका सँधै घरको मुल ढोकाको दिशामा हुनुपर्दछ । पूजा कोठाको आकार आयतकार वा वर्गाकार हुनु शुभ मानिन्छ । पूजा कोठा किचन वा ट्वाइलेट सँगै बनाउन हुँदैन । पूजा कोठामा सेतो रङको प्रयोग गर्नाले शुद्धताको प्रतिनिधित्व गर्दछ । र त्यस घरमा शान्ति दिन्छ । हामीले पूजा कोठामा पहेँलो कलर लगायौँ भने त्यस घरमा खुसी, आशा र आध्यात्मीकतामा वृद्धि प्रदान गर्दछ जसले गर्दा त्यस घरमा सकारात्मक उर्जा बढाउँछ । पूजा कोठामा हरियो रङ लगायौँ भने त्यस घरमा सफलता र शान्तीको प्रतिक उर्जाको प्रवाहलाई बढाइ त्यस घरमा शान्त र आरामदायी वातावरण सिर्जना गर्दछ ।
- पूजा कोठा बनाउँदा ध्यान दिनुपर्ने केहि विषय निम्न छन् :
- पूजाकोठाको ढोका काठको हुन राम्रो मानिन्छ ।
- पूजाकोठाको ढोका टिन वा फलामको प्रयोग गर्नु शुभ मानिँदैन
- पूजाकोठा कहिल्यै पनि शौचालयको ठीक माथि वा तल हुनु हुँदैन ।
- पूजा स्थान सयनकक्ष (बेडरुम) भित्र राख्नु उचित मानिँदैन ।
- पूजाकोठा आध्यात्मिक अभ्यासको लागि एक पवित्र स्थान हो
- पूजा कोठामा कुलदेवताको तस्वीर राख्नु शुभ मानिन्छ ।
२. वास्तु अनुसार भान्साकोठा
हामीले वास्तु अनुसार घर बनाउँदै छौँ भने भान्सा पनि एक अति महत्वपूर्ण कुरा हो । हामीले किचन बनाउँदा गलत दिशामा बनायौँ भने त्यसको प्रभावले त्यस घरमा निवास गर्ने मानिसमा तनाव, झगडा, बिरामी आदिमा प्रभाव पार्ने छ । किचन भनेको अग्नी तत्वसँग सम्बन्धीत ठाउँ हो त्यसैले यहाँको वास्तु सहि रुपमा मिलाएर राख्न सक्यो भने त्यसले सकारात्मक उर्जा र पारिवारीक मेलमिलाप राम्रो हुन्छ । प्राचीन कालमा चुलोको माथिल्लो भागमा घरको जेष्ठ सदस्यहरुले लगाएका वास्तु खोली शुद्ध धोति लगाइ देवता र गाई आदिलाई गास निकाली भुइँमा बसि भोजन गर्ने परम्परा भएपनि आधुनिक विज्ञान सम्बत रहेको छ । वर्तमान समयमा यस्ता परम्परा छोडी आधुनिक टेबल, कुर्सीको प्रयोग गरि खाना खान थालिएको छ । सकेसम्म हाम्रो घरको जेष्ठ सदस्यहरुले खाना खाँदा प्रयोग गर्ने थाल, कचौरा एउटै हुनुपर्दछ । त्यो अरुले प्रयोग गर्न हुँदैन।

किचनको लागि महत्वपूर्ण कुरा :
दक्षिण पूर्व : अग्नेय कोण भान्सा बनाउनको लागि सबैभन्दा उत्तम दिशा हो । यो दिशा अग्नि दिशासँग सम्बन्धीत दिशा हो यो दिशामा किचन बनाउँदा मानिसको स्वास्थ्य र पारिवारीक जीवनमा खुसी प्राप्त गर्न सकिन्छ ।
उत्तर पश्चिम : वायव्यकोण घरणमा किचन बनाउनका लागि दोस्रो विकल्पको स्थान हो । यदि हाम्रो घरमा आग्नेय कोणमा किचन बनाउन सम्भव नभएमा वास्तुशास्त्रीको सल्लाहमा यो दिशामा किचन बनाई शुभ फल पाउन सकिन्छ ।
उत्तर पूर्व : ईशान कोणमा हामीले कहिलै पनि किचन बनाउन हुँदैन । दिशा भनेको जल तत्वसँग सम्बन्धीत हो यहाँ किचन भयो भने त्यस घरमा दिर्घ रोग भएको मानिस हुन्छ ।

किचनको वास्तु दोष शान्तीको उपाय
यदि हाम्रो घरको भान्साकोठा वास्तु अनुसार मिलेको छैन भने त्यसको प्रभावले त्यस घरमा विभिन्न समस्या आइपर्ने छ । त्यसले अशुभ उर्जालाई हटाइ वास्तु दोष शान्ति गर्न सकिन्छ । यदि तपाइँको घरको किचनमा विद्युतीय उपकरण भने त्यसबाट हुने नकारात्मक उर्जा कम गर्न :
- भित्तामा धातुको पिरामिडा प्रयोग गर्ने ।
- किचनको वास्तु दोष शान्ती गनए ढिक्के नुनको प्रयोग गर्न सकिन्छ ।
- किचनको ढोका सम्बन्धी दोष भएमा जिङ्कयुक्त पिरामिडा प्रयोग गर्ने ।
- पानिको ट्याङ्की किचनको सिधा माथि छतमा छ भने छतको चारैतर्फ पिरामिड प्रयोग गर्ने ।
घरको धेरै तला रहेको छ भने
- किचनको लागि ग्राउण्ड फ्लोर राम्रो रहने छ । किनकी वास्तु अनुसार घरमा शान्ति र उर्जा सन्तुलनको लागि यो समय राम्रो मानिन्छ । ग्राउण्ड फ्लोरले पृथ्वी तत्वलाई दर्शाउँछ जसले स्थीरता र शान्ती दिलाउँछ ।
- घरको आग्नेय कोण किचनको लागि राम्रो तर यहाँ प्रवेश गर्ने ढोका उत्तर वा पश्चिम दिशाबाट हुनुपर्दछ ।
किचन कोठाको झ्याल सँधै पूर्र्व वा दक्षिण दिशामा हुनुपर्दछ । जहाँबाट उदाउँदाको सूर्यको किरण त्यस किचनमा आओस् । किचनमा कुनैपनि टुटे फुटेको सामान राख्नु हँदैन । किचनको डसबिनलाई सफा र सधैँ बिर्को लगाएर राख्नुपर्दछ ।

३. वास्तु अनुसार वालवालिकाको कोठा
वास्तु शास्त्रमा वालवालिकाको कोठाको लागि उपयुक्त स्थानमा कोठा हुनु अनिवार्य रहेको छ । जसको कारणले त्यस घरमा सकारात्मक उर्जा र बच्चाको दिमाखमा सकारात्मक सोचको विकास गर्दछ । वालवालिकाको कोठा भनेको मनोरञ्जन र आनन्दको केन्द्रको रुपमा लिइन्छ । बच्चाको लागि हामी उचित पोषण र स्वास्थ्यलाई विचार र्दै वेडरुमको डिजाइन गर्नु पर्दछ । बच्चाको स्वास्थ्य, सकारात्मक सोच प्राप्तिको लागि विशेष ध्यान गर्दे कोठा बनाउनुपर्दछ ।

वालवालिकाको लागि महत्वपूर्ण कुराहरु
- वालवालिकाको लागि घरको पश्चिम दिशाको कोठा राम्रो हुन्छ ।
- पश्चिम दिशामा कोठा नमिलेमा पूर्व दिशामा पनि वालवालिकाको कोठा बनाउन सकिन्छ ।
- वालवालिका सुत्दा जहिले पनि पूर्व सिरानी गरेर सुत्नु पर्दछ ।
- वालवालिकाको खाट कोठाको दक्षिण पश्चिम दिशामा हुनुपर्दछ ।
- वालवालिकाको कोठाको ढोका पूर्व दिशामा हुनुपर्दछ ।
- बालबालिकाको खाट ढोका, झ्याल वा सिसाको सामुन्ने राख्न हुँदैन ।
- वालवाललिकाको कोठाको खाटमा सकेसम्म धातुको प्रयोग गर्नु हुँदैन काठमात्र प्रयोग गर्नु पर्छ ।
- वालवालिकाको कोठामा कुनैपनि इलेक्ट्रीक सामन राख्नु हुँदैन किनकी यो सामग्रीबाट नकारात्मक उर्जा उत्पन्न भइ वालवालिकाको एकाग्र शक्तिमा असर पार्दछ ।
- वालवालिकाको कोठामा हलुका पहेँलो र सेतो रङ लगाउने
- वालवालिकाको कोठाको कुनैपनि सामग्रीमा कालो वा निलो प्रयोग नगर्ने किनकी यसले वालवालिकामा नकारात्मक भावना वृद्धि गर्छ
- वालवालिका पढ्दा सँधै उत्तर वा पूर्व दिशामा फर्की पढ्नु पर्दछ ।
- वालवालिका पढ्ने टेबलमा पुराना स्टेशनरी, टुप्पो नभएको पेनसील, रिफिल नभएको पेन, च्यातिएको किताब नराख्ने यसले त्यस कोठामा नकारात्मक उर्जा बढाउँछ ।
- वालवालिकाको कोठामा किताब राख्ने ¥याक धातुको नबनाई काठाको बनाएर पूर्व वा उत्तर दिशामा राख्ने
- वालवालिकाको कोठामा ग्लोब राख्नाले पढाइमा सफललता दिलाउँछ ।
- वास्तुशास्त्रमा अतिथि कक्ष अनिवार्य छैन, तर अन्य संरचनाहरू जस्तै त्यसलाई पनि वास्तु अनुसार बनाउँदा उपयुक्त हुन्छ ।
- उत्तर–पश्चिम दिशा अतिथि कक्षका लागि सबैभन्दा उपयुक्त मानिन्छ ।
- वृद्ध व्यक्तिहरूको विश्राम वा अतिथिहरूको वासका लागि स्थान तयार गर्दा उत्तर–पश्चिम दिशा प्राथमिक हुनुपर्छ ।
- अतिथि कक्ष भान्साघर (पूर्व–दक्षिण) र गृहस्वामी शयनकक्ष (दक्षिण–पश्चिम) बीचमा पनि बनाउन सकिन्छ ।
- यस्ता कक्षहरूको आकार अन्य कोठाहरूको भन्दा ठूलो हुन सक्छ ।
- बैठक कोठाको सजावटमा प्रयोग गरिएका फर्निचरहरू (जस्तै पलङ्ग, दराज, बुक सेल्फ) दक्षिण र पश्चिम भित्तातर्फ राख्नुपर्छ ।
- आजकाल अतिथि कक्षको निर्माण छुट्टै गर्न गाह्रो भएकाले अन्य सामान्य वा अतिरिक्त शयनकक्षलाई अतिथि कक्षको रूपमा प्रयोग गरिन्छ ।
- ठूलो जग्गा र पर्याप्त बजेट भएको खण्डमा, उत्तर–पश्चिम दिशा चयन गर्नु सबैभन्दा उपयुक्त हुन्छ ।

४. वास्तु अनुसार शौचालय
वास्तु शास्त्रले बताएका सम्पूर्ण उपायहरु वैज्ञानिक दृष्टिकोणमा आधारीत रहेको छ । हामीले बनाउने घर निर्माण पूर्व सूर्यको किरण, पृथ्वीको किरण, पृथ्वीको चुम्बकीय शक्ति, भौगोलिक अवस्था र दिशालाई विशेष ध्यानमा राखि बनाइन्छ । हामी सबैको चाहाना आफूले बनाएको घरमा सख, शान्तिपूर्वक जीवन बिताउनु हो । त्यहि सुखी जीवन प्राप्तिको लागि हामीले बनाउने घरको शौचालय वास्तु अनुसार बनाउनु पर्दछ । शौचालय भनेको हाम्रो घरको नकारात्मक उर्जा सञ्चार हुने स्थान हो । त्यसैले शौचालय बनाउँदा वास्तु नियमलाई पालन गरेर बनाउनुपर्दछ । शौचालय घरको उत्तर वायव्य कोणमा बनाउन हुँदैन । शौचालय बनाउँदा सकेसम्म शौचालय र वाथरुम छुट्टै बनाउनु पर्दछ ।

शौचालय बनाउँदा ध्यान दिनुपर्ने कुरा :
- वास्तु अनुसार शौचयको ढोका सधैँ काठको प्रयोग गर्नु पर्दछ ।
- शौचालयको ढोका सधैँ उत्तर वा पूर्व दिशामा राख्नु पर्दछ ।
- पूजा कोठा शौचालयको सिधा अगाडी बनाउन हुँदैन।
- शौचालयको पूर्व वा दक्षिण दिशामा ऐनाको प्रयोग गरि नकारात्मक असर कम गर्न सकिन्छ ।
- घरको ब्रह्मस्थान (बिचको भाग)मा कहिल्यै पनि शौचालय बनाउन हुँदैन। यसले त्यस घरमा नकारात्मक असर गर्दछ ।
- शौचालयको उत्तर पूर्वको भित्तामा स्नानको लागि धारा राख्ने ।
- ट्वाइलेट सिट वा सम्बडको पछाडी भागमा झ्याल राख्नु वास्तु र वैज्ञानीक आधारमा राम्रो मानिन्छ ।
- शौचालयमा बाथरुम र ट्वाइलेटको एरिया अलग अलग हुनुपर्दछ ।
- शैचालयमा बाथरुम र ट्वाइलेटको बिचमा सिसाको प्रयोग गरि वास्तु सिद्धान्तको पालन गरि शुभ फल लिन सकिन्छ ।
- शौचालय किचनको सामुन्ने वा सँगै जोडेर बनाउन हुँदैन ।
- शौचालयको सिट वा कम्बड शौचालयको पश्चिम वा उत्तर पश्चिम कोणमा हुनु पर्दछ ।
- शौचालयमा खालि बाल्टी राख्न हुँदैन।
- शौचालयको ढोका सधैँ बन्द हुनुपर्दछ ।
- शौचालयको धारो लिक भइ बन्द नभएमा धनको हानि गर्दछ ।
5. वास्तु शास्त्र अनुसार भर्याङ
वास्तु शास्त्रमा घरको भर्याङ एक महत्वपूर्ण अंग हो । सामान्यतया हामीले बनाउने घरमा भर्याङ बनाउँदा खासै स्थान दिइएको देखिन्न । भर्याङ बनाउँदा गरिने सानो गल्तीले पनि जीवनभर असर गर्दछ भने वास्तु अनुसार निर्माण गरिने सिँढीले जीवनभर सम्वृद्धि र शुभ फल दिन्छ । त्यसैले सिँढी बनाउँदा शुभ स्थान मजबुती र सकारात्मक उर्जालाई ध्यानमा राखि बनाउनुपर्दछ ।

भर्याङ बनाउँदा ध्यान दिनुपर्ने कुरा :
- भर्याङबनाउँदा पश्चिम दिवा वा दक्षिण दिशामा बनाउनु पर्दछ ।
- सिँढी उत्तर पूर्व दिशामा बनाउन हुँदैन ।
- गोलो भर्याङआकर्षक भएपनि वास्तु सिद्धान्त अनुसार घरमा नकारात्मक उर्जा बढाउँछ ।
- भर्याङको खुट्कीलाको संख्या विषम ९, १५, २१ शुभ हुन्छ । तर वास्तुविद् वा इन्जिनियरको सल्लाहमा राख्नु उपयुक्त हुन्छ ।
- घरको बिच भागमा सिँढी कहिल्यै नबनाइ सइडमा बनाउनु पर्छ ।
- सिँढीको वरिपरी हलुका सेतो, पिंक, वा पहेँलो कलर लगाउनु शुभ रहन्छ ।
- सिँढीको वरिपरि कालो तथा रातो रङ नलगाउने ।
- घरको बाहिर सिँढी बनाउन परे दक्षिण पूर्व वा दक्षिण पश्चिममा बनाउन सकिन्छ ।
- सिँढीको मुनि कहिल्यै पनि ट्वाइलेट बनाउन हुँदैन ।
- घरको भर्याङ खुल्ला वा वरिपरि पर्खाल भएको बन्द डिजाइनमा बनाउन सकिन्छ ।
- वास्तु अनुसार बन्द भर्याङ भन्दा खुल्ला भर्याङ सकारात्मक उर्जाको लागि राम्रो हुन्छ ।
- भर्याङ एउटा बाटो मात्र नभइ सकारात्मक उर्जाको स्रोत पनि हो ।
- सिँढीको वरिपरि पारिवारीक तस्बिर राख्नु हुन्न ।
- सिँढीको वरिपरि प्राकृतिक दृश्य, फुलेको फुल, पहाड, हरियालीको पेन्टीङ लगाउन सकिन्छ ।
- सिँढीमा काँडा नभएको फुलको गमला राख्न सकिन्छ ।
- सिँढीमा देवी देवताको फोटो राख्न हुँदैन । वास्तु शास्त्र अनुसार भ¥याङको रेलिङ केबल सुरक्षा मात्र नभइ सकारात्मक उर्जाको स्रोत पनि हो । हाम्रो घरमा कुन दिशामा भर्याङ बनेको छ त्यस अनुसार रेलिङको प्रयोग गर्न सकिन्छ ।
- दक्षिण दिशामा भर्याङ बनेको छ भने त्यसमा ढुँगा वा ग्रँनाइट मार्वलको रेलिङ प्रयोग शुभ हुन्छ ।
- पश्चिम दिशामा बनेको भर्याङमा धातुको रेलिङ हालि शुभ फल पाउन सकिन्छ ।
- पूर्व दिशामा बनेको भर्याङमा काठको रेलिङ प्रयोग गरि शुभ फल पाइन्छ ।
- कतिपय घरमा विना रेलिङको भर्याङ देखिन्छ । यो असुरक्षा र वास्तुको हिसाबले नकारात्मक असर गर्ने हुन्छ ।
- मास्टर बेडरुम घरको दक्षिण पश्चिम दिशामा बनाउनु पर्दछ ।
- मास्टर बेडरुको ढोका विना आवाज ९० डिग्री कोणमा खुल्ने हुनुपर्दछ ।

भर्याङमा रेलिङको महत्व
वास्तु शास्त्र अनुसार भर्याङको रेलिङ केबल सुरक्षा मात्र नभइ सकारात्मक उर्जाको स्रोत पनि हो । हाम्रो घरमा कुन दिशामा भर्याङ बनेको छ त्यस अनुसार रेलिङको प्रयोग गर्न सकिन्छ ।
6. वास्तु अनुसार मास्टर वेडरुम
वास्तु अनुसार मास्टर बेडरुम भन्ने बित्तिकै हामी आराम विश्राम र नयाँ योजनाहरुलाई बनाउने स्थान मान्दछौँ । त्यसैले यो स्थान बनाउँदा विशेष
ध्यान पुर्याइ बनाउनुपर्दछ ।
मास्टर बेडरुम बनाउँदा केहि वास्तु नियमलाई ध्यानमा राखि बनाउन सकेमा त्यसको प्रभावले त्यस घरमा निवास गर्ने मानिस मा पारिवारीक
शान्ति, प्रेम र खुसीयाली प्रदान गर्दछ ।
मास्टर बेडरुममा महत्वपूर्ण कुरा
- मास्टर बेडरुम घरको दक्षिण पश्चिम दिशामा बनाउनु पर्दछ ।
- मास्टर बेडरुको ढोका विना आवाज ९० डिग्री कोणमा खुल्ने हुनुपर्दछ ।
- मास्टर बेडरुमको बेड ढोकाको सिधा अगाडी हुनु हुँदैन ।
- मास्टर बेडरुमको सिरानी पूर्व वा दक्षिण दिशामा हुनु पर्दछ । यसले आरामदायी निन्द्रा प्रदान
- गर्दछ ।
- मास्टर बेडरुममा दराज पश्चिम दक्षिण दिशामा राख्नु पर्दछ,यसले सकारात्मक उर्जा बढाउँछ ।
- मास्टर बेडरुममा सकेसम्म विद्युतीय उपकरणको प्रयोग गर्नु हुँदैन । किनकी यसले नकारात्मक
- उर्जाको वृद्धि गराउँछ ।
- मास्टर बेडरुमको लागि सेतो, ग्रे , हरियो, गुलावी कलर शुभ हुन्छ ।
- मास्टर बेडरुममा सकेसम्म ऐनाको प्रयोग गर्न हुन्न । ।
- मास्टर बेडरुममा कृतिम फुलको सट्टा प्राकृतिक फुल प्रयोग गर्ने ।
7. वास्तु अनुसार घरमा राख्न नहुने सामानहर
- भाँचिएका भाँडाकुडा – फुटेका गिलास, प्लेट वा अन्य भाँडाहरू घरमा राख्दा वास्तुदोष उत्पन्न हुन्छ र नकारात्मक असर पर्छ ।
- भाँचिएको पलङ्ग– भाँचिएको खाट राख्नाले पारिवारिक सम्बन्धमा तनाव र वैवाहिक जीवनमा मतभेद ल्याउन सक्छ ।
- रोकिएको घडी – बन्द घडी प्रगति रोकिएको संकेत हो । बिग्रिएको वा ब्याट्री सकिएको घडी तुरुन्त फेर्न ‘ वा फ्याँक्नु आवश्यक पर्दछ ।
- फुटेको ऐना वा शीशा – यसले नकारात्मक ऊर्जा आकर्षित गर्छ र मानसिक अस्थिरता बढाउँछ ।
- भाँचिएको मूल ढोका – ढोकामा क्षति भए तत्काल मर्मत गर्नु जरुरी छ, किनकि यो अशुभ मानिन्छ र नकारात्मक शक्ति भित्र्याउँछ ।
- फुटेका चित्र वा फर्निचर – भाँचिएको तस्बीरले दुर्भाग्य ल्याउँछ र क्षतिग्रस्त फर्निचरले आर्थिक समस्यालाई निम्त्याउँछ ।
- भाँचिएका भाँडाकु डा – फुटेका गिलास, प्लेट वा अन्य भाँडाहरू घरमा राख्दा वास्तुदोष उत्पन्न हुन्छ र नकारात्मक असर पर्छ ।
8. अतिथि कक्ष एवं विश्राम कक्ष
वास्तु शास्त्रमा अतिथि कक्षकाबारे यहि हुनुपर्छ भन्ने बाध्यकारी व्यवस्था भने छैन । तरपनि तपाइँको योजना अनुसारको घरमा
सबै संरचना वास्तुमा आधारीत रहँदा बैठककक्ष पनि सो अनुरुप मिलाउनु भयो भने झन उपयुक्त हुन्छ । कहिलेकाहीँ केहि विश्राम एवं
वृद्धहरूको खाली समयमा बस्ने पल्टिने अथवा आराम गर्नको लागि तथाघर आएका अतिथिहरूको वासको लागि स्थानको व्यवा स्था मिलाउँदा
उत्तर–पश्चिम दिशा छनोट गर्नु उपयुक्त मानिन्छ ।

यस्ता कक्ष दक्षिण दिशा अथवा पूर्व दक्षिण स्थित भान्साघर एवं दक्षिण–पश्चिमको गृहस्वामी शयनकक्षको बीचमा पनि बनाउन सकिन्छ ।
यी कक्षहरू को क्षेत्रफल तुलनात्मक रुपमा अन्य भन्दाठूलो हुन सक्छ । बैठक कोठामा सजावटका लागि प्रयोग गरिएका सामानलाई दक्षिण दिशा
एवं पश्चिम दिशाका भित्ताहरूको छेउमा लगाउनुपर्छ, जस्तो पलङ्ग, दराज, बुक सेल्फ आदि ।
अतिथि कक्ष को निर्माण छुट्टै गर्नु आजभोलि प्रायः कठिन जस्तो भएको छ । अतः अन्य साधारण अथवा अतिरिक्त शयनकक्षलाईनै अतिथि कक्ष
को रूपमा काममा ल्याइन्छ । यदितपाइँको घर बनाउने जग्गा को क्षेत्रफल फराकिलो र पर्याप्त आर्थिक स्रोत छ भने उत्तर–पश्चिम दिशा उपयुक्त
हुन सक्छ ।
9. मनोरञ्ज कक्ष
वास्तु शास्त्र अनुसार अतिथि कक्ष अनिवार्य नभए पनि अन्य कोठाहरू जस्तै यो पनि वास्तुअनुसार मिलाउनु राम्रो मानिन्छ । विशेषतः उत्तर–पश्चिम
दिशा अतिथिको बसोबास वा विश्रामको लागि उपयुक्त ठानिन्छ । यदि छुट्टै अतिथि कक्ष बनाउने सम्भावना छैन भने,
सामान्य वा अतिरिक्त शयन कक्षलाई प्रयोग गर्न सकिन्छ । योकक्ष निर्माणका क्रममा तपाइँले ध्यान दिनुपर्ने केही मुख्य विषय यसप्रकार छन्ः
कक्षलाई प्रयोग गर्न सकिन्छ । यो कक्ष निर्माणका क्रममा तपाइँले ध्यान दिनुपर्ने केही मुख्य विषय यसप्रकार छन्ः
• वास्तुशास्त्रमा अतिथि कक्ष अनिवार्य छैन, तर अन्य संरचनाहरू जस्तै त्यसलाई पनि वास्तु अनुसार बनाउँदा उपयुक्त हुन्छ
• उत्तर–पश्चिम दिशा अतिथि कक्षका लागि सबैभन्दा उपयुक्त मानिन्छ ।
• वृद्ध व्यक्तिहरूको विश्राम वा अतिथिहरूको वासका लागि स्थान तयार गर्दा उत्तर–पश्चिम दिशा प्राथमिक हुनुपर्छ ।
• अतिथि कक्ष भान्साघर (पूर्व–दक्षिण) र गृहस्वामी शयनकक्ष (दक्षिण–पश्चिम) बीचमा पनि बनाउन सकिन्छ ।
• यस्ता कक्षहरूको आकार अन्य कोठाहरूको भन्दा ठूलो हुन सक्छ ।
• बैठक कोठाको सजावटमा प्रयोग गरिएका फर्निचरहरू (जस्तै पलङ्ग, दराज, बुक सेल्फ) दक्षिण र पश्चिम भित्तातर्फ राख्नुपर्छ ।
• आजकाल अतिथि कक्षको निर्माण छुट्टै गर्न गाह्रो भएकाले अन्य सामान्य वा अतिरिक्त शयनकक्षलाई अतिथि कक्षको रूपमा प्रयोग गरिन्छ ।
• ठूलो जग्गा र पर्याप्त बजेट भएको खण्डमा, उत्तर–पश्चिम दिशा चयन गर्नु सबैभन्दा उपयुक्त हुन्छ
10. भण्डारण कक्ष
यसको ठाउँ भान्साघरको छेउमा राख्नुपर्छ । भण्डार व्यवस्थाको अर्थ यहाँ अन्न, घ्यू, तेल आदिको भण्डारण गरिन्छ । भान्साकोठामा
काम लाग्ने सामग्री भान्सा कोठाको नजिकै हुनुपर्छ। यसको लागि उत्तम दिशा दक्षिण– पूर्व हुन्छ । आजभोलि छुट्टै भण्डार कक्ष कमै भेटिन्छ,
भान्सा कोठामै यसको व्यवस्था गरिन्छ तर यदि सुविधा ठाउँ भए भण्डार कोठाको लागिउत्तम दिशादक्षिण–पूर्व राम्रो हुन्छ ।
11. धन तथा गहना राख्ने क्षेत्र
वास्तु शास्त्र अनुसार उत्तर दिशा धनका देवता कुबेरको दिशा मानिन्छ । यस दिशाको सकारात्मक प्रभावले सम्पत्ति, कोष, सुरक्षा र
समृद्धिमा वृद्धि गराउने विश्वास गरिन्छ ।यसैले घरमारहेको नगद रकम, गरगहना, बहुमूल्य रत्न र अन्य मूल्यवान वस्तुहरू उत्तर दिशातर्फ
राख्नुपर्ने सल्लाह दिइन्छ । यदि सम्भव छ भने पूजा कोठाको छेउछाउ उत्तर दिशामा राखिएकोसुरक्षित स्थान
सबै भन्दा उत्तम मानिन्छ ।

यद्यपि यसमा केही मतभेद पनि पाइन्छ । केही वास्तु शास्त्रीहरूको विचारमा नगद रकमलाई उत्तर दिशामा राख्नु उपयुक्त हुन्छ तर गरगहना,
रत्नजडित गहना जस्ता वस्तुहरूलाई दक्षिण दिशातर्फ राख्नुपर्छ भन्ने मान्यता पनि छ । यसको पछाडितर्क के छ भने गरगहनाहरू
प्रायः भारी हुने भएकाले तिनीहरूलाई हलुका संरचनात्मक दिशाम(उत्तर दिशा) नराखी दक्षिण वा पश्चिम दिशामा
राख्नु राम्रो हुन्छ, किनभने यी दिशा बढी भार वहन गर्न सक्ने दिशाहरू मानिन्छन् ।
त्यसैले, यदि तपाइँ घरमा फलामको दराज, वा अन्य कुनै सुरक्षित भण्डारण माध्यम प्रयोग गर्दै हुनुहुन्छ भने त्यसलाई दक्षिण वा पश्चिम दिशामा राखेर
त्यसमा गहना, बहुमूल्य सामग्रीहरू सुरक्षितराख्नु वास्तु अनुसार लाभदायक हुन्छ । यसरी वस्तुहरूको प्रकृति, तौल र सुरक्षाको आवश्यकता
अनुसार तिनीहरूको स्थान छनोट गर्नु उपयुक्त हुन्छ ।
अन्ततः, सीढीहरू घरको सन्तुलन र ऊर्जा प्रवाहमा महत्वपूर्ण भूमिका खेल्ने भएकाले तिनीहरूको स्थान, दिशा, बनावट र डिजाइन वास्तुशास्त्र
अनुसार मिलाउनु बुद्धिमानी ठहरिन्छ । यदि घर बनाउने योजना प्रारम्भिक चरणमै छ भने वास्तुशास्त्रीको सल्लाह अनुसार सीढीको स्थान निर्धारण
गर्दा दीर्घकालीन रूपमा लाभ मिल्न सक्छ ।
12. लुगाधुने ठाउँ
वास्तु शास्त्रमा प्रत्येक कार्यको लागि उपयुक्त दिशा र स्थानको निर्धारण गरिएको हुन्छ । लुगा धुने स्थान, अर्थात् कपडा धुने काम हुने ठाउँ, पनि
यसबाट अलग छैन । यद्यपि यस विषयमा विस्तृतउल्लेख प्राचीन ग्रन्थहरूमा पाइँदैन, तर सामान्य सिद्धान्तअनुसार यस स्थानलाई पनि सही दिशा
र जल निकास प्रणालीसहित व्यवस्थित गर्नु उपयुक्त मानिन्छ ।
वास्तु शास्त्र अनुसार जलसँग सम्बन्धित सबै कार्यका लागि ईशान कोण (उत्तर–पूर्व दिशा) उपयुक्त मानिन्छ । यो कोणलाई जलको प्रतीक मानिन्छ
, र यस दिशामा पानीसँग सम्बन्धित कार्यगर्दा सकारात्मक ऊर्जा प्रवाह हुन्छ भन्ने विश्वास गरिन्छ । तर कपडा धुने स्थानको लागि
व्यवहारिक दृष्टिले दक्षिण–पूर्व (आग्नेय कोण) पनि उपयुक्त मानिएको छ । यसको कारण यो हो कि यसदिशा अग्निको प्रतीक मानिन्छ र धुवाँ,
तातो पानी र धूपजस्ता कुरासँग सन्तुलन मिलाउन सकिन्छ ।

वास्तु शास्त्र अनुसार जलसँग सम्बन्धित सबै कार्यका लागि ईशान कोण (उत्तर–पूर्व दिशा) उपयुक्त मानिन्छ । यो कोणलाई जलको प्रतीक
मानिन्छ, र यस दिशामा पानीसँग सम्बन्धित कार्यगर्दा सकारात्मक ऊर्जा प्रवाह हुन्छ भन्ने विश्वास गरिन्छ । तर कपडा धुने स्थानको लागि
व्यवहारिक दृष्टिले दक्षिण–पूर्व (आग्नेय कोण) पनि उपयुक्त मानिएको छ । यसको कारण यो हो कि यस दिशा अग्निको प्रतीक मानिन्छ र धुवाँ,
तातो पानी र धूपजस्ता कुरासँग सन्तुलन मिलाउन सकिन्छ । यसरी, लुगा धुने स्थान छुट्टै कोठामा भए उपयुक्त मानिन्छ । तर आधुनिक सहर र
सिमित स्थान भएका घरहरूमा बाथरूम वा वरिपरिकै क्षेत्रमा योव्यवस्था गर्न सकिन्छ । वास्तुशास्त्र अनुसार दिशा र पानी निकासको सही
व्यवस्थापन गर्न सकेमा सकारात्मक प्रभाव प्राप्त गर्न सकिन्छ ।
१२. घडी राख्ने स्थान
घरमा घडी राख्ने क्रममा वास्तुशास्त्रका नियमहरू पालना गर्नु अत्यन्त आवश्यक मानिन्छ । सही दिशामा राखिएको घडीले परिवारमा सुख,
शान्ति र प्रगति ल्याउँछ, तर गलत स्थानमा राख्दा नकारात्मक असर पर्न सक्छ । धेरैलाई यो कुरा थाहा हुदैन कि कुन दिशामा घडी राख्दा शुभ
हुन्छ र कुनमा राख्दा अशुभ । यदि तपाइँको घरमा घडी दक्षिण दिशामा छ भनेतुरुन्तै हटाउनुहोस् । दक्षिण स्थिरताको प्रतीक भएकाले यहाँ
घडी राख्दा घरको मुख्य सदस्यको स्वास्थ्यमा असर पर्छ । त्यस्तै, माथि घडी राख्नु पनि अशुभ मानिन्छ । आजकलका आवासीय भवनहरूमा
छुट्टै लुगा धुने कोठा बनाउने पर्याप्त स्थान हुदैन । त्यसैले कपडा धुने काम प्रायः बाथरूम नुहाउने कोठामा वा त्यसको नजिकै हुने गर्छ ।
यदि बाथरूममा नै कपडाधुने व्यवस्था गर्नु पर्छ भने पानीको निकास ड्रेनेज राम्रोसँग व्यवस्थापन गर्नु अत्यन्त जरुरी हुन्छ । वास्तुशास्त्रको
सिफारिस अनुसार, जहाँसम्म सम्भव हुन्छ, पानी निकासको मूल दिशाईशान कोणतर्फ हुनुपर्छ । यसले घरमा नकारात्मक ऊर्जा जम्नबाट
रोक्छ र सफाइमा सहजता ल्याउँछ । वास्तु शास्त्र अनुसार घर बनाउँदा अपनाउनुपर्ने मुख्य बूँदा निम्न छन्ः

घडी राख्नको लागि सबैभन्दा राम्रो दिशा पूर्व हो, जसले घरमा लक्ष्मीको आगमन गराउँछ । त्यस्तै पश्चिमतर्फ घडी राख्दा सकारात्मक
विचार र प्रगतिको संकेत मिल्छ । यदि तपाइँको घरमा पेन्डुलमघडी छ भने, त्यसलाई पश्चिम दिशामा राख्नु शुभ मानिन्छ । साथै, बिग्रिएको वा
चलेको घडी तुरुन्तै हटाउनुहोस्, किनकि यस्तो घडीले प्रगति रोक्छ र नकरात्मक ऊर्जा ल्याउँछ।रङ र आकारमापनि वास्तुका नियम छन् । कालो,
नीलो र केसर रङका घडी अशुभ मानिन्छन् । बरु गोलाकार वा वर्गाकार घडी प्रयोग गर्नु होस्, किनकि यसले घरमा शुभ संकेत ल्याउँछ । यस्ता
घडीले पारिवारिक सम्बन्धमा सामञ्जस्य राख्छ र प्रगतिको मार्ग खोल्छ।
१३. फर्निचरको व्यवस्था
घरको ऊर्जा सन्तुलन र सकारात्मक प्रवाह कायम राख्न फर्निचरको स्थान तथा व्यवस्था अत्यन्तै महत्वपूर्ण हुन्छ । धेरैजसो
मानिसले सजावटमा ध्यान दिन्छन् तर त्यसले ऊर्जाको सहज आवागमनमाप्रभाव पार्न सक्छ भन्ने कुरा बेवास्ता गर्छन् । त्यसैले, फर्निचरको
उचित र वैज्ञानिक रूपमा विचार गरिएर गरिएको व्यवस्थाले घरलाई ऊर्जायुक्त र सन्तुलित बनाउन सक्दछ ।

फर्निचरहरूलाई एल–आकारमा राख्ने चलन कतिपय घरमा देखिन्छ, तर यो व्यवस्था उपयुक्त मानिँदैन । यस्तो ढाँचाले ऊर्जाको बहावमा अवरोध उत्पन्न
गर्छ, जसले घरमा नकारात्मक प्रभाव पार्नसक्छ । यसको सट्टा, फर्निचरलाई वृत्ताकार, वर्गाकार वा अष्टकोणीय ढाँचामा घरको बीचभागमा
राख्नु राम्रो मानिन्छ । यसले ऊर्जा सबै दिशामा स्वतन्त्र रूपमा बग्न सक्ने वातावरण सिर्जना गर्छ ।घरको ढोका प्रवेशद्वारको रूपमा ऊर्जा प्रवेश गर्ने
स्थान हो । ढोका अगाडि कुनै पनि फर्निचर नराख्नु उपयुक्त हुन्छ, किनभने यसले ऊर्जा प्रवेशमा र अवतरणमा अवरोध पु¥याउँछ । कुर्सीहरू
राख्दा यस कुरामा विशेष ध्यान दिनुपर्छ कि कोही पनि ढोका तर्फ ढाड फर्काएर बस्न नपरोस् । यस्तो अवस्थामा मानिसलाई अचेत रूपमा असुरक्षित
महसुस हुन्छ । यदि कुनै कुर्सी ढोकातर्फढाड फर्काएर राख्नैपर्ने स्थिति आयो भने, त्यस कुर्सीको पछाडि हरियालीको प्रतीकस्वरूप गमलामा बिरुवा
राख्नु लाभदायक हुन्छ ।प्रतीकस्वरूप गमलामा बिरुवा राख्नु लाभदायक हुन्छ ।
प्रत्येक पाहुनाले ढोका प्रस्ट देख्ने स्थानमा बस्न पाउनु उपयुक्त हुन्छ । ढोका देखिने स्थानमा बस्नाले पाहुनाले अचेत रूपमा सुरक्षित र
सम्मानित महसुस गर्छन् । विशेष रूपमा, पाहुनालाई प्रवेशद्वारबाट टाढा रहेको स्थानमा बस्न दिँदा उनीहरूलाई थप सम्मानको अनुभव हुन्छ । धेरै
घरमा बैठक कोठा दुईवटा विपरित पर्खालहरूमा रहेका ढोकाहरूबीचको मार्गको रूपमा पनि प्रयोग हुन्छ ।यस्तो अवस्थामा दुई ढोकाबीचको
खाली स्थानमा फर्निचर राख्नुभएन भने ऊर्जा तथा मानिसहरूको आवागमनमा सहजता कायम रहन्छ ।
१४. ओछ्यानको डिजाइन
ओछ्यान केवल सुत्ने स्थान मात्र होइन, जीवनशैली, मानसिक शान्ति र दाम्पत्य सम्बन्धलाई समेत असर पार्ने महत्वपूर्ण तत्व हो । त्यसैले,
ओछ्यानको डिजाइनमा प्रतीकात्मकता र मनोवैज्ञानिक पक्षहरूको समेत गहिरो विचार गर्नु पर्छ । गोलो आकारको ओछ्यानलाई उपयुक्त मानिँदैन ।
यो आकारमा स्थायित्व र स्पष्ट दिशाको अभाव हुन्छ । यसको सट्टामा, आयताकार ओछ्यानसबैभन्दा राम्रो मानिन्छ, जसले स्पष्टता,
स्थायित्व र सन्तुलनको प्रतीक दिन्छ ।
यदि दम्पतीबीच झगडा वा विवादको समस्या बारम्बार देखिन्छ भने, त्यस अवस्थामा ओछ्यानका कुनाहरूलाई थोरै घुमाउरो बनाउनु
लाभदायक हुन सक्छ । यसो गर्दा मनोवैज्ञानिक रूपमा कोमलता र सौहार्दता ल्याउने विश्वास छ । ओछ्यानको उचाइ धेरै कम वा धेरै उच्च
हुनुहुदैन । जमिनदेखि मध्यम उचाइमा रहेको ओछ्यान नै ऊर्जा प्रवाहको दृष्टिकोणले उपयुक्त मानिन्छ । फर्निचरमा प्रयोग हुने सामग्रीको पनि
विशेष महत्व हुन्छ । काठबाट बनेको ओछ्यान प्राकृतिक, सजीव र सकारात्मक ऊर्जा दिने मानिन्छ, जबकि धातुबाट बनेका ओछ्यानले
नकारात्मक ऊर्जा पैदागर्न सक्छन् ।
हेडबोर्ड अर्थात् टाउने रहने तर्फको संरचना विशेष रूपमा विचार गर्नु पर्ने पक्ष हो । हेडबोर्ड सधै फुटबोर्ड आर्थात् खुट्टा तर्फको भागभन्दा
अग्लो हुनु उपयुक्त हुन्छ । हेडबोर्डलाई जीवनमा स्थिरता दिने “पहाडको समर्थन” को रूपमा लिइन्छ ।
हेडबोर्डमा कुनै चिरा, स्टिल, वा ऐना जस्ता तत्वहरू हुनु हुदैन, किनभने यसले पहाडको सशक्त प्रभावलाई क्षीण बनाउँछ । दम्पतीका
लागि दुईवटा सिंगल ओछ्यान जोडेर प्रयोगगर्नु अनुपयुक्त मानिन्छ । यस्तो अवस्थामा बीचमा देखिने ‘विभाजन रेखा’ले सम्बन्धमा विभाजन र
दूरीको संकेत दिन्छ । यसको सट्टा एउटै ठूलो साइजको एकरूपको डबल बेड प्रयोगगर्नु उपयुक्तहुन्छ । ओछ्यानको तलको भागमा केही
पनि नराख्नुहोस् । धेरैजसो मानिस ओछ्यान मुनि सामान भण्डारण गर्छन्, तर यसले ऊर्जा अवरुद्ध गर्छ र सुत्ने ठाउँमा स्थायित्वकोअभाव
ल्याउँछ । , ओछ्यान मुनि खाली स्थान राख्न धेरैले सुझाव दिने गर्दछन् ।
१५. निकासको व्यस्था
घरमा शौचालय तथा बाथरुमहरू विशेष रूपमा ध्यान दिनुपर्ने स्थानहरू हुन् । यी स्थानहरू प्रायः भिजेका र अशुद्ध हुने भएकाले नकारात्मक
ऊर्जाको स्रोत मानिन्छन् । यदि सही तरिकाले नियन्त्रण नगरेमा, यी स्थानहरूबाट घरको सकारात्मक ऊर्जा बाहिर निस्किनसक्छ
, वा तिनको अशुद्ध ऊर्जा घरभित्र छिर्न सक्छ । शौचालयको ढोका सधै बन्द राख्नु अत्यन्त आवश्यक हुन्छ । यो विधिले घरको ऊर्जा
शौचालयमा जानबाट जोगाउँछ । यसलाई अझ प्रभावकारी बनाउन ढोकामा स्प्रिङ लाग्ने व्यवस्था मिलाउन सकिन्छ । जसले ढोका आफै बन्द गर्छ ।
पश्चिमी शैलीको कमोड प्रयोग नगरिरहँदा वा फ्लस गर्दा ढक्कन बन्द गर्नु आवश्यक हुन्छ । ढक्कन खुल्ला रहँदा ऊर्जा बाहिर निस्कन
सक्छ भन्ने मान्यता छ । शौचालयको ढोका खोल्दा सिधैकमोड देखिने गरी डिजाइन गर्नु हुदैन । कमोडलाई लुक्नेगरी राख्नु राम्रो हुन्छ । यसले
दृष्टिमा सौन्दर्य थप्नुका साथै ऊर्जाको दृष्टिले पनि लाभदायक मानिन्छ । यी स्थानहरू सुगन्धित, हावायुक्त र प्रकाशयुक्त राख्नु राम्रो मानिन्छ ।
दुर्गन्ध, चिसो र अँध्यारो वातावरणले नकारात्मक ऊर्जा झनै बढाउँछ । घरभित्रका फोहोर पानी बग्ने पाइपहरु खुला नराखी, लुकाएर राख्नु राम्रो
हुन्छ । शौचालय वा बाथरुमअत्यधिक सजावट नगर्न समेत धेरैले सुझव दिने गर्दछन् । यस्तो स्थानमा खर्च गर्दा धननाश वा बढी खर्च हुने
बताइन्छ । बाथरुम यदि अव्यवस्थित र सामानले भरिएको छ भने,कुनाकाप्चामा नकारात्मक ऊर्जा जम्मा हुन सक्छ । त्यसैले, यसलाई सधै सफा,
खुल्ला र व्यवस्थित राख्नु जरुरी हुन्छ ।
वास्तु शास्त्रका केही मुख्य पक्ष
• घरमा युद्धका दृश्य, रुँदै गरेका मानिसहरू, क्रुद्ध व्यक्तिहरू, र काग, परेवा, बाज, उल्लू आदि को चित्र नलगाउनु राम्रो हुन्छ ।
• घरको उत्तर, पूर्व र ईशान दिशा खुला र हल्का हुनु पर्छ । दक्षिण, पश्चिम र नैऋत्य दिशामा भारी सामान राख्नु उपयुक्त हुन्छ ।
• घरबाट बाहिर जाने सबै पानी ईशान दिशामा बग्नुपर्छ ।
• घरको भूमि पूर्व र उत्तरतिर कम उचाई भएको र दक्षिण तथा पश्चिमतिर बढी उचाई भएको हुनु पर्छ ।
• घरमा वायुको प्रवाह उत्तर–पूर्व दिशा (ईशान) बाट आउनु पर्छ ।
• सम्भव भएसम्म अर्को घरसँग नजोड्नुहोस ।
• घरको अगाडि चौडाइ बढी हुनु हानिकारक, तर पछाडि चौडाइ बढी हुनु शुभ मानिन्छ ।
• ईशान दिशा सफा राख्नु महत्वपूर्ण छ, यसमा अशुद्धि भएमा समस्या आउन सक्छ ।
• घरका ढोकाहरू भित्रतिर खुल्ने हुनु पर्छ ।
• नगद धन उत्तरमा र आभूषण आदि दक्षिणमा राख्नु उपयुक्त हुन्छ ।
• पाइलाहरूको संख्या यस्तो हुनुपर्छ कि ती तीनले भाग गर्दा दुई बाँकी रहोस् (जस्तैः ५, ११, १७ आदि)
• घरका ढोकाहरू र झ्यालहरू जोर संख्यामा हुनु पर्छ, जस्तै २, ४, ६, ८, १२ आदि ।
Frequently Asked Questions
1. वास्तु अनुसार पूजाकोठा घरको कुन दिशामा बनाउनु सबैभन्दा उपयुक्त हुन्छ?
वास्तु शास्त्र अनुसार पूजाकोठा उत्तर–पूर्व (ईशान कोण) मा बनाउनु सबैभन्दा शुभ मानिन्छ। यो दिशा आध्यात्मिक ऊर्जा र शुद्धतासँग सम्बन्धित भएकाले यहाँ बनाइएको पूजास्थलले घरमा शान्ति
, सकारात्मक ऊर्जा र मानसिक स्थिरता ल्याउने विश्वास गरिन्छ। पूजाकोठा सधैँ शान्त र पवित्र स्थानमा हुनुपर्छ।
2. भान्साकोठा वास्तु अनुसार नमिलेको दिशामा भए के असर पर्छ?
यदि भान्साकोठा गलत दिशामा बनाइएको छ भने त्यसले घरमा तनाव, पारिवारिक विवाद, स्वास्थ्य समस्या र नकारात्मक ऊर्जा बढाउन सक्छ। वास्तु अनुसार भान्साकोठा दक्षिण–पूर्व (आग्नेय कोण) मा
हुनुपर्छ, किनकि यो अग्नि तत्वसँग सम्बन्धित दिशा हो र यसले पारिवारिक मेलमिलाप कायम राख्न मद्दत गर्छ।
3. बालबालिकाको कोठा वास्तु अनुसार कुन दिशामा राख्दा राम्रो हुन्छ?
वास्तु अनुसार पश्चिम वा पूर्व दिशा बालबालिकाको कोठाका लागि उपयुक्त मानिन्छ। यस दिशामा बनाइएको कोठाले बच्चाको मानसिक विकास, पढाइमा एकाग्रता र स्वास्थ्यमा सकारात्मक प्रभाव
पार्छ। साथै, बच्चाले सुत्दा पूर्वतर्फ सिरानी गरेर सुत्नु र पढ्दा उत्तर वा पूर्व फर्केर पढ्नु राम्रो मानिन्छ।
4. वास्तु अनुसार शौचालय बनाउँदा के–के कुरामा ध्यान दिनुपर्छ?
शौचालय बनाउँदा घरको बीच भाग (ब्रह्मस्थान), पूजाकोठाको अगाडि वा भान्सासँगै बनाउनु हुँदैन। शौचालयको ढोका सधैँ बन्द राख्नु, बाथरुम र ट्वाइलेट छुट्टै राख्नु र पानीको धारो लिक नहुनु अत्यन्त
आवश्यक हुन्छ। यसले घरको नकारात्मक ऊर्जा नियन्त्रणमा राख्न मद्दत गर्छ।
5. घरमा घडी कुन दिशामा राख्दा शुभ र सकारात्मक हुन्छ?
वास्तु शास्त्र अनुसार घरमा घडी पूर्व वा पश्चिम दिशामा राख्नु शुभ मानिन्छ। पूर्व दिशामा राखिएको घडीले प्रगति र सकारात्मक सोच बढाउँछ भने पश्चिम दिशाले स्थिरता दिन्छ। बिग्रिएको, रोकिएको वा दक्षिण दिशामा राखिएको घडीले नकारात्मक असर पार्न सक्छ, त्यसैले यस्ता घडी तुरुन्तै हटाउनु उपयुक्त हुन्छ।