घर निर्माण गर्दा खर्च कम गर्ने उपाय | सस्तो र सुरक्षित तरिकाले घर बनाउन
Published on: Jul 11, 2024
घर निर्माण गर्दा खर्च कम गर्ने उपाय
कम निर्माण लागतमा गुणस्तरीय नेपाली घर बनाउनु सबैको चाहना हो। अनावश्यक झन्झट र खर्च कसैको पनि चाहना हुँदैन। यदि तपाईं नेपालमा निर्माण कम्पनी खोज्दै हुनुहुन्छ भने, यस ब्लगले तपाईंलाई नेपाली घर निर्माणमा खर्च कम गर्ने उपायहरू बुझ्न सहयोग गर्नेछ।
१. सिमेन्ट
घर बनाउँदा सिमेन्टमा सबैभन्दा धेरै खर्च हुन्छ ,जसले निर्माण लागतमा ठूलो प्रभाव पार्छ। ओपिसी सिमेन्ट अलिकति महँगो हुन्छ तर पीपीसी सिमेन्ट सस्तो पर्छ। हामीलाई जहाँ सिमेन्टले छिटै काम गरोस जस्तो लाग्छ र क्युरिङ गर्न कम समय हुन्छ त्यहाँ हामीले ओपिसी सिमेन्ट प्रयोग गर्न सक्छौँ।
कोलम, बिम र स्ल्यावमा ओपिसी सिमेन्टकै प्रयोग गर्छौं। तर प्लास्टर गर्ने ठाउँ र ईँटा लगाउने ठाउँमा चाहिँ पिपिसी सिमेन्टको प्रयोग गर्न सक्छौँ।
यसो गर्दा हामीलाई दुईटा फाइदा हुन्छ। पहिलो प्लास्टर राम्रो बस्छ। दोश्रो , निर्माण लागत घट्छ किनभने खर्च कम लाग्छ।
प्लास्टरको काम र इँटा जोड्ने काममा पिपिसी सिमेन्टको प्रयोग गर्दा जम्मा खर्चमा २० प्रतिशतसम्म कम आउन सक्छ। गुणस्तरीय नेपाली घर बनाउनका लागि नेपालमा निर्माण कम्पनी सँग परामर्श गर्नु लाभदायक हुन्छ।
२. इँटा
घर बनाउँदा इँटाको खर्च कम गर्न एएसी ब्लक पनि प्रयोग गर्न सकिन्छ। ब्लकको प्रयोग गर्दा लेबर खर्च कम आउँछ र लगानी पनि कम लाग्छ। यसले कुल निर्माण लागत घटाउन सहयोग गर्छ। त्यस्तै, इँटा पनि सिधै फ्याक्ट्रीबाट मगाउँदा खर्च कम हुन्छ। भित्री वाल ४ इन्चको मात्र लगाउँदा कम इँटा खपत हुन्छ। आधुनिक डिजाइनको नेपाली घर बनाउन नेपालमा निर्माण कम्पनीहरूले यस प्रकारको लागत-कुशल उपायहरू बुझेर सल्लाह दिन सक्छन्।
३. बर्गाकार निर्माण योजना
घरको प्लान बनाउँदा बर्गाकार योजना बनाउनुभयो भने त्यसमा पिल्लर कम लाग्छ। र ज्याला पनि कम हुन आउँछ। फाउन्डेसनमा धेरै पिल्लर भयो भने माथिल्लो तलाहरूमा पनि धेरै नै पिल्लर हुन्छ। यसले निर्माण लागत बढाउँछ। सस्तो र मजबुत नेपाली घर निर्माण गर्दा, यस्तो लागत-कुशल डिजाइनको सल्लाह नेपालमा निर्माण कम्पनी सँग लिन सकिन्छ।
४. पहिलो तल्लामा कम कोठा
घर बनाउँदा खर्च कम गर्न ग्राउन्ड फ्लोरमा सकेसम्म कम कोठा निकाल्नुहोस्। ग्राउन्ड फ्लोरमा सकेसम्म डाइनिङ हल जस्ता खुल्ला एरिया धेरै बनाउनुहोस्। धेरै रुम बनाउँदा plinth area पनि बढ्छ जसले घर निर्माणको लागत बढाउँछ। खुला डिजाइन र कम कोठा राखेर नेपाली घर निर्माण गर्दा लागत धेरै कम गर्न सकिन्छ। यसका लागि नेपालमा निर्माण कम्पनी ले सल्लाह दिन सक्छ।
५. निर्माण सामग्रीको उपलब्धता
निर्माणस्थलमा निर्माण सामग्री उचित मात्रामा उपलब्ध हुनुपर्छ। सामग्रीको अभाव हुँदा लेबरहरू खाली बस्नुपर्ने हुनसक्छ र काम अगाडि बढ्दैन। यसले ज्याला बढाउँछ र कुल लागत बढाउँछ। समयमै सामग्री व्यवस्थापन गर्न सके सस्तो बजेटमा राम्रो नेपाली घर निर्माण गर्न सम्भव हुन्छ। नेपालमा निर्माण कम्पनीहरूले सामग्री व्यवस्थापनमा पनि मार्गदर्शन गर्छन्।
६. निर्माण अवधि कम
घर निर्माणको समय सकेसम्म कम राख्नुपर्छ। समय बढ्दा निर्माण सामग्रीको मूल्य बढ्न सक्छ। लेबर ज्याला पनि बढ्छ, जसले कुल निर्माण लागतमा असर गर्छ। छिटो र योजनाबद्ध रूपमा काम गरेमा तपाईंले आफ्नो नेपाली घर कम बजेटमा बनाउन सक्नुहुन्छ। निर्माण समय र बजेटको सल्लाह लिन नेपालमा निर्माण कम्पनी सहयोगी हुन सक्छ।
७. सामान्य डिजाइन
कम निर्माण लागतमा घर बनाउँदै हुनुहुन्छ भने, सकेसम्म आवश्यकतालाई ध्यानमा राखेर सिम्पल डिजाइन बनाउनुहोस्। आकर्षक डिजाइनले निर्माण सामग्री र खर्च झन् धेरै बढाउँछ। सस्तो तथा टिकाउ नेपाली घर बनाउनका लागि सामान्य र व्यावहारिक डिजाइन छनोट गर्नु बुद्धिमानी हुन्छ। गुणस्तरीय डिजाइनका लागि नेपालमा निर्माण कम्पनी सँग विचार विमर्श गर्नु लाभदायक हुन्छ।
८. फिनिसिङ र फ्लोरिङ
फिनिसिङ र फ्लोरिङको समयमा पनि खर्च कम गर्न सकिन्छ। फ्लोरिङमा ग्रेनाइट र मार्बलको विकल्पमा आकर्षक डिजाइन भएको टाइल्स र कार्पेट फ्लोरिङ गर्न सकिन्छ। अन्य फिनिसिङ सामग्री पनि अहिले कम खर्चको राखेर पछि परिवर्तन गर्न सकिन्छ। सस्तो तर आकर्षक फिनिसिङको योजना बनाउन नेपालमा निर्माण कम्पनी सल्लाह दिन सक्छ।
अन्त्यमा, निर्माण सामग्रीको गुणस्तर र मूल्यको बारेमा राम्रो जानकारी लिनुभयो भने पनि लाखौं रुपैयाँ बचत गर्न सकिन्छ। घर निर्माणमा प्रयोग हुने सामग्रीहरूको मूल्यबारे नियमित जानकारी राखेर सस्तो हुँदा खरिद गर्नु बुद्धिमानी हुन्छ। नेपालमा निर्माण कम्पनी सँग काम गर्दा तपाईंको घर गुणस्तरीय र बजेट-अनुकूल बनाउने उपाय सजिलै पत्ता लगाउन सकिन्छ।
FAQ – घर निर्माण गर्दा खर्च कम गर्ने उपाय१. घर निर्माण गर्दा सबैभन्दा बढी खर्च कुन सामग्रीमा हुन्छ?घर निर्माण गर्दा सिमेन्टमा सबैभन्दा बढी खर्च हुन्छ। सही ठाउँमा ओपिसी र पिपिसी सिमेन्टको प्रयोग गरेमा कुल निर्माण लागत करिब २०% सम्म घटाउन सकिन्छ।
२. इँटाको खर्च कसरी कम गर्न सकिन्छ?इँटाको सट्टा AAC ब्लक प्रयोग गर्दा लेबर र सामग्री दुवैको खर्च कम हुन्छ। साथै इँटा सिधै फ्याक्ट्रीबाट मगाउँदा र भित्री पर्खाल ४ इन्चको राख्दा लागत घटाउन सकिन्छ।
३. घरको डिजाइनले निर्माण लागतमा कस्तो असर पार्छ?बर्गाकार र सामान्य डिजाइनको घरमा पिल्लर कम लाग्छ, ज्याला घट्छ र फाउन्डेसनदेखि माथिसम्मको लागत कम हुन्छ। जटिल डिजाइनले खर्च धेरै बढाउँछ।
४. निर्माण समय लामो हुँदा लागत किन बढ्छ?निर्माण समय बढ्दा सामग्रीको मूल्य र लेबर ज्याला दुवै बढ्न सक्छ। योजनाबद्ध र छिटो निर्माण गर्दा कुल लागत नियन्त्रणमा राख्न सकिन्छ।
५. फिनिसिङ र फ्लोरिङमा कसरी बचत गर्न सकिन्छ?मार्बल र ग्रेनाइटको सट्टा आकर्षक टाइल्स वा कार्पेट फ्लोरिङ प्रयोग गर्न सकिन्छ। महँगो फिनिसिङ सामग्री पछि परिवर्तन गर्ने योजना बनाएर सुरुमा खर्च कम गर्न सकिन्छ।